म आफैलाई फर्किएर हेर्दा !

अधिबक्ता प्रेम गुरुङ दुबो ( लेम्मो/लेम्मे लामिछाने )

बिषय प्रबेष :-

मेरो जीवनका भोगाई र अनुभवको कथाले भोलिका नया पुस्तालाई केहि सुचना र खुराक पुगि हाल्छ कि भन्ने आशयले मेरो जीवन यात्रा बिबरण लेख्ने सोचमा थिए र अझै पनि छु, तर मेरो स्वास्थ्य स्थितिले धेरै पहिले लेखि सकेको पुस्तक प्रकाशनमा ल्याउन समेत उल्झन भइरहेको बेला कोरोना महामारिले गर्दा जीवन यात्रा लेख्ने सोच तुहिने त होइन भन्ने डरले दुख सुखको यात्रामा भेटिएका लोभ लाग्दा साथिहरु र देखिएका चाख लाग्दा सुन्दर ठाउँ , क्षण र पात्रहरुलाई केहि पछि प्रस्तुत गर्ने गरि हाल मेरो यात्राका केहि छोटकरी रुट र अनुभवका बुझाई र दृस्टिहरु प्रस्तुत गर्दछु | 

मेरो आदिम र प्राचिन देखिका पुर्खाहरुको रफ्तार क्रम :- 

मेरो आदिम पुर्खाहरु अफ्रिकन होमोस्यापिन्स !

अनि मेरो बंशज र नाता नालाहरु विश्वभर छरिएका मानव प्रजाति ! 

मेरा पुर्खाहरुको अति प्राचिन हाँगाहरु चाहि अफ्रिकाबाट चारै तिर छरिने क्रममा बिभिन्न सभ्यताहरु पार गर्दै सिन्धु नदि हुदै मानसरोवर कैलास पर्बत तर्फ लागि प्राचिन हिमोवत क्षत्रका हिम नदीहरुलाई मुख्य मार्ग बनाउदै हिमालि सृंखलाहरुको उतर दक्षिण,पुर्ब पश्चिम चारै तर्फका पहाड पर्बत,फाट, उपत्यका र मैदानहरूमा बसोबास गर्न पुगेका थिए र बिभिन्न भौगलिक सहजता र असहजताका कारण रुप रंग, ढंग , भाषा सस्कार सस्कृति, पेशा ब्यबसाय, लवाई खवाई र जीवन शैलिहरु लगायतका क्षत्रहरुमा आआफ्नै अनुकुलता र आबश्यकता अनुसार विकास गर्दै जाने क्रममा  फरक देखिए पनि हामि समस्त मानव एउटै पुर्खाका सन्तति हौ |

मेरो अझ नजिकको प्राचिन पुर्ख्यौलि रुट चाहि प्राचिन हिमवत क्षत्र र समस्त भारत बर्षका महान सम्राट महादेव र सत्यदेविको बहिनि पार्वती ( दक्षप्रजापतिको छोरि) को सन्तान किरात महाबंशका मुलधारका हाँगा मध्य एक हुन |

मेरा पुर्खाहरुले बिभिन्न कालखण्ड, स्थान, पहिचान र सभ्यताहरू पार गर्दै बागमति उपत्यका पशुपत क्षत्रलाई राजधानि बनाई बसेका थिए |

मेरो पुर्खाहरु भन्दा धेरै अघि दक्षिण तर्फ लागेका लिच्छिबि सभ्यताका दाजु भाइहरुको आक्रमण पछि किरातहरु बागमति उपत्यकाबाट लखेटिए र त्यहि आत्मा समर्पण गरि बस्ने केहि स्थानिय सर्बसाधारण र लिच्छिबिहरुकासाथ प्रवेष गर्ने हाम्रा अलि अघिनै छुटिएका दाजुभाईहरु र बिच बिचमा बिभिन्न क्षत्रहरुबाट  आई लिच्छिबि र कालान्तरमा मल्ल सभ्यतामा प्रबेष गरि बसोबास गर्ने सबै दाजु भाईहरु नेवार भनेर चिनिए | 

पुर्ब तर्फ लाग्ने दाजु भाईहरु खम्बु,लिम्बु, वरिपरि छरिने तामांग र पश्चिम तर्फ लाग्ने तमु, थकाली, मगर,छेत्रि ( खस ), पहाडे बाहुन र मधेस तर्फ लाग्ने मधेसीबाहुन, खस क्षत्रि, गुरुङ, मगर, राई लिम्बु ( सुनसरि जिल्लाका दक्षिणि भेक र इन्डियाका सुपौल पूर्णिया मधुवनी दरभंगा लगायतका जिल्ला तिर सुघौलि सन्धि अघि गएर बसेका मधेसि गुरुङ मगर राईहरु समेत भौगोलिक र भिन्न सभ्यताका प्रभावका कारण अनुबांशिक स्वभाव पहाडेहरुको नजिक भएर पनि फरक देखिन्छ र बास्तवमा सबै मानव जाति एउटै कुल बंश र नाता नालाका हुन ) थारु , यादव लगायत भनेर चिनिदै अघि बढिरहेका मानव हाँगाहरुनै हामि हौ भनेर सहजै अध्यन गर्न र देख्न सक्छौ |

मेरो बर्तमानका पुर्खा र रफ्तार :-  

तमुवान निवासि मेरो पुर्खा प्रताप गुरुङ बि. सं. १८४९ मा भोटसँग भएको युद्धमा बीरगति प्राप्त गर्नुभै सहिद हुनुभएको थियो भने उनका छोरा चम्पसिंह गुरुङलाई बि. सं. १८६३ मा पुर्बि नेपालको  विजयपुर-चैनपुर क्षत्रका बसोबास, व्यापार र सिमा सुरक्षा लगायतका सम्पुर्ण राजकिय काम हेर्ने गरि तत्कालिन श्री ५ बाट डिट्ठा पदमा नियुक्ति गरि पठाएका थिए र जुन कुरा संस्कृत एबं इतिहासविद  प्रा.डा. प्राज्ञ जगमान गुरुङले पनि आफ्नो किताब नेपालको एकिकरणमा गुरुङहरुको भूमिकामा पनि उल्लेख गर्नु भएको छ | 

 उनै चम्पसिंहको जेठो छोरा जहरसिंह गुरुङको ठुलो भेडी गोठ थियो र चैनपुरको सेकायामा बाबा चम्पसिंहले मुल घर बनाई बसेको भए पनि छोराहरु भेडा पालनको सिलसिलामा हिउदमा बिजयपुरको भेडेटार लगायतका चुरे फाट र वर्षायाममा लिम्बुवान र खम्बुवानका उतरि क्षत्रका हिमालि लेकहरुमा भेडा चराई हिड्ने क्रममा जहरसिंह जेठो चाहि भोजपुरको कांगकांग भन्ने गाउमा आई बसोबास गर्नु भएको र कुनै भाई सेकायामै बसे भने कुनै भाई अझ पश्चिम सोलु मैदल र कोहि पुर्ब तर्फ लागेका थिए( जिजु बाजेहरू बिन्द्रमान गुरुङ बि. सं. १९३५- २०२९ बखतमान गुरुङ बि. सं.१९४५-२०३८ र मेरो पिताजी मणिप्रसाद गुरुङ बि. सं. १९७९ – २०६९ हरुको भनाई ) | 

त्यस्तै जिजु बाजे बिन्द्रमान गुरुङ र मेरो पिताजी मणिप्रसाद गुरुङको भनाई अनुसार हाम्रो पुर्खाहरुलाई  राज्य बिस्तारको क्रममा पहिल्यै पुर्ब तर्फ आई बसोबास गरेका र गुरुङ भाषामा लाम्छानेहरुलाई सिङ्गुलर प्रथम बचनमा लेम र प्ल्युरल बहुबचनमा लेम्मे भनिन्छ भनेर समेत बिर्सि पुर्बका रैथाने भईसकेका गुरुङहरुले तिमिहरु के थरि गुरुङ हो भनि सोद्धा पछि गएका हाम्रो पुर्खाहरुले हामि लेम्मे लाम्छाने हौ भनेकोले र पछि शब्द अपभ्रंस भई ठाउँ अनुसार लेम्मे/ लेम्मो / लेम्बो लाम्छाने गुरुङ भनेर हामि पुर्बतिर चिनिदै आएका हौ भन्नु हुन्थ्यो |

 भोजपुर तर्फ लाग्ने मेरा पुर्खा जहरसिंहको दुई भाई छोराहरु जेठा शंकर र कान्छा चन्द्रबिर हुदै शंकर तर्फबाट मोतिराज केशरमान मणिप्रसाद हुदै म प्रेम गुरुङ दुबो दौडिरहेकोछु | अरु बिस्तृत बंशवलि हेर्नु हुन अनुध गर्दछु | 

त्यस ताका गुरुङहरुको पुर्ख्यौलि पेशा भेडा पालन भएकाले र भेडा सिजन अनुशार लेक बेशि हिमाल खोँच उभौली उधौली गरि चराई हिड्ने प्रचलनकासाथै लेकहरुको चुचुरोबाट चारै तर्फ छरिन सजिलोका कारण चम्पसिंहका सन्तान पुर्वमा इलाम, दार्जिलिंग, सिलगुडी पश्चिममा सोलु, रामेछाप,सिन्धुलि लगायतका ठाउहरुमा छरिएर बसोबास गर्न पुगेको पाइएकोछ भने अहिले त झन बिश्व भर फैलिदै गैरहेका छन |

मेरो जन्म स्थान :- 

यहि क्रममा मेरो जन्म बि. सं. २००७ भाद्र महिनामा पुर्बि नेपालको भोजपुर छिनामखु कांग कांग गाउमा दोश्रो बिश्व युद्धका योद्धा मणि प्रसाद गुरुङ ( No:3113 Naik, 1st Bat. 7 GR, 20-8-1940 to 29-6-1947 ) र मेरो आदर्श शाहसि आमा धर्म लक्ष्मि( जोगमाया) गुरुङको जेष्ठ पुत्रकोरुपमा भएको थियो |  मेरो मावलीहरु घोताने गुरुङहरु हुनु हुन्छ र मेरो पुर्ब आउनु हुने पहिलो पुर्खा चम्पसिंह गुरुङको मावालीहरु पनि घोताने गुरुङहरु नै थियो भनेर हाम्रो बाबु बाजेहरूले भन्ने गर्नु हुन्थ्यो 

मेरो पिताज्युको जेठा मामा र आमाको काका पर्नु हुने क्याप्टेन पहलमान घोताने गुरुङले प्रथम बिश्व युद्धमा समेत भाग लिनु भएको थियो |

मेरो बाजे केसरमान गुरुङको ३९ बर्ष अल्पायुमै देहान्त भएका कारण मेरो पिताजी आफ्नो भाई बहिनि हुर्काउने कार्यमा बजुलाई सहयोग गर्न नाम काटी आउनु भए पनि केहि समय बृटिस आर्मिका लागि गल्लावालको काम पनि गर्नु भयो र घर गृहस्थिकासाथै नेपालको तानाशाही राणा शासन बिरुद्ध प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय हुनु भएको थियो |

भोजपुर छाडेर परदेश लाग्दाको क्षण :-  

मैले एसएलसि पुरा गर्दाको समय सम्म पनि काठमांडौलाई नेपाल भनिनथ्यो | बि. स.२०२४ मा बिद्धोदय हाईस्कुल भोजपुरबाट एस एल सि पास गरेपछि मेरो बालसखा क्लासमेट हाल उच्च अदालतका पुर्ब न्यायाधिस रामचन्द्र राईसँग भोजपुरको पहारपानि पिखुवा खोला अरुण र तमोर नदीहरुको घिर्लिंग र पुलहरु तर्दै सप्तकोशिको किनारैकिनार अक्करे भीरका डर लाग्दा बाटोहरु  पार गर्दै बहराक्षत्र पुगियो र भाग्यमाणि ठहरिन ढुँगा उचाल्दै गर्नु भएका थुप्रै भरिया दाईहरुसंगै लाइन लागेर हामिले पनि भाग्यमानि हुने ढुँगा उचाल्यौ र चतरा धरान इटहरी बिराटनगर जोगबनि दरभंगा कटिहार रक्सौल बिरगंज हुदै काठमान्डौ पुगियो | त्यो भन्दा पहिले म धरान पनि पुगिएको थिईन |

श्रावण महिना भएकाले खोलाले बगायो कि भनेर आप्पा र माहरु खुब चिन्तित हुनु भएकाले दुवै जनाका आमाहरु धरानबाट भारि लिएर आउनेहरुसँग सोध्न मुल बाटो कुर्न थाल्नु भएछ र सोद्धा दुइ जना झोला बोकेका केटाहरु भेटेका थियौ र सोद्धा फिलिन्चुंग भोटाङ्ग हिडेको भन्थ्यो र बराहक्षत्रको ढुँगा समेत उचालेको भनेपछि अप्ठेरो बाटो कटि सकेछ भनेर ढुक्क हुनु भएछ |  

त्यसताका मुगलान भागेर जाने चलन भएकाले हामिलाई पनि बाटोमा भेटिएका भरिया दाईहरुले भागेर हिडेका होलान भनेर सोध्ने र नजान भन्नु हुन्थो | म भन्दा रामचन्द्रजी चाहि अलि चनाखो हुनुहुन्थ्यो र भोटाङ्ग गएको भनेर जवाफ दिनुहुन्थ्यो | अतिनै प्रतिभाशाली र रहर लाग्दा मेरा अग्रज र दौतेरिसाथीहरु मुगलान भासिनु भयो र कहिलेइ फर्किनु भएन, उहाहरुको सम्झनामा मैले थुप्रै कथा र कविताहरु पनि लेखेर प्रकाशित गरेकोकोछु | नेपालको घरमा ती रचनाहरु सुरक्षित पाइयो भने पुन प्रकाशन गर्नेछु | 

बिदेश लागेपछि नेपाल नगएको पनि त २२ बर्ष भै सक्यो | तर मेरा प्रिय शुभचिन्तक आफन्त मित्र एबं पाठकहरु ! म नेपालमा पेट पाल्न नसकेर र म जन्मिएको देश र जनताको मायानै नभएर चटक्कै बिर्सिएर बिदेशिएको चाहि हुदै होइन है ! 

