-अधिबक्ता प्रेम गुरुङ दुबो
हामी नेपालीहरुको प्रचलित उखान छ , हुलमुलमा जिऊ जोगाउनु , अनिकालमा बिउ जोगाउनु , भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर अडीन्न |
चनाखो र बुद्धि पुराएर जीवन र जगतलाई सुन्दर र रमाइलो बनाउदै यात्रालाई निरन्तरता दिनु नै मानव कर्तब्य र धर्म हो भनिन्छ |
सन्दर्भ अहिलेको यो राक्षसी कोरोना महामारीको कारण उब्जिएको यो विषम परिस्थितिमा हामी अहिले घना जंगलमा आगलागी हुदा आत्तिदै छट पटाएका पशु पन्छिहरु झैँ , भल बाढी आउदा तितर बितर भएका किरा फट्यांग्रा र कमिलाहरु झैँ भागा भाग भई रहेका छौ , बगि रहेका छौ , मरि रहेका छौ , कोलाहाल र रुवा बासि गर्दै भोक भोकै भौतारिदै छटपटाउदै बिश्वका हरेक कुनामा असहाय भएर लुकि रहेका छौ | गुहार गुहार भनि रहेका छौ | छिन छिनमै प्रिय जनहरु गुमाई रहेका छौ |
हामी सातो हराए झैँ टोलाई रहेका छौ | यो हाम्रो अहिलेका बास्तविक हालत र दृश्य हो | तर पनि हामीले हामी आफैलाई समाल्नु पर्छ | हामीले हामीलाई कुनै पनि हालतमा ढल्न र होस हराउन दिनु हुदै हुदैन |
हामी नै ढल्यौ भने अरु आफन्त र यो संसारलाई कसले समाल्छ भनेर सोच्दै आफु भित्र भगवानको खोजि गर्नु पर्छ |
हामी एक्लै आउछौ , एक्लै जान्छौ | तर हामी एक्लै त कहिल्यै हुदैनौ | किनकी हामी करडौ करोड वर्ष लगाएर मान्छे भएका भगवानका ज्ञानका तरंगहरुसँग जोडिएका प्राणी हौ |
सुर्य र पृथिबीमा भयानक गडबडी नआए सम्म हामी मान्छेलाई हराउने हामी मान्छेहरु आफु आफै बाहेक अरु यो संसारमा कोहि छदै छैन |
जन्म र मृत्यु त स्वरूप र ठाउँ सराई मात्र हुन् | हाम्रा चेतना र ज्ञान त सधै सधै हामी आफैमा आफै भएर हामी संग संगै घुमी रहन्छ |
हरेक युग र क्षणका घटना र कुराहरु सम्झिनु र चिन्न सक्नु नसक्नु हाम्रा कर्मले उत्पादन गरेका चेतना र स्मरण शक्तिमा भर गर्छ |
जे होस मानव स्वरुपमा जन्मिएर संसारलाई बचाउन खोज्नेहरुको चेतना जहा र जहिले पनि भगवानका रुपमा पर्कट भैरहने भएकाले पनि यी यस्ता परिक्षाका घडीहरुमा लत्ता छाडेर मान्छेले पटक्कै मानविय धर्म र कर्तब्य छाडेर डगमगाउनु हुदै हुदैन | हरेक आपत बिपतहरुलाई सुनौला अवशर ठान्दै भगवानसँग लिन हुने प्रयत्न गरिरहनु पर्छ |
हरेक सुख र दुख आफ्नै कर्म र बिचारले उत्पन्न गर्ने हुन | यो संसारलाई सुन्दर मानव बासस्थान पनि हामीले नै बनायौ | बिगार्ने भत्काउने र दुषित बनाउने कुकृत्यहरु पनि हामी बाटै भैरहेको छ |
यो प्राणघातक कोरोनाको भाइरस पनि हामी बाटै उत्पादन गरियो कि ? प्राकृतिक रुपले नै उब्जियो ? यसको निर्क्योल त भविष्यलेनै गर्ला र गर्छ | तर , उतेजित भएर तेश्रो बिश्वयुद्ध जन्माउने प्रोपोगण्डालाई निस्तेज बनाउने काम बिश्वभरका शान्ति प्रेमी मान्छेहरुको जनमतले नै गर्नु पर्छ |
अध्यात्म र नैतिक शिक्षाप्रतिको विश्वासमा आधारित सिस्टम र नेतृत्व बिना ज्ञान बिज्ञान र परमज्ञानले मात्रै मानव मन चेतना र सभ्यतामा शान्ति , समृद्धि , खुसि , माया प्रेम र सुन्दर जीवन जगत , करुणा जस्ता मानविय समबेदना र गुणहरु हुर्कन नसक्ने रहेछ भन्ने वर्तमान भौतिकबादी सोचाई र हिडाईले पनि पुस्टि हुन आएकोछ |
