कोरोनाको लकडाउनमाआफ्नै लघु कथा!

– अधिबक्ता प्रेम गुरुङ दुबो

आदरणिय सम्पूर्ण बिश्वभरका नेपाली जनहरु ,

जीवन आशा उत्साह रहर र सुन्दर सृजनाका मुहान हो ! हामी सबै बिद्यार्थी , कलाकार,कथा कहानी ,वास्तविक भूमिकामा रहेर खेल्ने पात्रहरु र पढ्नै पर्ने किताबहरु हौ !

हाम्रो जीवन पनि प्रकृति कै सुन्दर सिर्जना र नियति भित्रका अबयबहरु नै त हुन !

दुख र सुख, दिन र रात त हाम्रा सौन्दर्य र रंग मंचका पर्दा जस्तै मात्र भएकाले यो बिश्वमा हाम्रो भूमिका प्रभावकारी हुनै पर्छ ! किनकि, हामि मान्छे हौ ! मान्छे ! !

मलाई अतित अति नै सुन्दर र मिठो लाग्छ ! बर्तमान र भबिस्य रमाइलो र उज्यालो दिनमा माथि माथि आकाशमा उड्दै रमिता हेरे झैँ लाग्छ !

तर अज्ञानता र गरिबीले हामी जस्तै मान्छेहरु छटपटाई रहेको देखेर भने निस्तब्द हुन्छु , भित्र भित्रै छटपटाऊछु र एक्लै रुन्छु !

अनि नया सोचहरु जन्माउछु , तर मेरो सोचको कुनै मुल्य र अर्थ हुदैन, हुर्किनै नपाई अकालमै मरेर जान्छ !

किनकी मेरो गाउमा चिन्तन मनन र छलफलको सस्कारमा खडेरी परेको परेकै छ !

भैसी र भेडी गोठबाट शुरु गरेको मेरो जीवन यात्राका ४८ औ हिउदहरु मेरो देश नेपालमा प्रजातन्त्र र चेतनाका खेति गर्नमै बिताए !

देशमा प्रजातन्त्र आयो तर बिभिन्न भूमिका र मोर्चामा रहेर प्राणको बाजी राख्दै प्रयत्न गर्दा गर्दै पनि सकरात्मक मेलो आउन त कता हो ! कता ?

बुद्धि र ईमान जमान भएका अग्रज र दौतरिहरु समेत अकाल मै मर्न र झोक्रिन थालेको देखेर म पनि हार खाएर अमुल्य जीवन बचाउन जीवन साथी खोजी ऋणको भारि बोकेर अनिश्चित भविष्य खोज्दै साइड लागे र विदेश लागे !

आफुलाई आफै भित्र लुकाए र केहि समय त म कहाँ र कसरि बाचिरहेकोरहेकोछु थाहै नपाउने गरि म आफैसंग पनि हराए !

गोठमा बस्दा , स्कूल,कलेज र बिश्वबिध्यालयहरुमा पढ्दा , चेतनामुलक साहित्य सिर्जना र प्रकाशनहरु गर्दा , देशमा प्रजातन्त्र ल्याउन र सिमा सुरक्ष्याको लागि नारा जुलुस र किसान आन्दोलनहरु गर्दा,पुलिसको पिटाई र जेलमा कोचिदा, लोकसेवा पास गरि बिभिन्न वितिय संस्थान कार्यलय र मन्त्रालयहरुमा काम गर्दा , नीतिगत सुझावका लेखहरु लेख्दा !

सामाजिक संघ संस्थाहरुमा रहेर गोष्ठी र छलफलहरु गर्दा ! आफु र आफ्नो देशलाई चिनौ , नेपालको वर्तमान अबस्था र हाम्रो कर्तब्य शिर्षकको चुनावी घोषणा पत्र प्रस्तुत गर्दै बि.स. २०४३ मा सुनसरी जिल्लाका जनता माझ जादा भेटिनु भएका मेरा हरेक शुभचिन्तक मित्रहरु !

समाज बदल्ने समय आएको रहेन छ भनेर चित बुझाउनु परयो र परिपक्क समय न आई केहि नहुने रहेछ भनि म गुफा पस्न बाध्य भए ! यो मेरो कठिन क्षण र निर्णय थियो !