मैले म जन्मिएको पारिवारिक,सामाजिक पृष्ठभुमि र धरातलिय  परिस्थिति अनुसार सके सम्म सचेत भएर मेरो देश र मेरो नेपाली समाजको उन्नति  र इज्जतिलो छबि निर्माणको लागि केहि गर्न खोजे तर प्रजातन्त्र आईसकेपछि पनि देशको लागि केहि गर्न नसकिने स्थिति देखिए पछि जीवन र जगतलाई बुझ्दै खोज्दै सृस्टि र ज्ञानलाई निरन्तरता दिने खोजमा निस्किएको हु , जुन मैले कोरोनाको लकडाउनमा  आफ्नै लघु कथामा पनि लेखि सकेकोछु |

म सानोछदा गाईभैसि गोठ, भेडि गोठमा पनि बसे, खेतबारी र घास दाउराको काम पनि गरे, भाई बहिनि खेलाउने र गोठाला खेतालालाई खाना पकाउने, दसैँ आउने समय बाटोघाटो सफा गर्ने, स्कुल भवन निर्माण जस्ता सामुहिक श्रमदान र एसएलसि परिक्ष्या दिएपछि केहि महिना सरस्वति प्रा. बि. रुमलामा स्वयम सेवक शिक्षक काम पनि गरे र म त्यस बेलाका अग्रजहरु र मेरा हरेक उमेरका सुन्दर साथी भाई शुभ चिन्तक सहयात्रीहरुलाई झलझली सम्झि रहेको छु | युगौ युग मेरो चेतनाले सम्झिरहनेछ |

प्रथम पटक काठमाडौँ आएपछिका क्षणहरु :- 

काठमांडौ आएपछि ने. रु. ७५/- भत्ता दिने भएकाले आइ एड पनि पढियो तर मेरो रुचि कमर्स भएकाले रात्रि कलेज भर्ना भई आइ कम गरे र बि. स. ०२५/०२६ तिर सरस्वति कलेज स्व बि यु कार्य समिति सदस्य, सगरमाथा अञ्चल र केन्द्रीय अनेरास्ववियुमा आबद्ध भै प्रजातन्त्रका पुनर्बहाली एबं सुस्ता , गोविन्दपुर , कालापानी , लिम्पियाधुरा जस्ता ठाउहरुमा इण्डियाले सिमा अतिक्रमण गरेकोमा र तत्कालिन  निरंकुस शासनको बिरोधमा धर्ना जुलुसहरु गर्दा पुलिसको लाठो खाइयो पक्राउ परियो छोटो छोटो समय जेल पनि गइयो |  

भियतनाम युद्ध, सिक्किमको बिलय, पाकिस्थानी प्रधान मन्त्रि जुल्फिकर अलि भुट्टोको फासि लगायतका बिरुद्ध हामिले नारा जुलुस मात्रै होइन लेखनहरु मार्फत पनि आवाज उठाएका थियौ | 

बिद्धोदय हाई स्कुल भोजपुरमा पढ्दा देखिनै म कथा कविता लेख्थे | काठमाडौँ आएर बि. सं. २०२७ मा बाध्यताले जिउदै मरेका आत्मा र लाशहरु( कथा संग्रह ) २०२८ मा आमाको अर्ति ( कविता संग्रह ) प्रकाशित गरे | त्यस्ताका प्रकाशित हुने मातृभुमी साप्ताहिकमा लेखक साहित्यकार पत्रकार समालोचक श्री टि आर बिश्वकर्माज्युले  समालोचना सहित पुस्तक परिचय पनि लेखि दिनु भएको थियो भने बिभिन्न साहित्यिक पत्रिका र स्कुल कलेजका मुख पत्रहरुमा पनि मेरो कथा कविता निबन्ध र लेखहरु प्रकाशित भएकाछन | 

मलाई लेखनमा आदरणिय दाईहरु डा. नवल किशोर राई , गणेस रसिक , मन्जुल ,कृष्ण जोशि ,गंगाराज हतुवाली र मेरो क्लासमेट लुकेका प्रतिभाशाली कबि बलराम न्यौपानेहरुको सामिप्य र संगतले पनि ठुलो सहयोग र प्रेरणा मिलेको थियो |

मेरो कविता संग्रह त स्थानिय प्रशासनले जफत गरि मलाई स्पस्टिकरणको लागि प्रहरिले सिडिओ सामु उपस्थित गराई तारिखमा छाडि दिएको थियो तर त्यस ताका मित काका पर्नु हुने आदरणिय मकर बहादुर बान्तवा बागमति अन्चालाधिस हुनु भएकाले उहालाई भेटि सहयोग मागे  र उहाले सहअन्चालाधिस बिर बहादुर शाहिलाई बोलएर भनि दिनु भयो र शाहिले कागज गराई छाडि दिनु भएको थियो | यस समय मेरो मित्र आङ्गेले झलक शेर्पाले मेरो दौड धुपमा दिनु भएको साथ र सहयोग कहिल्यै भुल्दिन|

किसान आन्दोलनका ति दिनहरु :-  

बि. स. २०२७ तिर पुर्ब – पश्चिम राजमार्ग धमाधम निर्माण हुदै थियो,आइ कमको अन्तिम परिक्ष्या सकेर घर फर्किने क्रममा ओखलढुंगा चिसंखु कुईभीरका मेरा मित्र अजिरमान राईसंग सल्लाह गरि सर्लाहि महोतरि धनुषा सिन्धुलि उदयपुर जिल्लाहरु घुम्ने र खोटांगको हलेसि पुगेर महादेवको दर्शन गरि छुट्टिने यात्रा तय गर्यौ र सर्लाहि जिल्ला हरिवन सुखे पोखरीमा हाम्रा मित्र श्री रबिन थापालाई पनि भेट्ने निर्णय गरेर काठमाडौँबाट बस यात्रा गरि पथलैया पुगियो |

पथलैयाबाट पुर्ब लाग्नलाई राजमार्ग भर्खर निर्माण शुरु हुदै गरेकोले कोहि ठाउँ हिडदै कोहि ठाउँ गिटी ढुंगा बोक्ने ट्रिपरमा चढेर बागमति किनार कर्मैया भन्ने ठाउमा पुगियो र त्यहा संखुवासभाबाट र चरिकोटबाट झर्नु भएका नेपाली सेनाका पुर्ब हवलदारहरु चम्पकर राई र कृष्ण बहादुर खड्का दाईहरुसंग भेटघाट परिचय भयो | 

कुराकानि गर्दै जादा राजघाट, डङ्ग्राहि,सोल्टि आदि ठाउहरुमा पुर्ब जर्नेल बलदेव शम्सेर पुर्ब मेजर गोबिन्द बहादुर राजभण्डारी स्थानीय सामन्त उजिर बहादुर काजी मिलेर सैनिकहरुको लागि भनि हु प्र का लागि तत्कालिन श्री ५ समक्ष बिन्ति पत्र दिई हु प्र नै नभई निम्न तहका सैनिक र सुकुमबासीहरुलाई जंगलै मुखैले बेचि फाड्न लगाएर उर्बर बनाई सकेपछि आआफ्नो नाउमा जग्गा दर्ता गर्ने समय कर्मचारीहरुसंग मिलेर फेरि बिघाह कट्ठाको हिसाबले पैसा दिए मात्रै नापि हुने भनि पैसा दिन नसक्नेहरुको जग्गा अरुलाई बेचि पैसा उठाउने र आफुले भोगेको जग्गा कायम गराउन १२ बर्षको छोरि स्वास्नी मरेका ६० बर्षका बुढोलाई स्वास्निकोरुपमा  बेच्न बाध्य बनाएको र गरिबले ऋण काडी ढालफाड गरि बसेको जग्गाबाट गुण्डा र पुलिस लगाएर उठिबास गराएको दर्दनाक कथा सुनाए पछि हामि झन्डै १ बर्ष त्यहि बसि त्यहाका युवा र किसानहरुलाई समेटि किसान जुलुस लिएर काठमाडौँ पुग्यौ र तत्कालिन श्री ५ महाराजधिराज र त्यसताकाका जाचबुझ समिति सम्हाली बक्सेका युवराज बीरेन्द्रलाई बिन्ति पत्र दियौ |  

दिउसो दिउसो जुलुस नारा र सिंहदरावर गेटमा धर्ना दिने राति राति त्रिपुरेश्वर धर्मशाला हाल आखा अस्पताल भएको भवनमा बस्ने गरेर करिब एक महिना जस्तो माग पुरा नभए सम्म हाम्रो हक भोगको जग्गा हाम्रै नाममा दर्ता गराई पाऊ, सामन्ति शोसकलाई कारबाही होस, हाम्रा युवाहरुलाई छाडि देऊ भन्ने नारा लगाई रहे किनकि म लगायत ५ जनालाई प्रहरिले पक्रिएर हनुमान ढोकामा राखेका थिए | 

हाम्रो बिन्तीपत्र हेरि राजदरवार जाचबुझ केन्द्र सम्हालि बक्सिएका तत्कालिन युवराज बिरेन्द्रले हामिलाई झिकाई केहि किसानहरु समेतलाई बोलाई सबैकोकुरो सुनि बुझि बक्स्यो र माग पुरा गरि दिनु भएको थियो |

हामिले सोल्टी बजारलाई केन्द्र बनाएर एउटा स्कुल पनि स्थापना गरि दिएका थियौ र भोजपुर कटुन्जेका ज्ञान राई जो पछि राईजिंग नेपाल अंग्रेजी दैनिकको चीफ इडिटर समेत हुनु भएको थियो उहा र ओखलढुँगा तिंगलाका बलराम कार्की जो पछि काठमाडौँ माइतीदेबिमा व्यापार ब्यबसाय गरि बस्नु भएको थियो उहाहरुले समेत केहि समय स्वयमसेवि भै पढाउनु भएको थियो | उहाहरु जस्तो प्रतिभाहरु ओझेलमा पर्नुले नै हाम्रो देश नेपाल पछि पर्न गएका हुन |

त्यहा बस्दा शोसक सामन्तहरु आफैले हामि बस्ने घरको पछाडि बन्दुक लगायतका हातहतियारहरु जमिनमा गाडि पुलिस लगाएर आतंकबादी चार्जमा २ महिना जति जलेश्वर लगि थुनेर चुट्नु चुटे तर त्यहाका जनता स्थानिय इमान्दार बुज्रुक र युवा साथिहरुको दौड धुप र सहयोगले छुटियो | 

त्यहा रहदाका मेरा सहकर्मि थुप्रै ती महान साथीहरुको बारे पछि मेरो जीवन यात्रामा एक एक लेख्नेछु | सर्लाहिमा भेटिएका प्रतिभाहरु कुन्जबिर लामा, कृष्ण बहादुर खड्का, चम्पाकर राई, टिकाराम भुजेल, पदम थापा, मधु श्रेष्ठ, तिलक राना( बेचु), भक्त बहादुर मगर, चतुरमान राई र उहाको श्रीमती हामि सबैको फुपु, ध्रुब रायमाझी, गोपाल थापा, सिंह बहादुर बस्नेत, प्रेम तामांग, लाल बहादुर ठकुरी, कारबारी कान्छा तामांग लगायत जस्तै देशका हजारौ प्रतिभाहरुले हुर्किन न पाएकै ले त म र मेरो देश छायामा पर्न बाध्य भएका छौ ! 

