– अधिवक्ता प्रेम गुरुङ दुबो

१) शाक्यमुणि भगवान बुद्ध को हुनुहुन्थ्यो ?
शाक्यमुणि तथागत भगवान बुद्ध विश्वका महान सामाजिक अभियन्ता, यथार्थबादि चिन्तक दार्शनिक र मार्ग दर्शक गुरु जो बिश्व शान्ति र करुणाका श्रोत हुनुहुन्थ्यो, हुनुहुन्छ र यस संसारमा मानव जातिका अस्तित्व रहे सम्म रहि रहनु हुनेछ |
भगवान बुद्धको मुख्य शन्देश यस मानव संसारले भोग्नु परेका दुख र पिडा अज्ञानताका कारण आएका हुन | त्यसलाई ज्ञानद्वारा पन्छाएर यसै जन्ममा पनि सुखि खुशि र सुन्दर जीवन जिउन सकिन्छ भन्ने नै हो |
सत्सोच, सत्मार्ग र सत्कर्मले जीवन चक्रका हरेक यात्रालाई सुन्दर सुखद र रमाइलो बनाउनको साथै यो संसारलाई पनि युगौ युग सहि मार्ग निर्देश गर्न सहयोग पुर्याइरहेको हुन्छ भन्नु भएको पाइन्छ |
मानिस भएर जन्मि सकेपछि सुख र शान्ति अदृश्य शक्ति इश्वरसँग माग्ने होइन, ज्ञान र प्रज्ञाद्वारा आफै प्राप्त गर्ने हो | ज्ञान प्राप्तिका माध्यम प्रज्ञा र करुणा हुन भन्नु भएकोछ |
भगवान बुद्धको जन्म ई. पू. ५६३ बैशाख पूर्णिमाको दिन प्राचिन कपिलबस्तु राज्य हाल नेपालको कपिलबस्तु जिल्ला अन्तर्गत लुम्बिनीमा गणतान्त्रिक राजा सुद्धोधन र महारानी मायादेबीको एक मात्र सुपुत्रकोरुपमा भएको थियो र उहाको न्वारानको नाम सिद्धार्थ गौतम राखिएको थियो |
शाक्यमुणि भगवान सिद्धार्थ गौतम बुद्धका पिता राजा सुद्धोधनले आफ्नै सहोदर फुपु फुपाको छोरी मायादेवीसँग बिबाह गर्नु भएको थियो | जो छिमेकी राज्य देवदहका कोलियहरुको राजा अन्जन र सुलक्षणाका सुपुत्री थिईन |
यहा स्मरणिय कुरा के छ भने, अझै पनि नेपालका बुद्ध, प्राकृतिक पुजक( बोन) र हिन्दु मार्गी समुदायहरु गुरुङ,मगर, तामांग, थकाली, ठकुरी लगायतका केहि जातीहरु, त्यसताकाका शाक्य र कोलियहरु झै फुपु मामाको छोरा छोरीहरु बिच बिबाह गर्ने प्रचलन चलाई रहेको पाईन्छ |
२) भगवान बुद्ध के कारणले गृह त्याग गरि शान्तिको खोजिमा लाग्नु भएको थियो ?