मानव जातीका उत्पति र बिकासका क्रममा समयकाल परिस्थिति अनुसार बिभिन्न खाले संघर्ष र सभ्यताका उत्थान र पतनका क्रमहरु , हिजका हरेक घटना र पात्रहरु , आजका आर्थिक , राजनैतिक , धार्मिक , जातीय र क्षत्रिय द्वन्दहरु , गरिबी भोकमरी , प्राकृतिक प्रकोप जस्ता बिभिन्न खाले महामारिहरुलाई पढ्दै बुज्दै जादा अब पनि हामी माटोको सिमाना , बाबु बाजेको अंश , कतिथ जातीय , धार्मिक , क्षत्रिय जस्ता संकिर्ण सोच बोकेर लडाई झगडा र मारामार गरिरहने हो भने अब फेरि पनि हामि र हाम्रो यो लोभ लाग्दो मानव सभ्यता र हामि मान्छेहरु यो धर्तिमा पुरिने निश्चित छ र अर्को सभ्यता दोहोरिन शुरु हुन्छ |
आजका यी हाम्रा सुन्दर सिर्जना र धरोहरहरुका भग्नावशेषहरु भोलि युगौ पछि ती नया सभ्यताका पुस्ताहरुले घना जंगलहरु फाडदै उत्खनन गर्ने छन | त्यसैले त्यो दिन आउन नदिनको लागि हामी र हाम्रो पुस्ताले एक्काईसौ शताब्दीको मान्छे भएर सोच्नु र गर्नु पर्छ |
अरुको मात्रै भर गर्ने र पर्ने युग होइन आज | दास युग पार गरि सकेर पनि दासकै सोच नछाड्ने हो भने फेरि दास युग दोहोरिन सक्छ |यो युग त विरासतले होइन कर्मले सुखि र धनि हुने युग हो |
अब गुनासो गर्ने होइन , गुनासो सुन्ने होडमा नोकर चाकर , भरिया र हलिहरुले पनि भाग लिनु पर्छ | भीम राव अम्बेडकर , बराक ओबामा लगायत बिबिध क्षत्रमा सफल भएका साधारण पृष्ठभूमिका मान्छेहरुबाट सिक्दै मान्छे हुने हतार गर्नु पर्छ | नत्र मानव सभ्यताको आयु छोटीने निश्चित जस्तै छ |
यो कोरोनाको शन्देसले त अंश बण्डाका लागि, सिमानामा मारामार गर्ने ब्यारेकका सेनाहरुलाई बिश्व मानव शान्ति सेनामा रुपान्तरण गर्दै ज्ञान बिज्ञान परमज्ञान, शान्ति समृद्धिका पुजारीहरू र स्वास्थ्यकर्मीहरुलाई मानव सार्बभौम सुरक्षाका गौरबशाली सेना बनाउने तर्फ सोच्न संकेत गरेको छ |
सारा बिश्वका मानवहितलाई मिलन बिन्दु बनाउदै अबको विश्वले एक भएर United State of Earth को निर्माण र अन्य ग्रहहरुलाई समेत गुल्जार बनाउने तर्फ तत्काल सोचि हाल , लागि हाल भन्ने शन्देश यो कोरोना महामारिले दिएकोछ |
महानायक, शहिद र विभूति लडाई र युद्ध गरेर मान्छे मार्नेहरुलाई होइन, मानसिक र शारीरिक उपचार गरेर मान्छे बचाउनेहरुलाई घोषित गर्दै सम्मान गर्ने नया परम्परा वसाउ भनेको छ |
बिश्व भरका हामी मानिसहरु मिलेर यन्त्रलाई दास बनाउदै हामी सम्पूर्ण मान्छेहरु मालिक भएर ज्ञान बिज्ञान र परमज्ञानलाई अध्यात्म र नैतिकताको मार्गले डोरयाउदै मानविय भावना र यस धर्तीलाई अझ सुन्दर र सुरक्षित बनाउदै अन्य सुन्दर धर्तिहरु खोज्ने तर्फ पनि लागौ भन्ने स्पष्ट संकेत गरेकोछ |
मेरो दृस्टीमा यो कोरोना ( कोबिद-१९) ले हामीलाई यहि शन्देस दिएको छ | सारा प्रकृति र भगवानको वारेस हामी मान्छेहरु नै हौ | हामी कति पनि डराउनु पर्दै पर्दैन | सोचेर बुझेर धैर्यका साथ अघि बढि रहनु पर्छ | जित मान्छेकै हुन्छ |हाम्रा शरिर मरे गए पनि हाम्रा सुन्दर सपना र आटहरु कहिल्यै मर्दै मर्दैन |