किनकि ? मेरो देशको शासकिय स्वरूप र सामाजिक दृस्टीका संस्कारै अपराधि र लुटाहा काइते किर्ते गर्ने ठगहरुलाई मर्द भनि साथ दिने र इमान्दार मेहनति र सबैको भलाई गर्न खोज्ने निस्वार्थी स्वभावका ब्यक्तिहरुलाई नामर्द भनि दुत्कार्ने भई दियो |

गाउबाट फेरि काठमाडौँ पसेपछिको अनुभव :- 

किसानहरुको समस्या समाधान भएको थियो तर हामि बेखर्चि भएका थियौ, काठमाडौँ फिरियो,हाम्रा रुम पाटनर एबं हितैसि मित्रहरु  झलक शेर्पा जो पछि एमालेबाट सांसदमा समेत सोलुबाट उठ्नु भएको थियो उहा र मुगाधन योञ्जनहरुसँगै फेरि बसियो र साथिभाईहरुसंग सरसापट र सहयोग लिदै फेरि नया यात्रा शुरु गर्ने तिर लागियो |

काठमाडौँ छाड्न अघि भुमि सुधार बचत सस्थानको ऋण निरिक्षक पदमा लोक सेवा आयोगको लिखित परिक्ष्या दिई राखेको थिए, लिखितको रिजल्ट निस्किएर अन्तरबार्ताको लागि बोलाएको र म्याद पनि सकि सकेको रहेछ,मेरो मित्र झलकजीले हवाई पत्रमा मलाई मेरो भोजपुरको ठेगानामा चिठि लेखि खबर गर्नु भएको पत्र बनाई पत्र पाउनसाथ आउदा पनि दुर्गम ठाउँ भएकाले चिठिनै ढिलो पुगेकाले ढिलो भएको व्यहोरा खुलाई त्यसबेलाका लोक सेवा आयोगका अध्यक्ष कृष्ण बम मल्लकोमा सिधै निबेदन गर्न गए र उहा कन्भिन्स हुनु भै मौका दिनु भयो र अन्तरबार्ता दिई सफल समेत भए र सहकारी प्रशिक्षण केन्द्रमा ६ महिना तालिम लिई बिराटनगर खटिए | म सँगै तालिम लिनेहरुमा आदरणिय मेरा दाई एबं बरिस्ठ बामपन्थि नेता सिताराम तामांग, साहित्यकार धर्म निरौला लगायत साथिहरु हुनुहुन्थ्यो |

त्यहि समय नेपाल रास्ट्र बैंकको हेड असिस्टेन्ट पदमा पनि परिक्ष्या दिएको थिए र पास भई रास्ट्र बैंकको क्षत्रिय कार्यालय पोखरा खटाएको थियो तर गईन | 

मेरो बिराटनगर बसाइको क्षण :-  

महेन्द्र मोरङ कलेज , बिराटनगरको बिहानि बि ए अर्थशास्त्र र राजनीतिशास्त्रको कक्ष्यामा भर्ना भई दिउसो भुमिसुधार बचत सस्थानमा काम गरियो | त्यहा रहदा साथीहरुसँग मिलेर जनचेतना नामक साहित्यिक पत्रिका ६ अंक सम्म निकालियो | जनतामा चेतना र जागरण ल्याउने प्रगतिशिल कथा कविता र लेखहरुको संकलन प्रकाशित गरिन्थ्यो | प्रगतिशिल विचारका साथीहरुसँग मिलेर साहित्यिक गोष्ठीहरु पनि  गरिन्थ्यो | 

बि. सं. २०२१ मा भुमिसुधार कार्यक्रम ल्याइए पछि किसानले कमाएको केहि प्रतिशत बाली उठाई बचत गरिएको कोषबाट किसानलाई मल बिउ गोरु ट्र्याक्टर सिचाईको लागि पम्पसेट लगायतका लागि कृषि ऋण दिन प्रत्यक गाउपंचायतलाई निर्देशित ग्राम समिति तोकि प्रधान पंच अध्यक्ष , वडा अध्यक्षहरु सदस्य र पहिले बचत उठाउन नियुक्ति भएका भुमिसुधार कार्यालयका बचत सहायक निरिक्षक( बसनि) हरुलाई ऋण सहायक निरिक्षक भनि सदस्य सचिव ( ब्यबस्थापक ) बनाई त्यो समिति मार्फत किसानहरुलाई कृषि ऋण दिने ब्यबस्था थियो र मेरो काम चाहि मोरङ जिल्लाका प्रत्यक ग्राम विकास समितिहरुले ब्यबस्थित ढंगले ऋण प्रभाहा गरेको छ छैन हेर्नु जाच्नु आबश्यक परामर्श र तालिम दिनु थियो |

शुरुमा यो कार्यक्रम एकदमै प्रभावकारी भयो | ऋ स नि (ब्यबस्थापक)हरु प्राय सबै युवाहरु भएकाले राम्रा काम गरेका थिए | उनिहरुको जोश जागर भावना देश र जनता प्रतिको सोच लगाव उदाहरणिय थियो |  

राजा महेन्द्रद्वारा क्रान्तिकारी भुमिसुधार भनि ल्याइएको कार्यक्रमले एक ताका नेपाली जनतामा नया आशा र उत्साहको लहर नै ल्याएको थियो | तर पछि दरवारमा फेरि संकिर्ण सोचका सामन्तहरुकै बोलवाला बढे पछि सामन्तहरुको आपसी अन्तरद्वन्द र सरकारि हस्तक्षपले यो कार्यक्रमको गति रोकियो| जनता निरास भए, सरकारले बिश्वास गुमाउदै गयो | बिदेशि हस्तक्षप बढदै गयो | बहुसंख्यक जनता अशिक्षित र निरक्षर थिए | बिदेशि शक्तिले महेन्द्र र बि पि लाई मिल्न दिएन | दक्षिण एशियाका काईते कृते घात प्रतिघात छुवाछुत जस्ता संकिर्ण सस्कार सस्कृति लगायत लोभि पापिहरुको आपसि खुट्टा तानातानको नीति र सोचले हामि सबैलाई गाज्यो | हामि र हाम्रो देश सैयौ बर्ष पछि पर्यौ | आधुनिक विश्वका विकास र लोकतान्त्रिक लहरलाई आत्मसात गरेर अघि बढ्न सकेनौ ! युग अनुसारका नया नया सोच दृस्टी सस्कार सस्कृति निर्माण गर्दै अघि बढ्नु पर्नेमा पुराना डेट एक्सपाएर सोच हेराई र सस्कारमै हामि अल्झि रहयौ|

सायद बि पि कोइराला इण्डियाबाट राजा र मेरो गर्दन एकै ठाउँ जोडिएको महसुस गरि नेपाल फिरेका समय सम्म महेन्द्र बाचि दिएको भए या शुरुमै यी दुइको इगो र आपसि अविश्वासलाई ब्यबस्थापन गर्न सकिएको भए नेपालले सहि ट्रयाक समाउन सक्थ्यो कि ? 

म पनि गरिबीमा हुर्किएर बर्गीय जातीय भेदभावको अन्त्य र प्रजातन्त्र प्राप्तिको लागि बिभिन्न मोर्चामा रहेर  मेरो ४८ औ हिउद र जवानीका रहरहरुलाई जबरजस्ति दबाउदै अमुल्य सुनौला जवानीहरु खर्चिएर हार खाई बुढेसकालमा विदेशिएको एक भुक्त भोगि र नेपाल आमाका पिडित सन्तान मध्यकै एक हु, तर पनि म खुशि छु किनकि मैले सबैको भावना र बाच्ने सोच्ने शैलिहरु पढ्ने बुझ्ने सुनौला मौकाहरु पाएकोछु | तर म जन्मिएको देश र आम जनताहरुको लागि केहि गर्न खोज्दा खोज्दै पनि हार खाएर बिदेसिनु पर्दा भने सधैँ दुखि र गिल्टी महसुस गर्छु |

म मेरो समाज देश र बिश्वले दुख पाउनु र पछि पर्नुलाई म अरुलाई मात्रै दोष दिन्न म मेरो समाज, देश र विश्वका हामि सबै मान्छेहरु उतिकै दोषि छौ भन्ने ठान्दछु किनकी एक्काईसौ शताब्दिमा आएर पनि मान्छे झै भएर बाच्न नखोज्ने चिन्तनहिन लठुवाहरुलाई जसले र जहिले पनि पुस्तौ पुस्ता गोरु र भरिया बनाउने प्रक्रिया ब्यबहारमा सधै भइनै रहन्छ | 

मानव अधिकारको नारा र अरुले दिएको सहयोगहरु त मान्छे भएर बाच्न खोज्नेहरुलाई होस्टेमा हैसे र बिउझिन खोज्नेहरुलाई बिउझाउने सायरन मात्रै हो | उठेर आफै नहिडिए सम्म हामि हाम्रा सुन्दर रहरहरु सम्म पुगेर रमाउन सक्तै सक्तैनौ भन्ने मेरो अनुभव र बुझाई छ | 

बिचरा ! मानव अतिक्रमित जंगली जनावरहरु र हामि मान्छेहरुको बिचका सम्बन्धहरुलाईनै हेरौ र पढौ न ! हामि मलाई अन्याय भयो, मैले दुख पाए भनेर भगवानलाई समेत सराप्दै चिच्याई रहेका समयमा समेत ति अबोध पशु पंछिहरु छेउमा आयो भने हामि कति निर्दयि भएर प्रकट हुन्छौ ! यस्ता दृश्यहरु मैलेनै देखेकोछु |

बास्तवमा हामि मान्छेहरुलाई त प्रकृतिका यि यस्ता अराजक स्वभावहरुबाट उत्पन्न हुने तिनै बिभेद पुर्ण अन्यायलाई न्याय दिनकै लागि त प्रकृतिकै अदृश्य सिस्टमले हामि मान्छेहरुलाई चेतना र ज्ञान प्राप्तिका अधिकार दिएर भगवान भई सारा जीवन र जगतका संरक्षण र ब्यबस्थापन गर्ने शिक्ष्या लिनलाई हामि मान्छे भएर जन्मिएका हौ होइन र ? 

हामिले मान्छे भएर पनि मान्छेको भुमिका निभाउन सिकेनौ र सकेनौ भने हामि फेरि मान्छे होइन हाम्रा वर्तमान स्वभाव अनुसारका जीवहरुका भुमिकामा प्रकृतिका स्वचालित सिस्टमले नै हाम्रा म र चेतनालाई म्यानेज गरि पठाई दिने हुदा मान्छेले आफ्ना बर्तमान शुभचिन्तक र आफन्तहरुलाई ढाटन सक्ला तर प्रकृतिको सिस्टमलाई कुनै पनि जीवले ढाटन सक्तैन र हरेक समय चक्र र घटनाका हाम्रा सबै राम्रा नराम्रा कर्महरु निस्पक्ष भएर रेकर्ड गरिरहेको हुन्छ,भईरहेकोहुन्छ,त्यसैले त कर्म अनुसारको फल भनिएको हो ! 

प्रजातन्त्र आईसकेपछि पनि प्रजातन्त्रको महत्व र आफ्नो कर्तब्य बुझ्दै नबुझि सधै गुनासो मात्रै गर्ने, जीवन जगत, ज्ञान गुण, समय परिस्थिति  र समाजलाई बुझ्नै नखोज्ने, मान्छे भएर पनि जिम्मेवार मान्छे भएर जिम्मेवारीमा पुग्न र जिम्मेवारी लिन चाहि खोज्दै नखोज्ने हाम्रा  गलत प्रवृतिले गर्दा नै कुनै पनि मानव समाज पछि पर्नु र एक्काईसौ शताब्दिको दास बन्ने तर्फ धकेलिदै जानुको प्रमुख कारण हुन भन्ने मेरो बुझाई छ |

 हामि नेपालीहरुको पनि यिनै प्रवृति र परिस्थितिका कारण हजारौ सहिदहरु र बि पि कोइराला, नारदमुणि थुलुङ्ग, गणेशमान सिंह, राम प्रसाद राई, बखानसिंह गुरुङ, पुष्पलाल प्रधान,मनमोहन अधिकारी,जमानसिंह गुरुङ, चित्र बहादुर गुरुङ, यज्ञ बहादुर थापा, रत्न बान्तवा,मदन भण्डारी, मोहनचन्द्र अधिकारी लगायतका लाखौ सच्चा दिलका महान नेपाली सपुतहरुको सपना र योगदानलाई धोका दिदै सत्तामा जाने र नाताबाद कृपाबाद ,भ्रस्टचारमा लिप्त हुने निच सोच पालेका अवशरबादीहरुको उदय, कुनियत र कुकृत्यका  कारणले नै त आज हामि यस विश्वमा अपमानित र एक्काईसौ शताब्दिका दास भएर बाच्न बाध्य हुदै गईरहेकाछौ | 

अहिले पनि म के देखि रहेकोछु भने झापाली माले, प्रचण्डपथका माओबादी र बर्तमानमा देखिएका बिबिध खाले सामाजिक     बिखण्डनबादी विचारका प्रबर्द्धक र सस्थापकहरुको भित्रि सोच र नियत देश र जनताको समृद्धि र स्वाभिमानको लागि नया परिबर्तन ल्याउनको लागि  भन्दा पनि तत्कालिन र बर्तमान शासक र सामन्ति सोचका ब्यक्तिहरुले उनिहरु माथि गरेका पक्षपात पुर्ण दमन व्यबहार र चरम गरिबीका कारण उब्जिएका प्रतिशोधात्मक रियाक्सन र व्यक्तिगत महत्वाकामक्ष्या पुरा गर्नको लागि मात्रै थियो भने केहि मात्रामा बिदेशि शक्तिहरुको स्वार्थका कारणहरुले पनि भूमिका खेलेका थिए र कमजोर भईयो भने बलियाहरुले सधै खेल्छ र खेलिरहन्छ | 

यसमा हामिले के पनि बिर्सनु हुन्न भने जब सम्म आम जनमानस र समाजमा करुणाको भावना र मानवीय चेतना जागरण हुदैन तब सम्म असल नेतृत्व जन्मिन र सुख शान्ति आउन एकदमै गाह्रो हुन्छ |

 त्यसैले अब म यो स्थितिमा देशलाई नया ढंगले लान मेरो बाकि उमेरले भियाउदैन भन्ने मेरो हिजोका विदेश जान लाग्दाको निर्णय सहि नै  लाग्यो र अहिले सम्म पनि ति त्यस्तै अवशरबादी सोचकाहरुले आफ्ना स्वार्थका लागि नेपाली युवाहरुलाई चिन्तन मनन लेख्न पढ्न र नया नया सोच जन्माउन तीरबाट डाईभर्ट गरि उपयोग र अराजक हुन उक्साई रहेको देखिन्छ भने भिजन र इमान्दारिता भएका पुराना पुस्ताहरु निरिह साक्षि र नया पुस्ताहरु बेचिन बाध्य हुनु पर्ने अवस्था र बाताबरण यथावत कायमै देखिन्छ र लोकतन्त्र आएपछि बिश्व हाक्ने नेतृत्व जन्माउने तर्फ लाग्नु पर्ने नेपाली समाज लाटा देशका गाँडा तन्देरीहरु उत्पादन गर्नमै ब्यस्त देखिन्छ |

 यी यस्ता स्थितिबाट पार पाउन तै राजा मै राजा भएर होइन इमान्दार र प्रतिभावान क्षमता भएका व्यक्तिवहरुलाई स्वत: नीति निर्माण नेतृत्वदायी र ब्यबस्थापकीय पदिय अवशरहरु प्राप्त हुने सिस्टमको विकास देशमा जनस्तरबाटै नगरिए सम्म  हामि र हाम्रो देशको हालत माथि उठ्न सक्तैन भन्ने मेरो ठम्याई छ | किनकि राजनीति पेशा ब्यबसाय र फुर्ति हाक्ने माध्यम होइन ! राजनीति त सबै भन्दा ठुलो अनुसासित सेवा र पवित्र धार्मिक कर्म हो !  