समय र जीवन चक्रको क्रममा भेटिने र छुटिने त प्रकृतिको नियम र रीत नै हो ! यो जन्म र बाल्यकाल देखि आज सम्म मैले मेरा माता पिता , प्रत्यक्ष अप्रत्यक्ष ज्ञान गुण विद्या बुद्धि दान गर्नु हुने गुरुजनहरु,अग्रज, आफन्त र आत्मिय सखाहरुबाट प्राप्त अमूल्य प्यार पूर्ण शुभकामना शिक्ष्या , साथ सहयोगले नै म निरन्तर जीवन र जगतलाई अध्यन गर्दै हिडिरहेको छु !

मेरा मनका सुन्दर तरंगहरु युगौ युग हजुरहरुकैसाथमा रहेर रमाउदै मानव सभ्यतालाई सुन्दर सुरक्षित र रमाइलो बनाउने सोचमा लागि रहने छ ! हाम्रो भौतिक शरिर मरेर गए पनि चेतना र ईच्छा कहिल्यई मर्दै मर्दैन !

फेरि भोलि विहान भएर एकैसाथ नया यात्राको लागि उदाउने छौ !

साथीहरु ! भोलिलाई जोहो हुने माया प्रेम , आनन्द र करुणाको खेति त होर्डिंग बोर्डमा होइन , रिदयको धडकन र तरंगहरुमा गरिनु पर्छ ! रिदय टु रिदय ! अदृश्य मनका तरंगहरुले युगौ युग जोडि राख्ने इन्टरनेट त मौन मनको गहिराइमा हुन्छ ! अभिनयले होइन , मनको नयनले वास्तविक आनन्द त देख्न र पाउन सकिन्छ !

त्यसैले मलाई निस्ठुरी नभन मन त मेरो शुभचिन्तकहरु कै साथमा घुमि रहेको छ ! म बिश्वसस्त छु भोलि हामी एकै ठाउमा बसेर खाजा खादै सँगै रमाउने छौ !

साथीहरु ! यो संसार हामीले सोचे भन्दा धेरै धेरै सुन्दर , रमाइलो , दयालु , मायालु र सहयोगि छन ! तर रमाउन , माया पाउन र समाल्न चाहिँ हामी आफैले सिक्नु पर्छ !

आदरणिय मेरा शुभचिन्तकज्युहरु ,

स्वदेशको कर्तव्य छाडेर विदेश पस्न बाध्य हुदा म धेरै रोए र सपना मै हिडे , सपना मै बाचे , सपना मै रमाए ! धन्य मेरो पूर्ब जन्म देखि कै जीवन साथीले धैर्यकासाथ डोरयाउनु भयो, थुप्रै थुप्रै आफन्त मित्रहरुले बक अप गर्नु भयो ! म मेरो जीवनलाई टेवा दिनु हुने सम्पूर्ण शुभचिन्तकहरुको जन्म जन्म ऋणि र सहयात्रि भएर हातेमालो गर्ने छु !

आदरणीय प्रिय जनहरु ,

पद र धन प्राप्ति मात्रैको उदेश्यले यो जन्ममा शान्ति र कीर्ति अर्को जन्ममा शुऔसर र शुसंगत प्राप्त गर्न सकिन्न ! हाम्रा महाकवि लक्ष्मि प्रसाद देउकोटाले – उदेश्य के लिनु उडि छुनु चन्द्र एक भन्नु भए झैँ सारा बिश्व र ब्रमाण्डकै माली भएर सुन्दर बगैचामा सबै सबै रमाउन सक्ने संसारको निर्माण नै हाम्रो लक्ष्य हुनु पर्छ , किनकी सारा महापुरुष र भगवानहरु हामी मानव जातीका पुर्खाहरु हुन ! मिलेर सोचेउ र गरेउ भने हामी जे पनि गर्न सक्छौ !

मेरो देश र समाजलाई माथि उठाउने प्रत्यक्ष खेलमा हार खाएर बिसाउन शुरु गरे पछिका केही तस्विरहरु प्रस्तुत गर्दै म गुफाबाट निस्किएर तंग्रिदै छु है भन्ने शन्देश सहित सबै सबैमा हार्दिक मंगलमय शुभकामना !

– मेरो फेसबुकबाट साभार | २५/०४/२०२० |

Leave a comment