भगवान बुद्धको स्वभाव बाल्यकाल देखिनै एकान्त ठाउमा बसि चित्त एकाग्रह पारि चिन्तनमा डुब्ने, राजकुमार भएर पनि राजसी एयशलाई भन्दा गरिब दुखी, रोगि, अपांग, बृद्ध बृद्धा, जन्म मृत्यु, नोकर चाकर, मजदुर किसानका दुख पिडा प्रति संबेदनशील हुने | जिव जन्तु हरेक प्राणिहरु प्रति करुणाका भाव दर्शाउने गर्ने गर्नु हुन्थ्यो |
यहि क्रममा आफ्नै मावली कोलियहरुसँग दुई देशका सिमानाकारुपमा रहेका रोहिणी नदीको पानि खेति प्रयोजनको लागि उपयोग गर्ने बिषयलाई लिएर दुई देश बिच बर्षै पिच्छे खटपट मारपिट भईरहन्थ्यो |
भगवान बुद्धको उमेर करिब २८ बर्ष हुदाका बखत शाक्य र कोलिय किसानहरु बिच फेरि रोहिणी नदिको पानीलाई लिएर भनाभन, मारपिट भयो | दुवै पक्षका किसान हलि मजदुरहरु घाइते भए | यहि समस्यालाई लिएर शाक्य सेनापतिले कोलियहरुलाई युद्धबाट परास्त गरि स्थायि ढंगले समस्या समाधान गर्ने प्रस्ताव शाक्य संघमा राखे |
शाक्य सेनापतिको प्रस्ताव बिरुद्ध बुद्धले भन्नु भयो – युद्धले युद्धकै बिउ रोपिन्छ, शान्तिको लागि शान्तिकै बिउ रोपिनु पर्छ | कोलियहरु पनि हामि शाक्यहरुकै नाता कुटुम्बेरिहरु हुन | हामि, बार्ताद्वारा यो समस्या समाधान गर्ने तर्फ लाग्नु पर्दछ | आलोपालो गरि सबैको खेतमा पानी पुर्याउने उपाय निकाल्नु पर्दछ | युद्धले हामि दुवै पक्षलाई हानि गर्छ | उसै त हामि भन्दा शक्तिसाली कोशल राज्यले हामि दुवै पक्षलाई दुख दिई रहेकाछन | हामि बिच लडाई भयो भने यहि मौका छोपी हामि माथि आक्रमण हुनेछ | त्यसैले हामि युद्धबाट होइन, बार्ताबाट समस्या समाधान गर्ने तर्फ जानु पर्छ भनि युद्धको बिरोधमा आफ्नो प्रस्ताव राख्नु भयो | तर सेनापतिको युद्धनै गर्ने प्रस्ताव अत्यधिक मतले पारित भयो |
शाक्य संघको निर्णय अनुशार गौतम बुद्धले , युद्धमा भाग लिने, फाँसिमा झुण्डिने, स्वदेशबाट निर्बासित( देश निकाला ) हुने, परिवारका सबै सदस्यहरुको सर्वस्व हरण र सामाजिक बहिस्कार जस्ता सजाय मध्य कुनै एउटा सजाय अनिबार्य भोग्नै पर्ने भएका कारण बुद्धले निर्वासन रोज्नु भई गृह त्याग गर्नु भएको थियो |
आफ्नो राज्य छाडि निर्वासनमा जाने समयमा बुद्धले आफ्ना समर्थकहरुलाई भन्नु भयो- मैले शाक्य र कोलियहरु बिचको झगडा मिलाउन सकिन, तर तपाईहरु सम्झौताको पक्षमा जनमत तयार पार्न निरन्तर लागिरहनु होस, मेरो बारे कुनै चिन्ता नगर्नु होस |
नभन्दै सिद्धार्थ गौतम बुद्धको निर्वासन पछि युद्ध घोषणाको बिरुद्ध शाक्य समाजका सारा मानिसहरुले सडकमा उत्रिएर जुलुस प्रदर्शन गरे, कोलिय र शाक्य हामि सबै आफन्तै आफन्त हौ ! हाम्रा राजकुमार सिद्धार्थले देश छाडेर गएको घटनालाई नबिर्सौ भन्ने नारा लगाउदै शाक्य संघलाई युद्ध रोक्न दबाब दिए र बार्ताबाट समस्या समाधान गर्न बाध्य बनाए |