जुन देशको जनता आफ्नो मत बिक्रि गर्छ, त्यो देशमा सुद्ध मन र बुद्धि भएका मान्छेहरु बाध्य भएर पलायन हुन शुरु गरे पछि त्यो देशको जनता स्वत गरिब निरिह र गृह युद्धमा प्रबेष गर्छ र अकल्पनिय दुखको महासागरमा फस्न बाध्य हुदारहेछन भन्ने मेरो निस्कर्ष छ | 

त्यसताकाका मेरा चाख लाग्दा अनुभवहरु :-

मैले एस एल सि पास गर्दा मेरो काका पुर्ब जनस्वास्थ्य अधिकृत गणेश गुरुङले आई ए पास गर्नु भएको थियो र मैले खरदार र काकाले ना . सु मा लोकसेवा दिएर दुवै जना पास भई भुमिसुधार विभागमा पोस्टिंग भएका थियौ तर हामि हाजिर हुनै गएनौ | बिफर उन्मुलन आयोजनामा पनि मेरो काकाले डिसट्रिक्ट सुपर भाइजर र मैले असिस्टेन्ट डिसट्रिक्ट सुपर भाइजरमा पास गरि तालिम समेत पुरा गरेका थियौ तर गैइएन | 

त्यसताका जिल्ला हुलाक कार्यलयको हाकिम खरिदार , मालपोत कार्यलयको हाकिम ना सु , जिल्लापंचायत ( हाल जिल्ला विकास समिति) मा तृतिय श्रेणिको अधिकृत पि डि ओं रहने ब्यबस्था थियो भने हाल ति कार्यालयहरुमा शाखा अधिकृत, उपसचिव र सहसचिव स्तरको कर्मचारी रहने ब्यबस्था छ | 

म काठमाडौँ नपुगे सम्म पढेर स्कुलको शिक्षक होइन्छ भन्ने मात्र थाहा थियो तर काठमाडौँ पुगे पछि सरकारी जागिरे पनि होइन्छ भन्ने थाहा भयो तर डाक्टर इन्जिनिएर कृषि जस्ता बिषयहरु विदेश गई पढ्न सरकारि छात्रबृतिहरु पनि पाइन्छ भन्ने बारे भने एक बर्ष पछि मात्रै थाहा भयो | हामि बाहिरबाट पढ्न जानेहरुको लागि नत अहिले जस्तो सोध पुछको लागि चिने  जानेका र बुझेका अग्रजहरुनै थियो नत अन्य सुविधाहरु ! भविष्यको मार्ग कोर्नु हामि जस्ता पिछडिएको समाजबाट जानेहरुलाई निकै गाह्रो थियो | 

पहाडमा मेरो गाउबाट स्कुल टाढा भएकोले भाई बहिनि पढाउन बाबु आमालाई मुस्किलले सम्झाएर मधेस मोरङको जहादामा बसाई सारेर भाई बहिनिलाई चाहि धरानमा मेरो माहिला काकाको घरमा कोठा लिई पढाउने ब्यबस्था गरे  र मेरो स्नातकको अन्तिम परिक्ष्या सकिएकै समय बचत संस्थान , कृषि विकास बैंकमा गाभिएर मलाई स्यांजा शाखामा पठाइयो र त्यहा करिब ६ महिना जति काम गरेर पछि जागिर छाडेर भाई बहिनीहरुलाई गाइड गर्दै पढाउन र आफ्नै देशमा स्थापित गराई केहि गर्न बाबु आमाहरुलाई समेत धरानमै राखि व्यापार ब्यबसाय गर्ने उदेश्यले आफ्नै घरमा ग्रोसरी दुकान राखे, आदरणिय दाई गोपाल गुरुङको न्युलाईट साप्ताहिकको पुर्बाञ्चल सम्पादक र स्वतन्त्र पत्रकारकोरुपमा स्वयमसेवि काम पनि गरियो |

नेपाल पत्रकार महासंघको सदस्य पनि भइयो |समसामयिक बिषयहरु बारे लेखहरु पनि लेखियो तर म जस्तो बौद्धिक दृष्टिले ज्यादै पिछडिएका लहुरे समाजका छोराले त्यस क्षत्रमा म आफैलाई कमजोर र एक्लो पाए र निजामति सेवा तर्फ जाने निर्णय गरि लोक सेवा आयोगको परिक्ष्या तयारि तर्फ लागे र बि. सं. २०३२ मा शाखा अधिकृत मार्फत नेपालको निजामती सेवामा प्रवेश गरि सचिव हुने सपना बुने तर नियति र दरवारको कोपभाजनका कारण नियमानुसार मन्त्रिपरिषदले निर्णय गरि उपसचिवमा बढुवाको लागि दरवार पठाएकोमा बहुदलमा लागेको भनि दरवारले रोकि दियो | 

त्यस ताकाका राजाका प्रमुख सचिव रंजनराज खनाल हुनुहुन्थ्यो र उहा लम्जुङ्गको हुनु भएकाले र मेरो शुभ चिन्तक आदरणिय दाई पुर्ब मन्त्रि एबं संघियताका प्रथम उदघोषक खगेन्द्र जंग गुरुङ पनि लम्जुङ्गकै हुनु भएकाले उहाले खनालजी मेरो आफ्नै पुरेत खलकका हुन म भनि दिन्छु भनि सँगै भेट्न गयौ र खनालजीले भै हाल्छ नि मन्त्रिज्यु भन्नु भयो तर पछि जातिय दृष्टिले समेत हेर्नु भएकाले बि. सं.२०४१ साल फागुन १७ गते देखि लागु हुने गरि राजिनामा दिई कानुन ब्यबसाय र राजनीति तर्फ सक्रिय भए |  

त्यसताका दरवारका नजिककाहरुलाई हु प्र बाट सिधै उपसचिव सहसचिब जस्ता पदहरुमा नियुक्ति र बढुवा गरिन्थ्यो भने राजा र पंचायतको बिरोध गरेको थाहा पायो भने सिधै दरवारबाट बर्खास्त हुन्थ्यो | गणतन्त्र नआएको भए छत्रमान गुरुङ जातिय कारणले प्रधान सेनापति हुन पाउने थिएन | निजामति सेवाका महेन्द्र बान्तवा, डिक बहादुर गुरुङ,दुर्गा प्रसाद राई बिष्णु राई सागर चन्द्र राई जस्ता थुप्रै जनजातिका अधिकृतहरुलाई बढुवा र पररास्ट्र सेवामा जान अन्यायपुर्बक रोकिएको थियो | 

मैले निजामति सेवाबाट राजिनामा दिएको कथा त सुनाए तर निजामती सेवामा रहदाको अनुभवको सन्दर्भमा म त्यस ताकाको निर्माण तथा यातायात मन्त्रालयको प्रशासन महाशाखाको शाखा अधिकृत भै ६ महिना जति काम गरे र त्यस पछि मलाई इन्जिनिएरिङ्ग प्रशासन महाशाखामा खटाईयो र म भन्दा माथि सहसचिव( प्रा ) कृष्णराज पाण्डे र सचिव श्री नारायण प्रसाद अर्याल र पछि ज्ञान प्रसाद शर्मा हुनुहुन्थ्यो | करिब साढे ६ बर्ष मैले निर्माण तथा यातायात मन्त्रालयको निमित र का मु उपसचिवको हैसियतले देशको सेवा गरे र त्यस पछि स्थानिय विकास मन्त्रालयको कर्मचारि प्रशासन शाखामा करिब एक बर्ष जति काम गरे पछि सामान्य प्रशासन मन्त्रालय सरुवा भई सामान्य प्रशासन मन्त्रिको निजि सचिब र मन्त्रि परिसद सचिवालय अन्तर्गत पुर्ब मन्त्रि माननीय ध्यान बहादुर राई प्रमुख र माननीय यादव सिंह रायमाझि उपप्रमुख भएको पश्चिमान्चल उच्च स्तरिय निरिक्षण टोलिको सदस्य भएर पश्चिमान्चलका प्राय सबै जिल्लाहरु घुमे | 

नेपाल सरकारको अधिकृतकोरुपमा रहि काम गर्दाका मेरा अनुभवहरु थुप्रै छन ता पनि बिशेष गरि निर्माण तथा यातायात मन्त्रालयमा रहदा मैले विकास निर्माण सम्बन्धि प्राबिधिक जनशक्ति ब्यबस्थापनमा सिचाई कृषि भौगर्बिक बिद्दुत्तका बाहेक सडक पुल नागरिक उड्डयन आवश तथा भवन सम्बन्धि सबै प्राबिधिक ईन्जिनियेरिंग सेवाका कर्मचारिहरुको प्रशासन र केन्द्रिय स्तरबाट स्थानिय र एकिकृत ग्रामिण विकास योजना सम्बन्धि समन्वय र अनुगमनहरु गर्नु पर्ने भएकाले मेरो प्राय त्यसताकाका सबै प्राबिधिक इन्जिनियर, विकास निर्माण सम्बन्धि योजना प्रमुखहरु र पचहतरै जिल्लाका माननिय सदस्य र सभापतिहरुसँग प्रत्यक्ष सम्पर्कमा रहि काम गर्ने मौका पाएको थिए भने राई लिम्बु गुरुङ मगर तामांग समुदायका ब्यक्ति मन्त्रालय तहमा रहि काम गर्ने अधिकृत कमै हुने भएकाले र त्यसबेला नागरिकता र राहदानीका लागि अधिकृतकै सिफारिस चाहिने भएकाले पनि अधिराज्य भरकै दाजु भाई दिदि बहिनिहरुको सेवा र परिचय गर्ने अवशर समेत प्राप्त गरेको थिए |

त्यस ताकाको जिल्ला प्रशासन योजना कार्यन्वयन समितिको संरचना अनुसार जिल्ला विकास समितिको सभापति अध्यक्ष र मातहतका जिल्ला स्तरिय सरकारि कार्यालयहरु प्रशासन , शिक्ष्या , कृषि , बन , निर्माण , सहकारी लगायतका जिल्ला शाखा कार्यालयहरु रहने ब्यबस्था थियो | 

निर्माण तर्फ इन्जिनियर कार्यालय प्रमुख रहने गरि ७५ रै जिल्लामा सार्बजनिक निर्माण शाखा भन्ने कार्यलय रहने ब्यबस्था थियो र त्यो कार्यलयमा सके सम्म कुनै इन्जिनियर ओभरसियरहरु जान चाहदैन थियो | त्यसैले म उहाहरुलाई भन्ने गर्थे तपाईहरु जस्तो देश विदेश पढेर बुझेर आउनु भएका युवा इन्जिनिएरहरुले हाम्रो जस्तो दुर्गम जिल्लाहरुमा गई नया ढंगले आफ्नै साधन श्रोत र प्रबिधि प्रयोग गरि सडक पुल घर नहर निर्माण, भुउपयोगको संरक्षण र महत्व जस्ता बिषयहरुमा  आम जनताहरुलाई सम्झाएर बुझाएर काम गर्ने अनुभव बटुल्ने र हाम्रो जस्तो अति पिछडिएको  समाजमा इन्जिनियरिंग प्रविधिको महत्व बढाउने कार्यले तपाईहरुकै महत्व र पेशालाई जनतामा स्थापित गराउने  सुवर्ण अवशर हो भन्दै सम्झाउदा उहाहरु मध्य केहि सिनियर इन्जिनिएर साथिहरु उल्टै मलाई सम्झाउनु हुन्थ्यो हेर्नुहोस माटसाहेब ( त्यस ताका माटसाहेब भन्ने चलन थियो ) तपाई हामि भन्दा योङ्ग हुनुहुन्छ र तपाइले हाम्रो देशका शासकहरुको नियत बुझ्नु भएकै छैन |जिल्ला प्रशासन योजना जिल्लाको विकास गर्नलाई होइन , पंचहरुको विकास गर्नलाई ल्याइएको हो र पंचायतमा लाग्ने मण्डलेहरुलाई बिकासको नाउमा बाडिएको रकम खुवाउन जनश्रमदानबाट जताभावि खनिएको तर राम्रोसंग नबनिसकेको  योजनालाई काम देखाएर हिसाब किताबमा बनिएको देखाउनलाई साक्षि राख्नलाई मात्रै इन्जिनिएर ओभरसिएर चाहिएको हो | त्यहा हाम्रो काम भनेको खर्चै नभएको योजनामा खर्च भएको छ भनेर सहि गर्ने मात्रै हो |  

कुनै बलियो र बैज्ञानिक ढंगले नहर बाटो घाटो पुल कुलो कुलेसा र भवन आदि निर्माणको लागि हुदै होइन भन्नु हुन्थ्यो र त्यो जिल्ला शाखामा जान कोहि मान्दैन थिए त्यहा जानु भन्दा बरु कामै छाडेर कतिपय  विदेश जानु हुन्थ्यो र मलाई समेत यु यन जब तिर जान सल्लाह दिनु हुन्थ्यो | 