हामि हाम्रा अहिलेका अनुभव र ज्ञानहरु लिएर हाम्रा अधुरो सपनाहरु पुरा गर्न फेरि पनि यहि धर्तिमा मान्छेनै भएर जन्मिने छौ |
आधि हुरी संकट र माहामारी आयो भनेर डराउने आतिने होइन , धैर्य भएर जोगिदै र ज्ञानका अमुल्य पुस्तक सम्झिएर हरेक घटनाहरुको अध्यन गर्दै समय पर्खिनु पर्छ |
एकै क्षणमा आफै साम्य भै हाल्छ | संकटको समय शरिरलाई होइन मन र चेतनालाई म सम्झिएर रमिता हेर्नु पर्छ | सबै सबैलाई मन मनै शुभकामना बाट्नु पर्छ |
अर्थात: हिज र आजका हरेक दुख र सुखका घटना र क्षणहरुबाट पाठ सिकेर भोलिको सुरक्षा योजना भने हामी हरेकले आ आफ्नो ठाउँबाट अनिबार्य गरेकै हुनु पर्छ |
हामी सबैले बाच्न र सारा प्रकृतिलाई बचाउन हामी सबैले हासो ठट्टा र रमाइलो गर्दै हातेमालो गर्न सिक्यौ र सक्यौ भने हाम्रो मानव सभ्यताले हामीलाई सधै सधै सुख र समृद्धि तिर डोरय़ाईरहन्छ |
यो संसार हामी सबैको साझा घर हो |आफैमा विश्वास गर्न सिकौ | आफु आफै जिम्मेवार भएर सत्य साचो र सुन्दर संसार निर्माणमा लागौ |जहाँ र जुन स्वरुपमा जन्मिए र रहे पनि हामी बस्ने र रहने ठाउँ त यहि संसार हो |
हामी सबै सबै , सबै जन्ममा स्वर्गमै रमाई रहने हो भने, यो पृथिबी लगायत सारा ब्रहमाण्ड र हाम्रो चित्त चेतना र मनलाई सबैले सधै सुन्दर र करुणामय बनाउनै पर्छ |
अब, हामि मान्छे भएर जन्मिनेहरुले फेरि पनि मान्छेनै भएर जन्मिने हो भने जीवन र जगतलाई अन्धाले हाति छामे झैँ गरेर हेर्ने र बुझ्ने होइन |आखा भएको कुसल माउतेले झैँ सवार गरेर रमाइलो गर्न सक्नु पर्छ |
अब, गोरु भएर चौबिसै घण्टा जोतिने मात्रै होइन , हलि भएर यन्त्रलाई जोत्न पनि सिक्नु पर्छ | अब, अरुले बर्णन गरि दिएको किताब पढेर लाटा देशको गाडा तन्देरी मात्रै बन्ने होइन | आफैले पनि यस संसारका सारा जीवन र जगतलाई पढ्न र हाक्न सक्ने हुनु पर्छ |
अहिलेको यो कोरोना महामारी त के ! यो संसारै प्रलय भए पनि कसरि बाच्ने भन्ने उपायहरु जन्माउन सक्ने खुबि र क्षमता लिएर जन्मिएका हुन्छन मान्छेहरु |
त्यसैले हामि मान्छेहरुलाई हामि आफैले बाहेक अरु कसैले पनि जित्न सक्तैन सक्तैन | हामीले यी यस्ता थुप्रै थुप्रै महामारी र प्रलयहरुलाई जितेरै एक्काईसौ शताब्दीका मान्छे हौ भनेर गौरव गरिरहेका छौ होइन र ?
यी सबै उपलब्दिहरु हाम्रै ज्ञान विज्ञान परम ज्ञान र आइडीयाका खेल र चमत्कारहरुनै हुन र त्यसको हकदार हामी सम्पूर्ण मान्छेहरु नै हौ |
यो नश्वर शरिरको मृत्यु देखि होइन पाप कर्म देखि डराउदै कर्म गर्नेहरु सधै सधै सुखि र खुशिनै होइन्छ | किनकि , बास्तबिक हामि त चेतना हौ भन्ने मेरो दृष्टि र विश्वासले देख्छु र भन्छ |
अन्त्यमा सबै सबैमा मेरो शुभकामना र सम्मान !
– ११ अप्रिल २०२० को Nepali Link अनलाईनबाट साभार | https://www.nepalilink.com/2020/04/11/980.html