बार्ताबाट समस्या सुल्झिए पछि, बुद्धलाई फिर्ता बोलाउन दुतहरु पठाइयो, तर भगवान बुद्धले ति दुतहरुलाई भन्नु भयो- शाक्य र कोलियहरु बिचको शान्ति सम्झौताले मात्र विश्व मानव समाजमा शान्ति आउदैन, यो त सानो नमुना वा शुरुवात मात्र हो | मेरो बिरोध त यी दुई देश बिचको युद्धसँग मात्र होइन, मेरो बिरोध त जातपात, उच निच, छुवाछुत, अन्धबिश्वास, घात प्रतिघात, धनि गरिब, मालिक नोकर, राजा रजौटा जनता रैति, शोषक शोषित, माता पिता, पुत्र पुत्री, दिदि बहिनि, दाजु भाई हर गृहस्थि र समाजका बिच बिध्यमान आपसी आन्तरिक मनमुटाव, द्वेष ईर्ष्या राग र झगडाहरूबाट उत्पन्न हुने दुखहरुसँग समेत सम्बन्धित छ |
राज्यहरु बिचको संघर्ष त कहिले कहिँ मात्र हुन्छ , तर घर परिवार र समाज भित्र त बारम्बार अशान्ति र दुख हामिहरु आफै पैदा गरिरहेका हुन्छौ | त्यसैले यी पारिवारिक र सामाजिक अन्तर्द्वन्दबाट उत्पन्न हुने समस्याहरुको समाधानको उपाय खोजेर निकाल्नै पर्छ | अहिले सम्मका पुराना विचार र दर्शनहरुले यी समस्याहरु समाधान गर्न सक्छ सक्दैन, मैले खोज्नु बुझ्नु छ र सक्छ भने कहाँ सम्म सक्छ ? परिक्षण गरि नया नया ज्ञान र तर्क संगत बैज्ञानिक उपायहरुको खोजिमा म लाग्ने छु भन्नु भयो र घर फिर्नु भएन | जसको कारण आजका विश्वले ज्ञान प्राप्तिका मार्ग र उपायहरु खोज्ने सिक्ने सुत्र फर्मुला प्राप्त गरेका छन |
हुन पनि हो ! हाम्रा हरेक रहर लाग्दा सुखद क्षणहरुलाई भत्काएर, हामिहरु आफु आफै दुखद क्षण निम्त्याउने तर्फ होडबाजि गरेकै कारण आज हामि मानव जातिले दुख मात्रै होइन, हाम्रो सभ्यता र अस्तित्व माथि नै धावा बोलिरहेकाछौ ! अब यसरि मानव धर्म र कर्तब्य पुरा हुदैन, सम्पूर्ण मानव जाती सबै आपसमा नाता कुटुम्ब र हितेरि मितेरि गर्दै एक भएर यो हाम्रो सुन्दर जीवन र संसारलाई अझ सुन्दर सुरक्षित र रमाइलो बनाउने तर्फ सोच्नु र लाग्नु पर्छ |
३) भगवान बुद्धको मुख्य उपदेश र दृस्टिकोण :-
ज्ञान प्राप्ति पछि भगवान बुद्धले बिभिन्न स्थान, समुदाय, बर्ग र चरित्रका ब्यक्तिहरुलाई उपदेश दिनु हुदै यस विश्वलाई ज्ञानका महासागर छाडेर ई. पू. ४८३ मा परिनिर्वाण प्राप्त गर्नु भयो |
भगवान बुद्धको उपदेश बौद्ध त्रिपिटक र त्यसमा भएका अटठ कथाहरु, उहाका अनुयायीहरु र बिभिन्न बौद्ध विद्वानहरुद्वारा सम्पादित, लिखित बुद्ध सम्बन्धि उपदेश, साहित्य र बुद्धका जीवनीहरुमा वर्णित बुद्ध बचन र उपमाहरू समुन्द्र समान छन |
हामिले समुन्द्रबाट सिपि झैँ खोजेर ज्ञान लिन सक्नु पर्छ | शब्दका भावसाँगरका संकेत र अर्थलाई तार्किक र बैज्ञानिक ढंगले ब्याख्या र केलाउदै सत्यको मार्ग पहिल्याउन सकिएमा हामि यसै जन्ममा पनि सत्ययुगको जीवन बाच्न सकिन्छ भन्ने मेरो बुझाई छ |