त्यस ताका कतिपय जिल्लामा जिल्ला विकास समितिको निर्णयले एस एल सि फेल भएकाहरुलाई सब ओभरसियर मा करार  नियुक्ति दिन्थ्यो र राजदरावरबाट इन्जिनियरमा बढुवा नियुक्ति दिनु भनि हु प्र आउने गर्थ्यो | त्यस ताका दरवारको नाममा राजपरिवारले हरेक विकास योजनामा अतिनै हस्तक्षप गर्थ्यो | 

जिल्ला स्तरिय कार्यालयहरुलाई समन्वय गर्न केन्द्रमा गृह तथा पंचायत मन्त्रि अध्यक्ष र सोहि मन्त्रालयको सचिब मुक्ति प्रसाद काफले र समन्वयमहाशाखा प्रमुख तत्कालिन सहसचिव बिहारी कृष्ण श्रेष्ठ लगायत बिभिन्न तालुक मन्त्रालयका सचिवहरु या सम्बन्धित मन्त्रालयले तोकेका प्रतिनिधि सदश्य रहने गरि केन्द्रिय जिल्ला प्रशासन योजना कार्यन्वयन समन्वय समितिको ब्यबस्था थियो र त्यसमा म निर्माण तथा यातायात मन्त्रालयमा रहुन्जेल धेरै जसो मैले नै पदेन प्रतिनिधित्व गरे र खड्ग बहादुर सिंह मन्त्रि हुदा तत्कालिन अर्थ सचिव डा. देबेद्रराज पाण्डे लगायत बौद्धिक ब्यक्तित्वहरु हुनुहुन्थ्यो | साच्चै भन्ने हो भने त्यसताकाका बहुसंख्यक कर्मचारिहरु अहिलेका जस्तो भ्रस्ट र लाज पचेका अनैतिक चरित्रका थिएन | 

पंचायतको कार्यक्रम स्ट्रक्चर एकदमै राम्रो थियो तर दरवारको नाममा ब्यबसाय गर्ने भुमिगत गिरोहले पंचायतलाई अलोकप्रिय बनाएर ढालि दियो | 

गृह तथा पंचायत मन्त्रालय अन्तर्गत नै त्यसताका स्थानिय विकास बिभाग र दुर्गम क्षत्र विकास समिति भन्ने कार्यालय पनि थियो र त्यस समितिले दुर्गम जिल्लाहरुमा झोलुङ्गे पुल गोरेटो घोरेटो र गुम्बा निर्माण एबं बौद्ध लामा गुरुहरुलाई देशको बिभिन्न ठाउँहरुमा घुमाउने काम गर्दथ्यो र त्यस समितिको बोर्ड मिटिंगमा पनि म नै निर्माण तथा यातायात मन्त्रालयको तर्फबाट पदेन प्रतिनिधित्व गर्थे |  

यी सारा अनुभवहरुबाट मैले के महशुस गरे भने हामि नेपालीहरु मिहेनति इमान्दार र सृजनशिल हुन्छौ तर उनिहरुलाई काम गर्ने बाताबरण चाहि बनाई दिनु पर्छ | त्यसको लागि हुकुमि होइन कानुनि शासन र न्युनतम आबश्यकता सहज पुर्बक पुरा हुने तलब भत्ता र स्वतन्त्र पुर्बक काम गर्ने बाताबरण चाहि बनाई दिनु पर्छ | करप्सन रोक्नलाई सर्वस्व र आजिवन काराबासको ब्यबस्था हुनुपर्छ | 

मैले सरकारी जागिर छाड्न बाध्य हुनुको कारण राजा र पंचायत ब्यबस्था मार्फत नै देश र जनताको भविष्य अघि बढाउन दिएको सकरात्मक सुझावको प्रतिफल थियो किनकि म मेरो ब्रम्हाण्डले देखेको कुरा भनि हाल्ने खालको अलि छुचो जस्तै छु , सायद यो मेरो नराम्रो बानि हुनसक्छ र त्यसताका पनि मैले निम्नानुसारका सुझावहरु दिएको थिए |

 जस्तो कि जनसहभागिता र जनश्रमलाई नारा र ठगि खाने मेलो नबनाई देश बिकासको अभियानकै रुपमा जनताको लागि जनताद्वारा गरिएको महशुस हुने गरि अघि बढाईएमा अन्य बिकशित रास्ट्रहरु झै हामि पनि अघि बढ्न सकिन्छ | राज संस्थाले संम्बैधानिक भएर बस्नु पर्छ | राजपरिवारका सदस्यहरुले राज्यका संयन्त्रहरुमा हस्तक्षप गर्नु हुदैन| राज्य संयन्त्रहरु  प्रति जनबिश्वास बढाईनु पर्छ | देशलाई सम्पन्न बनाउन सकियो भने राजा राजपरिवार र सम्पुर्ण नेपालीहरु स्वत सम्पन्न र बिश्वमै सम्मानित भई हाल्छ भनेर तत्कालिन राजा बिरेन्द्रलाई बिन्ति पत्र र प्रधान मन्त्रि र  मन्त्रिलाई बिस्तृत ब्याख्या सहित सुझाव दिनुकोसाथै त्यसताका प्रकाशित हुने विकास दर्पण पत्रिकामा समेत लेख लेखि आफ्नो सुझावहरु प्रस्तुत गरेको थिए | 

उक्त कारण र ३६ सालको जनमत संग्रह ताका जिल्ला जिल्लामा खटिएका कर्मचारिहरुलाई बहुदलमा लागेको भनि तुरुन्तै बर्खास्त गर्न दरवारबाट पत्र आउथ्यो तर मैले चाहि सम्बन्धित कर्मचारिको कार्यालय प्रमुख , सि डि ओ, अन्चालाधिस , सभापति, माननीय सदश्य र आबश्यकता अनुसार मन्त्रालयबाट समेत छानबिन गरि उहाहरुबाट प्राप्त राय सहित नि से नि अनुसार बर्खास्त गर्न नमिल्ने व्यहोरा जाहेर गर्दछु भनि दरवारमा जाहेर गर्ने गर्दथिए |  

सायद यिनै कारणहरुले मेरो बढुवा रोकिएको थियो होला ता पनि मलाई कुनै पश्चाताप छैन जे गरे त्यो बेलाका मेरो सोच अनुसारनै गरे र म कन्भिन्स नभै म खरबपति र प्रधान मन्त्रि नै हुने भइए पनि म कन्भिन्स हुन सकिन भने स्विकार्दिन र तिनै कारणले पंचायत  र बहुदल दुवै समय शक्तिका पछि लागेर मन्त्रि हुने संभावनाहरु हुदा हुदै पनि म अन्य संभावना र देशको सहि गन्तब्य खोज्ने तर्फ लागे तर बिस्वस्त पुर्बाधार र संभावना क्षिण देखे पछि पन्छिएर स्वअध्यन र बिश्व भ्रमण गर्ने तर्फ निस्किए |

बेलायतका मुलधारका विचार बोकेका व्यक्तित्वहरुलाई हेर्दा पनि मेरो निर्णय ठिकै रहेछ भन्ने लाग्यो किनकि, गलत विचार बोकेकाहरुको अन्धभक्त भएर लाटा देशको गाँडा तन्देरि भएर अर्काको झोले हुनु भन्दा आफ्नै मात्र भए पनि मालिकै भएर सत्य कुरा बोल्दै हिड्नु धेरै आनन्द हुदोरहेछ | कम से कम अपराधिहरुको साझेदारी हुनुबाट त जोगिए |

नेपालको सामाजिक र राजनितिक संघ संस्थामा म :- 

माथि पनि उल्लेख गरि सके कि, बिद्धार्थी हुदा म अ ने रा स्व बि यु र स्व बि यु मा आबद्धभै सक्रिय भए भने निजामति सेवामा प्रबेस गरे पछि नेपाल बिश्व सम्बन्ध परिषदको सदश्य भई नेपालका पररास्ट्र सम्बन्धका बारे लेख र कार्यपत्रहरु  लेखियो, सुनाईयो| हाई प्रोफायल लिडर , डिप्लोम्याट र बिज्ञहरुको प्रबचनहरु सुनियो | प्राइबेट बाटै राजनीति शास्त्रमा एम ए मेरो रुचिको बिषय बि कम र बि एल पुरा गरे र डिल्लीबजार घट्टेकुलो टोल सुधार समितिको संस्थापक अध्यक्ष भएर सेवा पनि गरे |

 मेरो बाल्यकाल देखका साथीभाईहरू , अनेरास्ववियुमा सक्रिय हुदाका मेरा अग्रज दाईहरु र समकालिन साथिभाईहरु लगायत मेरो जीवन यात्राका हरेक मोड र सुनौला क्षणहरु बारे पछि मेरो जीवन यात्रामा बर्णन गर्ने गरि उहाहरु सबैलाई सम्झिदै आदर सम्मान र युगौ युग शुभकामना सहित आत्मिय मित्रताको सम्बन्ध कायम रहनेछ भन्ने आशा र कामना गर्छु |

अग्रज र दौत्यरिहरुसंग मिलेर बिभिन्न कारणले पिछडिएको समुदायहरुलाई मुलधारमा ल्याउन चेतना मुलक कार्यक्रमहरु पनि गरियो | त्यहि सिलसिलामा पुल्चोक स्थित ने भू पू सैनिक भवनमा बृहत गोष्ठीको आयोजना पनि गरेका थियौ भने सानातिना इम्पावरमेन्ट कार्यक्रमहरु पनि गर्थौ र हाम्रो लक्ष्य चाहि गुनासो मात्रै गर्ने होइन कि कम्पिटेन्ट भएर गुनासो सुन्ने र त्यसलाई म्यानेज गर्दै नीति निर्माण र नेतृत्वदाय़ी ठाउँहरुमा पुगेर मानव सभ्यतालाई शान्ति र समृद्धिकासाथ अघि बढाउदै लान सक्नु पर्छ भन्ने  नै थियो | 

तमु भएका नाताले तमु जाति र भाषालाई माथि उठाउने ध्ययले बि. स. २०३२/२०३३ तिर तमु अग्रजहरु भद्र कुमारि घले अध्यक्ष र खगेन्द्र जंग गुरुङ, चन्द्रबिर गुरुङ,डा. हर्क गुरुङ, गोपाल गुरुङ , नारायण लेगे गुरुङ , अमर गुरुङ( सिन्धुलि) , योग बहादुर गुरुङ, रेशम गुरुङ लगायत  थुप्रै त्यसताकाका तमु व्यक्तित्व र युवाहरु ( जसको नामहरु पहिले अन्य लेखहरुमा पनि लेखि सकिएकोछ र पछि मेरो जीवन यात्रामा पुन सबैको लेख्ने छु ) सदस्य हुनुहुन्थ्यो भने म प्रेम गुरुङ दुबो सचिव ( त्यस बखत अहिले जस्तो सामाजिक संघ संस्थाहरुमा महासचिव राख्ने प्रचलन थिएन) र कल्याणी गुरुङ कोषध्यक्ष भएर तमु धि नामक सामाजिक संस्था स्थापना गरेका थियौ र त्यो संस्थाले प्रयोगकोरुपमा बागबजारमा तमु भाषा कक्ष्या पनि शुरु गरेका थियौ र जसको प्रथम स्वयमसेवि शिक्षक स्यांग्जा शिरुबारी घर भई पर्बत फलेबासका मा बि का शिक्षक श्री कृष्ण बहादुर गुरुङ हुनु हुन्थ्यो र उहा एक बर्षिय बि एड पढ्न काठमाडौँ आउनु भएको थियो | 

यसै संस्थालेनै  प्रथम पटक तमु सुता नामक पत्रिका निकाल्न शुरु गरेको थियो र म चाहि बि.सं २०४१/४२ देखि काठमाडौँ बाहिर रहेकाले संलग्न भईन ता पनि त्यो संस्थाले झन्डै बि. सं. २०४३/४५ सम्म काम गर्यो र त्यस समयका पनि प्रमुख संरक्षक भद्रा घले दिदि नै हुनुहुन्थ्यो भने अध्यक्ष र सक्रिय अभियन्ताहरु  स्यांग्जा दरौका त्यसताकाका युवा नेता तोरण गुरुङ, हिम गुरुङ , रामकाजी गुरुङ , डा. हर्क गुरुङका जेठानहरु सर्ब श्री के बि गुरुङ, कर्नेल पंच बहादुर गुरुङ, पुर्ब डियसपि मोहन घले , डा. सिबि गुरुङ, कालुराम गुरुङ , क्याप्टेन इन्द्रजित गुरुङ ,हरिदास गुरुङ लगायत थुप्रै त्यस ताकाका तमु समाजका सक्रिय अभियन्ताहरुले त्यस संस्थाका बिभिन्न जिम्मेवारी लिई तमुहरुलाई इम्पावर गराउने कार्य गर्नु भएको थियो |  

तमु धि स्थापना हुनु भन्दा अघि देखिनै हामि भन्दा अघिका तमु बिद्धार्थी दाईहरु क्याम्पस चिफ गणेस बहादुर गुरुङ , युक्तमान गुरुङ , प्रधान सेनापति छत्रमान गुरुङ, लिल्लिजंग गुरुङ, सुन्दर गुरुङ, सिंह बहादुर गुरुङ लगायतले दसै ताका गोदावरी र गोकर्ण जस्ता पार्कमा पिकनिककोरुपमा भेला भई चिना पर्चि गराउदै आउनु भएकोमा पछि हाम्रो पुस्ताले निरन्तरता दियौ र तमु धि स्थापना भएपछि पनि पिकनिक कार्यक्रमलाई निरन्तरता दिदै तमुहरुलाई बौद्धिकरुपले कसरि माथि उठाउने भनि छलफल र अन्तरक्रियाहरु गर्ने गर्थ्यौ |

 त्यसताकाका हामि युवाहरु प्राय सबैनै बिभिन्न क्षत्रका जिम्मेवार पदहरु समाल्न पुगेको थियौ भने हाम्रै पालामा पर्बत जिल्लाबाट आउनु भएका पुर्ब मन्त्रि नर बहादुर गुरुङको स्मारिका समेत प्रकाशन गरेका थियौ जसमा युग कबि सिद्धिचरण श्रेष्ठ, पुर्ब मन्त्रि एबं इतिहासकार भुवनलाल प्रधान, खगेन्द्रजंग गुरुङ, भद्रा घले, प्रेम गुरुङ दुबो, अमर गुरुङ ( सिन्धुली) लगायतका श्रद्धान्जली लेखहरु सामेल गरेका थियौ |

 मोफसलका कला र कलाकारहरुलाई प्रोत्साहन र हौसेला प्रदान गर्न डाफे कला मन्दिर पोखराले नेपाल प्राज्ञ प्रतिष्ठानले आयोजना गरेको नाटक महत्स्वमा भाग लिन आउदा तत्कालिन उपकुलपति माधव प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा काठमाडौँ रोटरी क्लबको हलमा शुभकामना कार्यक्रमको आयोजना गरेका थियौ र त्यो साल डाफे कला मन्दिर नाटकमा प्रथम हुन सफल भएका थिए |

उक्त तमु धि निस्क्रिय भए पछि क्याम्पस चिफ गणेस बहादुर गुरुङ र पोखरा नगरपालिकाको पुर्ब प्रधान पंच श्रीप्रसाद गुरुङ लगायतले तमु धि र बुटवलका तमुछोजलाई एकिकरण गर्ने भनि पोखरामा बृहत तमु भेलाको आयोजना गरि मलाई समेत बोलाउनु भएको थियो र मैले पनि एकताको महत्व र देश प्रति तमुहरुको भुमिका बारे प्रकाश पार्दै लिखित धारणा समेत वितरण गरेको थिए र पुरानो घर पर्बत भई बुटवल बसोबास गर्नु हुने आदरणिय दाइ शेर बहादुर गुरुङले मेरो लेखमा उल्लेख गरिएको केसर गुरुङ बारे सोध्नु पनि भएको थियो र यि दुई संस्था मर्ज भई गठन भएको प्रथम अध्यक्ष क्याम्पस चिफ प्रा. गणेस बहादुर गुरुङ र महा सचिव श्रीप्रसाद गुरुङ हुनुहुन्थ्यो भने उहाहरुकै अनुरोधमा म पनि केन्द्रिय सदस्यमा रहेको थिए | 

 बि. सं. २०५२ सालतिर ललितपुरको भू पू सैनिक भवनमा भएको तमु छोज धि को प्रथम रास्ट्रिय महाधिबेशनमा बिधान मस्यौदा समितिको संयोजक म नै थिए भने सदस्यहरुमा पोखराका बरिस्ठ अधिबक्ता कृष्ण गुरुङ , गोर्खामेजर दिपक गुरुङ , पुर्ब डिएसपि मोहन घले , गोर्खा क्याप्टेन एकनारायण गुरुङ , चितवन भरतपुरका देबेन्द्र गुरुङ , तनहुका भिम गुरुङ , तेह्रथुमका मकर गुरुङ लगायतका साथीहरु( सबै साथिहरुको नाम सम्झिन सकिन त्यसताका प्रकाशित पत्रिकामा सबैको नाम उल्लेखछन र ति पत्रिकाहरु नेपाल मेरो घरमा छन र मेरो जीवन यात्रामा सबैको नाम समाबेस गर्नेछु ) हुनुहुन्थ्यो र हालमा पनि त्यहि बिधानलाई केहि हेरफेर गरि तमु ह्युल छोज धि रास्ट्रिय परिषदले पनि निरन्तरता दिदै आएको पाइन्छ | 

मैले सरकारि जागिर छाडेर राजनीतिमा जाने निर्णय गरेको समयमा सिक्किमलाई इन्डियाले खाएको थियो | प्रजातन्त्रबादी नेता बि. पि. कोइराला अन्तरास्ट्रिय राजनैतिक परिस्थितिहरु बुझि रास्ट्रिय मेलमिलापको नारा लिएर नेपाल फर्किनु भए पनि राजाबाट राम्रोसंग रेस्पोन्स नभएकै अबस्थामा बि. पि. को देहान्त भएको थियो | आ आफ्नो आस्था विचार र बुझाई अनुसार नेपाली युवाहरु प्रजातान्त्रिक आन्दोलनमा लागिरहेका थिए | मैले पनि केहि विचार र दृस्टी मिल्ने साथीहरुसँग मिलेर बहुदलिय ब्यबस्थाको माग र देश बचाऔ समाजका नारा र उदेश्य लिएर नेपालको वर्तमान अवस्था र हाम्रो कर्तब्य , हामि र हाम्रो देशलाई चिनौ ! भन्ने सैद्धान्तिक पुस्तक एबं हामि र हाम्रो नेपाली समाज एक भएर अघि बढौ भन्ने नारा र विचार लिएर बि. सं. २०४३ सालमा सुनसरि जिल्लाबाट विघटित रा. पं. स. को निर्बाचनमा भाग लिए र त्यसताकाका पंचायत नीति तथा जाचबुझ समितिले आफ्नो सरकारि उम्मेद्वारहरुलाई जिताउन गरेको ठुलो धादलिको बाबजुद पनि मैले राम्रो मत र आम जनता एबं बौद्धिक बर्गबाट राम्रो रेस्पोन्स पाएको थिए | 

त्यसताका मलाई साथ सहयोग र प्रेरणा दिनु हुने देश र  प्रजातन्त्रका लागि सम्पुर्ण त्यागेर लागि रहनु भएका  आदरणिय अग्रज , आत्मिय मित्र, पत्रकार, बुद्धिजिबि, युवा बिद्धार्थीहरु लगायत सम्पुर्ण सचेत आम जनसमुदायहरुसँगका ति दिनका क्षणहरु म आफ्नो जीवन यात्रामा बिस्तृतरुपले लेख्नेछु, सम्झिरहनेछु , जुन साथीभाई र अग्रजहरुले मलाई दिलो ज्यान दिएर सहयोग गर्नु भयो त्यसलाई म युगौ युग सम्झिदै सहकार्य गरेरै यो संसारको सेवा गर्ने  छु ! यो मेरो बिश्वास र अठोट हो | म युगौ युग निरन्तरतामा बिश्वास गर्छु |

म फेरि पनि मेरा त्यस ताकाका प्रिय मित्रहरु कमल सुबेदी, ढुण्डीराज ओझा, गोबिन्द विकल, मदन राई, रमेस नेपाली, गंगा प्रसाद भण्डारी, आनन्द थापा, डा. रेम बहादुर गुरुङ, यमनाथ बराल, खम्बसिंह गुरुङ, हिराधन दुखि राई, सुबर्ण श्रेष्ठ, हिरा रिजाल, ध्यान बहादुर राई , हर्ष सुब्बा, पदम राई, गोबिन्द सुब्बा, ज्ञान क्षत्रि ,केसर राई, बिष्णु सुब्बा, बम देवान, भवानी बराल, बेनु आचार्य, बद्रि पलिखे, राजकुमार कार्कि, प्रेम प्रदेशी राई, धन बहादुर गुरुङ, सिंह बहादुर गुरुङ, हबिब अन्सारी, राजेन्द्र गुरुङ, बराहाक्षत्र, बिष्णुपादुका, इटहरी, महेन्द्रनगर, अमडुवा लगायत सुनसरिका सबै नपा र गाबिसका साथीभाईहरु र आदरणिय मेरा मान्यजनहरु सर्बश्री क्याप्टेन कृष्ण बहादुर कुलुङ्ग राई, शम्सेर गुरुङ, प्रेमसिंह लिम्बु , इन्द्रजित लिम्बु, आईत बहादुर लिम्बु, हेमलाल लिम्बु, सिंह बहादुर गुरुङ,  बिर्ख बहादुर गुरुङ, प्रो. इन्द्र प्रसाद श्रेष्ठ, बौद्धिक व्यक्तित्व बि ए कृष्ण श्रेष्ठ, प्रो. सरण राई, प्रो. नारायण राई, कृष्ण पाख्रिन, पण्डित छबिलालपोख्रेल, प्रभुनारायण चौधरी,बिश्वनाथ चौधरि, बिर्ख बहादुर श्रेष्ठ, तेजप्रसाद राई, कृष्ण देव राई, गौरिमान गुरुङ, चन्द्र शेखर श्रेष्ठ लगायत सम्पुर्ण शुभचिन्तक एबं बौद्धिक समुदाय अग्रज व्यक्तित्वहरु र आम जनताहरुले म प्रति देखाउनु भएको स्नेहपूर्ण बिश्वास  र जिम्मेवारी प्रति म युगौ युग ऋणि महसुस गर्नेछु !

बि. सं. २०४२ को सत्याग्रहमा सक्रिय भाग लिनकोसाथै २०४५ मा प्रज्ञा भवनमा भएको नेपाल बार एसोसिएसनको सम्मेलनमा बहुदलको घोषणा र पुर्बाञ्चलका तत्कालिन भुकम्प पिडितहरुलाई तत्काल राहत वितरणको ब्यबस्था गरियोस भनि मन्तब्य ब्यक्त गर्नकोसाथै प्रस्ताव पारित गराउन पनि भुमिका निभाएको थिए| २०४६ सालको जनआन्दोलनमा नेपाल बारको आयोजनामा जुलुस प्रदर्शन र सामुहिक गिरफ्तारिहरुमा सक्रिय भाग लिनुको साथै सुनसरि र मोरङ क्षत्रमा पनि बिभिन्न आमसभाहरुमा आफ्नो विचार राखे र पुर्ब सांसद एबं प्रजातन्त्रका सेनानि श्री इन्द्रहांग लिम्बु ( इन्द्रहांग दाई ) सँङ्ग धरानबाट पाँच कन्या गाबिस हुदै मोरङ जिल्लाको लेटाङ्ग र केराबारीको आमसभामा जादा मोटर साइकलबाट लडेर हात र औला मर्किएको अहिले बेलायतको चिसोले बल्झिएर हातले कलम समाऊनै नहुने भएकोछ | 

म सानै देखि ब्यस्त र हरेक किसिमका गरिबिमा हुर्किएको मान्छे ! मलाई अनवरत शाहस र हिम्मतकासाथ अघि बढ्ने प्रेरणा मेरो बाबु आमा र बहुसंख्यक नेपालीहरुको दुख र कोरियन क्रान्तिकारी आमा काङ्गवाङ्गसोकको जीवनीबाट प्राप्त भएको थियो | उनको सन्तानहरुले कोरियाली जनताहरुको सेवा गर्यो गरेन त्यो अर्कै पाटो हो र मेरो बिचारमा उतर कोरियाको क्रान्ति र बंसानुगत तानाशाहीको जन्मले विश्वलाई नया अनुभव र पाठ सिकाएकोछ | उनको प्रयासको प्रतिफल जे जस्तोरुपमा देखिएता पनि उनले व्यक्तिगतरुपमा त्यसताका आफ्ना सन्तान हुर्काउन र कोरियालि जनताको मुक्तिको लागि गर्नु भएको कठिन परिश्रम र बलिदान साच्चिनै सम्मानित र प्रेरणास्पद छन |

मेरो रुचि र शौख लेख्नु पढ्नु भएकोले म नेपाल सरकारमा जागिरे भईसके पछि पनि मेरो कान्छि बहिनि अधिबक्ता एवं गणतन्त्रामक संबिधान मस्यौदा समितिका सदस्य छत्र कुमारि गुरुङ बिद्धार्थी हुदा देखि नै उनको नाउमा बिहानि नामक मासिक पत्रिका दर्ता गरि प्रकाशित गर्दै आएको थिए र जागिर छाडेर देशमा प्रजातन्त्र आए पछि  मेरै अध्यक्षतामा नेपाल प्रजातान्त्रिक समाजबादी अध्यन केन्द्र नामक संस्था दर्ता गरि गोष्ठीहरु गर्ने प्रजातान्त्रिक समाजबादका बारेमा बिभिन्न विद्वानहरुको लेख र मेरो आफ्नै विचारहरु समेत लेखेर प्रकाशित गरे | 

प्रजातन्त्र आएपछि नया दल निर्माण गरेर देशलाई नया ढंगले लान सकिन्छ कि भनेर साथिभाइहरुसँग छलफल र देशब्यापिरुपमा अध्यन अनुसन्धान भेटघाट र पहल गर्ने कोशिस पनि गरियो तर यथास्थिति र व्यक्तिगत अहममै रमाउन खोज्ने हाम्रो स्वभाव, सामाजिक संरचना, संस्कार, सोचाई र देशि बिदेशि शक्तिहरुलाई म्यानेज गर्दै अघि बढ्न सकिने सचेत जनशक्ति र आधार तयार भई नसकेको अबस्थामा नया दलको संभावना देखिएन | त्यहि भएर एम एस थापा, गोरे बहादुर खपांगीहरुसँग मिलेर नया राजनैतिक दल गठन गर्न निकै मिहिनेत गरियो ता पनि देशलाई नेतृत्व दिन सक्ने दर्शन निर्माण गर्दै अघि बढ्न नसकिने दृश्य देखे पछि म पछि हटे |

 बामपन्थी धारमा पनि अवशरबादी र जडसुत्रबादीहरुकै बोलवाला देखिदा सामेल भएर केहि गर्न सकिने स्थिति नदेखि थुप्रै बामपन्थी विचार बोकेका म जस्तै साथीहरु नेपाली कांग्रेसमा प्रबेष गरिरहेका थिए |

मलाई पनि मेरा थुप्रै शुभचिन्तक चिनजानका सिनिएर र समकालिन साथिहरुबाट ने.का. मा प्रबेषको लागि भनिरहनु भएको थियो भने मेरो माहिला काका क्याप्टेन शम्सेर गुरुङ जो धरान नगरपालिकाको लामो समय वडा अध्यक्ष र कार्यबहाक प्रधानपंच समेत हुनुहुन्थ्यो, उहाको मोरङको दादरबैरियामा नोना आमाको खेतिसंगै उखु खेति भएकाले उहाहरुको राम्रो जान पहिचान र आदरणिय दाईहरु भुबिक्रम नेम्बांग, गोपाल राई , इन्द्रहांग लिम्बु,बेष बहादुर नेपाली,  क्याप्टेन प्रेम सिंह सुब्बा लगायत विजय गच्छेदार , हरिनाथ बास्तोला , हरि सापकोटा , राम बहादुर बस्नेत, गिरिराज आचार्य, आनन्द आचार्य, नरेन्द्र ढुंगेल लगायत साथिहरुले पनि नेपाली कांग्रेसमा आउन कर गरिरहनु भएको थियो |

त्यहि समय नोना आमाले भन्नुभएको गिरिजा बाबुले तपाइको भतिज प्रेमलाई भेट्न खोजेकोछ जसरि पनि लिएर आउनु भनेकोछ भनेर मेरो काकाले भन्नु भए अनुसार कोइराला निवासमा गिरिजा बाबुलाई भेटे र नेपाली कांग्रेसमा प्रबेष  गर्ने बारे कुरा गरे र साथीहरुसंग सल्ला गरेर फेरि भेट्छु भनि बिदा भएर साथीहरुसंग सल्लाहा गर्नकोसाथै पुर्ब मन्त्रि एबं ने का को बरिस्ठ नेता बल बहादुर राईज्युसंग किसुनजीलाई भेट्न गए र ने का मा प्रबेष गर्ने निर्णय गरे |

पार्टि प्रबेष पछि पार्टिमा सक्रिय हुनकोसाथै काठमाडौँको बानेस्वर एरियाबाट किसुनजीलाई जिताउन मेरै संयोजकत्वमा तत्कालिन सांसद भिम बहादुर तामांग,बाबुराम राना, मेजर दिपक बहादुर गुरुङ,  नरेन्द्र कुमार गुरुङ, सर्बधन राई, क्याप्टेन एकनारायण गुरुङ, क्याप्टेन राम प्रसाद गुरुङ,  श्री .. थापा लगायत झन्डै डेड दुई सय सदस्य भएको आदिबासी जनजाती चुनाव प्रचार समिति गठन गरि किसुनजीलाई जिताउनु पर्ने लिखित कारणहरु सहित घर घर, टोल टोल पुगेर नया लहर र बहस जनता माझ सकारात्मक ढंगले अघि बढिरहेकोमा एकाएक गिरिजाबाबुले बोलाएर सैधान्तिक र देशको तत्कालिन आबश्यकता बारे क्लिएर नै नगरि निस्क्रिय रहनु भन्नु भएपछि निरास भएर बरिस्ठ नेता बल बहादुर राईज्युकोसाथमा किसुनजीलाई भेट्न गए तर उहामा चुनाव जितेर देशलाई यसरि हाक्छु भन्ने दृढता भन्दा पनि सन्तपन देखिएपछि गुटगत स्वार्थमा बलियो गुटको पछि लागेर मन्त्रि हुन र भ्रस्ट भई पैसा कमाउन चाहि सकिन्छ तर देश र जनताको अवस्था र इज्जतलाई माथि उठाउन चाहि अहिले कै अबस्थामा नसकिने स्थिति देखे पछि म निस्क्रिय भए र बिश्व भ्रमण र अध्यन तिर लागे |

नेपाल बाहिरको अनुभव :-

म बि. सं. २०५५ को शुरुतिर ४८ बर्षको उमेरमा अढाई बर्षको छोरो र श्रीमति सहित हंगकंग तिर लागे र हंगकंगमा काका क्याप्टेन धर्मध्वज गुरुङ मार्फत अतिनै असल मान्छे त्रिलोक बिश्वकर्मा सँग भेट भयो र उहाको सहयोगमा मेरो श्रीमती र म दुवै जना AXA कम्पनीको financial Consultant मा नियुक्ति भई काम गर्न शुरु गरेउ र केहि समय पछि CMG Asia , HK अस्ट्रेलियन कम्पनीमा मेरो श्रीमतीलाई ABM र मलाई टिम म्यानेजरको पदकासाथै राम्रो तलब भत्ता दिने अफर आएकाले त्यहा सरियो र हामिले थुप्रै पढे लेखेका साथी भाईहरुलाई समेत प्रबेष गराई राम्रो परफर्मेन्स देखायौ | 

रिक्रुटिंग ट्रैनिंग बिजिनेस सबैमा हाम्रो ब्रान्चले प्रत्यक बर्ष टप गर्ने गरेकाले हामि दुवै श्रीमान श्रीमतीले थाईल्याण्ड, जापान, चाइना र सिंगापुरमा भएका Asia pacific Financial Convention हरुमा भाग लिने र ति देशहरुका मुख्य मुख्य शहरहरु घुम्ने हाईक्लास सुबिधा र अनुभवहरु प्राप्त गर्ने शुअवशरहरुका साथै थुप्रै कप, गोल्डमेडल, प्रमाणपत्र र कम्पनिका कार्यक्रमहरुमा सम्मान पनि पाइयो ! 

Hong Kong मा ING आएपछि मेरो श्रीमती इसारालाई एजेन्सी म्यानेजर र म लगायत हाम्रा टिमका साथीहरुलाई SBM, BM, UM, TM पोजिसनका साथै राम्रो अफर आएकाले त्यहा सरेउ र त्यहा पनि हामिले राम्रो गर्न सफल भएकाले हाम्रो टिमलाई ING ले चाइनाको ग्वान्जाओमा लगेर Global strategic for financial trade business training को सिलिलामा Military training पनि दिईएको थियो | तालिममा भाग लिनु हुने सबै साथीभाईहरु बारे र फोटोहरु मेरो जीवन यात्रा बिबरणमा सामेल हुनेछ | 

हंगकंगमा मैले VTC र FSDC बाट बिभिन्न financial business Management सम्बन्धि तालिम र परिक्ष्याहरु पास गर्नकोसाथै S and FC, HKFI र LUA HongKong को सदस्य र Nepalese Legal Consultancy नामक फर्म दर्ता गरि चलाएको थिए| सामाजिक संघ संस्थाहरुमा चाहि आबद्ध भइन तर साहित्यिक गोष्ठी र टक प्रोग्रामहरुमा चाहि सामेल हुन्थे |

युके सरिए पछि :-

हंगकंगमा सबै कुरो राम्रोसँग बितिरहेको थियो तर नया ठाउँ सरि हिड्दा हामिले दुख पाइए पनि सन्तानको लागि बिश्व देखिने बुझिने ठाउँ बेलायत हुन सक्छ भन्ने लाग्यो र जीवन साथीसंग सल्लाहा गरि फेरि नया संघर्ष शुरु गर्न बेलायत सरियो र एक जना बिद्धार्थी र एक जना आश्रित भएर बुढेसकालमा फेरि नया संघर्षमा जुटियो | 

बेलायतमा बाहिर ( अन्य देशहरु ) बाट पढेर आएकाहरुले भने जस्तो काम पाउनलाई कि चाहि Oxford र Cambridge लगायतका top 50 University हरु मध्यबाट Phd गर्न सकेमा बिश्वबिद्धालयहरुमा पढाउने काम पाईदो रहेछ कि चाहि डाक्टर ईन्जिनिएर हुनु परयो नत्र सेक्युरिटी, सुपरमार्केट, केयरहोम, सरसफाई तिर या आफ्नै व्यापार ब्यबसाय शुरु गर्नु पर्दो रहेछ | त्यसमा पनि ५० नाघेकाहरुलाई त घर किन्न ऋण लगायत जे मा पनि गाह्रो !

बेलायत आएपछि हामिले सात महिना सम्म अनुभव अनुसारको काम पाइन्छ कि भनेर खोजेउ तर अन्त्यत्र भने जस्तो काम नपाईएपछि टेस्को सुपरमार्केटमा दुवै जनाले काम शुरु गरियो र मेरि श्रीमति चाहि बिद्धार्थी भएकाले घरि कलेज घरि काम गर्दै र म चाहि रजिस्टर इमिग्रेसन  एडभाइजरको  लागि ट्रेनिङ्गहरु लिदै काममा धसियौ र ILR भएपछि मैले OIC बाट इमिग्रेसन एडभाईजरको परिक्ष्या पास गरि रजिस्टर्ड एडभाइजरमा दर्ता भए र टेस्कोबाट दुवै जनाले ५ बर्षको क्यारिएर ब्रेक लिई मैले  इमिग्रेसन र श्रीमतिले मोर्गेज एडभाइजरको काम गर्दै म सोलिसिटरको लागि QLTT को तयारिमा जुटिरहेको थिए तर दुर्भाग्य केहि समय पश्चात दुवै जना पालै पालो अस्वस्थ्य भयौ र बिजिनेस राम्रोसँग अघि बढाउन सकिएन र मेरो श्रीमति चाहि टेस्को मै फिरिन र म चाहि औसधोउपचारमै लागे र हाल दुख सुख यि यस्तै गनथन लेख्न सक्ने हुदै गईरहेकोछु |

 युकेमा आएपछि मेरो सामाजिक संघ संस्थाहरुमा संलग्नता :- 

विदेश लागेपछि मेरो मान्यता के रह्यो भने हरेक सामाजिक क्रियाकलापहरुमा नयापुस्ताहरुलाई अग्रसर गराइनु पर्छ भन्ने सोचले हंगकंगमा पनि ब्यबसायिक बाहेक अन्य संघ संस्थाहरुमा म संलग्न भईन तर साहित्यिक लगायत चेतना मुलक, सृजनात्मक र परोपकारी काम गर्ने केहि संघ संस्थाहरुलाई मैले सक्ने आर्थिक र बौद्धिक सहयोग चाहि गरे र युकेमा पनि मैले त्यहि नीति अपनाउदा अपनाउदै पनि शुभ चिन्तकहरुको आग्रहमा सामान्यरुपमा आबद्ध पनि भए जसमा ब्यबसायिक संस्थाहरु समेत निम्न छन :-  

१) ब्रिटेन नेपाल लयर्स एशोसिएसन(BNLA) को संस्थापक सदस्य | 

२) ILPA र JCWI को सदस्य |  

३) तमु धि युकेको आजीवन सदस्य र सुबसिंह गुरुङ अधयक्ष हुनुहुदा सल्लाहाकार र २०१० मा NRNA ले नेपालिराजदुताबासमा आयोजना गरेको संबिधान सुझाव सम्बन्धि गोष्ठीमा तमु धिको तर्फबाट डा. सि बि गुरुङ , म प्रेम गुरुङ दुबो , भक्त गुरुङ , कमल गुरुङको टिमलाई जिम्मा दिएकोमा सबैको सल्लाहा बमोजिम सि वि दाई र मैले तमु धिको तर्फबाट सुझाव ब्यक्त गरेका थियौ भने मैले व्यक्तिगत तवरमा पनि तत्कालिन संबिधान सभाका अध्यक्ष र सबै दलका प्रमुखहरुलाई लिखित सुझाव पठाएको थिए | 

४) खोसोभो को प्रथम फ्रानब्रो भेला र मुख पत्र एबं नेप्लिज हाईस्किल फोरम रिडिंगले GCSE र A लेबल उतिर्ण बिद्धार्थिहरुसंगको अन्तरक्रियाहरुमा आफ्नो बिचारहरु राखेको थिए भने भोजपुर सेवा समाज र रिडिंग नेप्लिज कम्युनिटी एशोसिएसनहरु मार्फत भुकम्प पिडितहरुलाई सकेको चन्दा दिई दुख सुखमा भावनात्मक एकता जनाएको थिए| 

५) हंगकंगमा पनि र यहा पनि इमिग्रेसन, मोर्गेज र घर किन्दा हेर्नु पर्ने चान्सेल, कोन्टामिनिटेड ल्याण्ड र फ्लड़िंग एरियाहरु र अफ्फर पछि मुल्य घटाउने टेक्निकहरु बारे शुभचिन्तकहरुले सोध्नु भएकोमा निशुल्क आफुले जाने सम्म मौखिक सुझावहरु दिदै आएकोछु | 

६) नेपालको काठमाडौँ, सुखे धारा स्थित नमो बुद्ध बौद्ध गुम्बा र युकेको रिडिंग बौद्ध गुम्बाको आजीवन सदस्य , तमु संग्रहालय लमजुङ्गको परम बिशिष्ठ आजिवन सदस्य लिएकोछु |  

७) समय र अवसर गुमाईयो भने पछि परिन्छ, दुख पाइन्छ भन्ने उदाहरण ब्रिटिस सरकार र  गोर्खाका समस्याहरुलाई पनि लिन सकिन्छ | 

किनकि ब्रिटिसले १९९७ मा हंगकंग छाडे पछि ब्रिटिस गोरखा सैनिकमा काम गर्ने नेपालीहरु र उनका परिवारहरुलाई भविष्यमा पर्ने असर र समाधान बारे अध्यन गर्न तत्कालिन ब्रिटिस संसदका फोरेन सेलेक्ट कमिटिका चेएरम्यान माइकलमेटको नेतृत्वमा १० सदसिय सांसदहरुको टोलि १९८४ मै नेपाल गएका थिए र त्यस बखत नेपाल सरकारले यि बृटिस गोरखा सैनिकमा काम गर्ने नेपालीहरुको समस्या समाधानका लागि सकारात्मक भएर ध्यान दिई दिएको भए यि समुदायहरुको मानव अधिकार र भविष्यको स्वतन्त्रता हनन हुने थिएन | 

त्यसताका मैले त टोलि नेता माईकलमेट, सरोकारवाला तत्कालिन भुपु सैनिक संघका बिभिन्न तहका अगुवाहरु, नेपालका तत्कालिन पररास्ट्र मन्त्रि शैलेन्द्र कुमार उपाध्य लगायतलाई भेटि पत्राचार र लेखहरु लेखि सक्दो गर्न खोजेको थिए |

माइकलमेटको भनाई त गोर्खालिहरुलाई बेलायतले सुविधाहरु दिदा बेलायत र कम्मनवेल्थ भित्रका देशका नागरिकहरुलाई झै ब्यबहार गर्नलाई नेपालको कतिपय कानुन र नीतिका कारण सबै पक्षलाई भविष्यमा असमजदारि र समस्याहरु उत्पन्न हुन सक्ने भएकाले गोर्खालिहरुलाई पनि बेलायति र  कम्मनवेल्थ देशका नागरिक सैनिकहरुलाई सरह ब्यबहार गरिए नेपाललाई कुनै आपति छैन भनि स्विकृति दिईएमा हामि गोर्खालिहरुलाई कुनै भेद भाव गर्दैनौ वा अन्य कुनै विकल्पहरु बारे पनि हामि छलफल गर्न तयार छौ भने पछि नेपाल सरकारलाई बार्ता टोलि बनाई यि गोर्खालिहरुको बारे चासो लिई दिन अनुरोध गर्दै यति सम्म दौड धुप गरियो कि त्यस बारे मैले  नेपाल सरकार , नेभुपु सैनिक संघका अगुवाहरु र टोलि नेतासँग भएको भेटघाट र पत्रचारको व्यहोरा सहित राखेर लेखहरु पनि प्रकाशन गरेको थिए तर कसैले ध्यान दिएन र अहिले हामि पछुताई रहेका छौ | 

त्यस्तै अहिले पनि नेपालको भौगलिक र राजनैतिक सम्बेदनशिलतालाई ध्यान दिदै नेपालले नागरिकताको सवालमा इजरायले झै नसोचे भोलि नेपाल र नेपालीहरुले पछुताउनु पर्ने छ भनेर कराई रहेकोछु | यस बारे समयमै बुद्धि नपुराईए नेपाल र नेपालीहरुकै अस्तित्वमा ठुलो संकट आउँन सक्ने तर्फ पुन सबैको ध्यानाकर्षण गराउन चाहन्छु |

उपसंहार:-

आजको बिश्व एउटा सानो गाउ जस्तै भएकोछ भने विज्ञानका उपलब्दिहरुले हामिलाई जंगलको ओडारमा बसिरहेका मानौ हाम्रै देशका राउटे दाजु भाईहरुलाई न्युयोर्क शहरमा लगेर यो सारा शहर तिम्रै हो जहाँ जे गर्न मन लाग्छ गर भनेर छाडि दियो भने के गर्ला ? के अबस्था होला ? हो हामि आज त्यस्तै अबस्थामा गुज्रिरहेकाछौ | 

 बुद्धि पुर्याउन सकियो भने स्वर्ग ! होइन भने नर्क र एउटै चिहान हुने अबस्थामा छौ आज हामि ! त्यसैले अब हामि सबैले पाखुरा सुर्किने तिर होइन कसरि सकारात्मक बुद्धि र क्षमता बढाउदै समयको गतिसंगसंगै अघि बढ्न सकिन्छ भन्ने तर्फ नलाग्ने हो भने हामि र हाम्रो मानव सभ्यता डर लाग्दो भुमरिको मारमा पर्ने निश्चित जस्तै छ |

एकातिर हामि आर्टिफिसियल इन्टेलिजेन्सलाई हाम्रो कारिन्दा बनाउने भनि लागिरहेकाछौ भने अर्को तर्फ भौतिक विकासका आकर्षण , बजारमुखी अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्सले उल्टै हामिलालाईनै मेशिनको पार्ट पुर्जा झै बनाएर हरेक क्षत्रमा सिस्टोमाइज गर्दै मानविय संबेदनाहिन कठपुतली बनाउदै लगिरहेकाछन | यस तर्फ पनि सोच्न र नया प्रोजेक्ट थालि हाल्नु पर्ने अवस्था छ |  

अत: हामि सारा विश्वको मान्छेहरु एकताबद्ध भएर सहकार्य गर्दै हाम्रा साझा घर परिवार र भोलिका बिश्वलाई सुन्दर शान्त सुरक्षित र समृद्ध बनाउनको लागि नया नया अध्यात्मिक दर्शनसहितको बिश्व ब्यबस्थापनका साझा टेक्निक , पहिचान, धर्म, सस्कार, सस्कृति र इतिहास निर्माण गर्दै अघि बढनु पर्नेमा उल्टै हामि त आज आदिम युगतिर फर्किएर जंगली पशु पन्छिहरु झै टुक्रिएर आफु आफै लडालड ठुंगाठुंग गर्दै बाच्न खोज्नु कुनै पनि हालतमा मानव शाभ्यताको लागि शुभसंकेत होइन | 

अबको नया पुस्ताले आफु र आफ्नो सामाजिक धरातल भन्दा माथि उठेर यो हाम्रो साझा विश्वलाई सहि बाटोमा हिडाउन नया मार्ग खोज्ने तर्फ लाग्नै पर्छ| अब हामि नेपालीहरुले पनि फेरि हामि भित्र एक्काईसौ शताब्दिको महादेव, महाऋषि र बुद्ध खोज्नै पर्छ |  

सधै अर्काको भर गरेर यो संसारलाई बचाउन त के आफै पनि बाचिन्न भन्ने सत्यलाई समयमै बुझ्नु पर्छ |

हामि मान्छेहरु सिर्फ प्राणि मात्रै हैनौ ! हामि मान्छेहरु त भोलिका मिठो मिठो सपना, रहर, कल्पना, चिन्तन, दृस्टी, सृस्टि र सुन्दर विचारले भरिएको ज्ञानका तरंग र उर्जाहरुलाई आकर्षण गरि सारा संसार र चराचरको व्यबस्थापन गर्न सक्ने कला र क्षमता भएका प्रकृति निर्मित सुपर पावर रोबर्ट हौ र हाम्रा सकारात्मक ज्ञान र क्षमतानै सारा बिश्व ब्रह्माण्डका भगवान, भाग्य र मालिक हुन | 

सारा संसारका जीव अजीब हरेक बस्तुहरु महान र अमुल्य छन , ति सबै अस्तित्व, बस्तु र विचारहरु आआफ्नो संसार , धरातल, स्वभाव , दायरा र क्षितिज भित्र बसेर सिधै हेर्दा सहि नै देखिन्छ र सहि नै हुन्छ | 

किनकि यहा जे जति आस्था, अवस्था र अस्तित्व विद्धमान छन र हुनु पनि पर्छ, त्यो प्रकृतिको देन र नियम हो ता पनि आगोका तातो ज्वाला , हावा हुरि, बाढी पहिरो, प्रलय र अध्यारो रातहरुलाई समेत सुन्दर फुल र रमाइलो खेलको साधन बनाएर रमाउन चाहाने र सक्ने मानव सभ्यताका मुल धारको बाटो खुट्याएर निर्माण गर्दै अघि बढ्न सकिएन भने ति मानव समुदायहरु पछि पर्दै जान्छन | 

 चलायमान नहुने हरेक बस्तुहरु छोडिदै र पुरिदै जान्छन ,  गलत ठाउँहरुमा पुगेर दुख पाउछन र कालान्तरमा लोपै भएर जान्छन र जाने क्रम चलि रहन्छ , हामि मध्य कोहि चुप लागेर बसे पनि परिबर्तन भैरहन्छ , तर त्यो परिबर्तनलाई स्वर्ग या नर्क बनाउने भन्ने जिम्मेवारि चाहि हामि मान्छेहरुकै हो र यो सुन्दर संसारलाई अझ सुन्दर शान्त र सुरक्षित बनाउदै जानुनै मानव जातीका बास्तविक साझा धर्म र कर्तब्य हो ! 

बाइबल, बेद , कुरान र त्रिपिटक जस्ता अध्यात्मिक दर्शनहरु त सुन्दर ज्ञानका श्रोतहरु मात्रै हुन र त्यो कसैको पेवा र प्रतिद्वन्दी हुदै  होइन हुदैन , त्यो त सिर्फ मान्छेहरुको लागि मान्छेहरुले सिर्जना गरेका ज्ञानका सुन्दर प्रकाशहरु मात्रै हुन | सुर्यको प्रकाश, हावा पानि र ज्ञानका श्रोतलाई तेरो र मेरो भनि मारामार गर्नु भन्दा ठुलो मुर्ख्याई र  पाप अरु केहि हुदै हुदैन |

मानिसहरुको लाइफ लाइन अध्यात्मको ज्ञान मार्गहरुलाई सिर्फ कर्मकाण्डी प्रोडक्ट जस्तो मात्रै बनाएर व्यापार ब्यबसाय गर्ने स्वार्थी नियत र सोचहरुको जालोहरु चिर्दै अध्यात्मिक ज्ञानका दर्शनहरुको सहि शन्देशहरु आम मानिसहरु सम्म  पुर्याउन अबको विश्वका हरेक सरकारहरुलाई धनाकर्षण गराउन अब बिश्व भरका मानिसहरु एक भएर लाग्नु पर्छ | त्यसमा हरेक धर्मका धर्म गुरुहरुले पनि नया ढंगले सोच्दै मानव जाति र धर्मको रक्ष्या गर्ने समयानुसारको नया नया मार्गहरु निर्माण गर्ने तर्फ लाग्न म प्रार्थना गर्दछु |

अर्थात: परिबर्तनशिल संसारमा मानव सभ्यतालाई सुन्दर ढंगले सुरक्षितसाथ अघि बढाउदै लानलाई समयानुसार संबिधान र कानुनहरु सुधार्दै लगिए झै  जाति धर्म र संस्कार संस्कृतिहरुलाई पनि नया ढंगले मानविय हित अनुकुल हुने गरि परिस्कृत गर्दै ब्याख्या र परिभाषित गर्दै जानु पर्ने समय त आएन भनेर अब विश्वका हरेक मान्छे हु भन्नेहरुले आफैसँग प्रश्न गर्नु पर्छ | दुख पाए भनेर रोएर कराएर मात्रै दुखबाट छुटकारा पाइन्न त्यसको लागि त उपायहरु खोजेर उपचार गर्नु पर्छ |

जंगलि जरजर अराजक अबस्थाहरुबाट जोगिदै बाच्नलाई हाम्रा पुर्खाहरुले त्यस समयको आबश्यकता अनुशार निर्माण गरिएका अध्यात्मिक औजारहरु हुन देबि देवता भगवान जाति धर्म संस्कार संस्कृति भन्ने विश्वासका शब्दहरु ! त्यो कुनै आकाशबाट झरेका चमत्कारि शब्दहरु हुदै होइन ! त्यसैले त भगवान हामि भित्रै खोज्नु पर्छ भनिएको हो हाम्रा धार्मिक दर्शनका शास्त्रहरुले हैन र ? 

 तर आजको विश्वलाई हेर्दा के हामिलाई अदृश्य ब्यापारिक  शक्तिहरुले मानविय भावनाबिहिन यान्त्रिक कठपुतलि बनाएर लगि त रहेको छैन भनेर हरेकले हामि आफैसँग सोध्ने समय आएको त होइन ?

अर्थात: माता पिता, शुभचिन्तक, भगवान, महापुरुष, गहन किताब , इन्टरनेट , गुरु, दुख सुख र प्रकृतिका हरेक अस्तित्वहरुले मान्छेलाई मार्ग देखाईरहेको हुन्छ , तर सुन्दर ज्ञानका तृष्णा जगाउदै ज्ञानका  श्रोतहरु खोज्ने , भेट्ने , सहि र गलत छुट्याउने , हिड्ने काम चाहि हामि  आफैले नगरिए सम्म हामि मान्छेको स्वरुपमा भइए पनि मान्छे भएर जिउन सक्तैनौ | 

 सधै म गरिब र पिछडिएको दुखि हु भन्दै अर्काको आश र इर्ष्या  मात्रै गर्ने सोच बोकेर हिड्नेहरु कहिल्यै धनि र सुखि हुन सक्तै सक्तैन भन्ने मेरो ठहर र अनुभव छ |

2 thoughts on “म आफैलाई फर्किएर हेर्दा !

  1. पुसैं हजुर त नेपालकै एक शिक्षित दक्ष कर्मठ मन्त्री हुनु पर्ने सबै गुण रहेछ राजनितीमा धैर्य सहनशीलता हुनु पर्ने जस्तै हाम्रो लमजुङमा पृथ्वी सुब्बा गुरुङ ३/३ पल्टा चुनाव हारेर पनि चौथोपटक (एमाले)उम्मेदवार हुने मौक पायो बिजय पनि भयो त्यहाँ बाट पछि फर्किनु परे छैन

    Like

Leave a comment