भगवान बुद्धका अनुयायीहरु भिक्षु आनन्द लगायतले उहाको शेष पछि निरन्तरता दिनको लागि उतराधिकारी नियुक्ति गरि राख्न प्रार्थना गर्नु भएको भए पनि कसैलाई उतराधिकारी तोक्नु भएन | आफुद्वारा प्रतिपादित धर्म दर्शन( ज्ञान ) को संस्थापक भएर आफ्नो स्थान सुरक्षित गरि भगवान हुने चाहाना नराख्नु भएको मात्र होइन कि यसको बिरोध समेत गर्नु भएको थियो भन्ने भनाईहरु पनि बौद्ध वांगमयहरुमा पाइन्छ |
धर्मको उतराधिकारी धर्म नै हुन्छ | धर्मले आफ्नै तेजबाट जीवित रहनु पर्दछ | कुनै मानिसको नियन्त्रणमा निर्भर गर्ने धर्म र विचार धर्म हुन सक्तैन भनि बुद्धले धर्मलाई स्वतन्त्र, खुला, सहज र सबैको साझा सम्पतिकोरुपमा ब्याख्या गरि दिनु भएको पाइन्छ | जस्तो कि हामिलाई बाच्नको लागि नभई नहुने हावा पानि र अन्न जस्तै धर्म ( ज्ञान ) पनि त्यहि प्रक्रियाबाट ग्रहण गरि जीवित र सुखि बन्न सकिन्छ भन्नु भएको पाइन्छ |
समुन्द्र समान बुद्धका उपदेश र उपमाहरु बुद्धले नै भन्नु भएको हो कि होईन भनि छुट्याउनलाई त्यो उपदेश तर्क संगत, बुद्धि संगत, बिज्ञान संगत र मानिसको कल्याणसँग सम्बन्धित छ छैन भनि पुरा पुरा अध्यन अनुसन्धान र परिक्षण गरेर मात्रै ग्रहण गरिनु पर्दछ |
भगवान बुद्धले स्पस्टसँग भन्नु भएको पाइन्छ कि मैले भनेको, शास्त्रमा लेखिएको, ठुला बडा र महात्माहरुले भनेको, माता पिता र गुरुहरुले भनेको भन्दैमा सबै सत्य नहुन सक्छ | त्यसैले प्रत्यक्ष जाँचेर मात्रै ग्रहण गर्नु |
संक्षेपमा भन्नु पर्दा बुद्धि संगत, तर्क संगत, मानव हित, यथार्थबादि एबं बैज्ञानिक ढंगले ब्याख्या र लागु गर्न सकिने उपदेश भएमा मात्रै भगवान गौतम बुद्धका उपदेश हुन सक्छ |
४) भगवान बुद्धका केहि मननीय उपदेश :-
क) 1) संसारमा दुख छ
2) दुखको कारण छ
3) दुखलाई निबारण गर्न सकिन्छ
4) दुख निबारणको उपाय छ( उपाय अस्टाङ्गिक मार्ग तल पढ्नु होला ) जसलाई चार आर्य सत्य पनि भनिन्छ |
ख) स्वयमलाई एक ज्योति बनाउ ! स्वयम माथि बिश्वास गर ! अरु कसै माथि भर नपर ! मेरो उपदेशलाई आफ्नो ज्योति बनाई संसारलाई हेर र अघि बढ !
ग ) शरिरको पोषण अन्नद्वारा हुन्छ भने मनको पोषण उपदेश र अनुभवद्वारा हुन्छ !
घ ) यदि मनुष्यहरू लोभ, द्वेष र अज्ञानले दुषित भए भने, उनिहरु असत्य बोल्छन, अर्काको निन्दा मात्रै गर्छन, दुई जिब्रे हुन्छन र त्यसपछि चोरि, विश्वासघात लगायतका अपराधि कुकर्महरुमा लाग्न शुरु गर्छन !
ङ) करुणाको उपासना गरेर लोभ परित्याग गर्न सक्छ, कोमलताले रोष हटाउन सक्छ, सन्तोषले दुख हटाउन सक्छ, समभावले मनको उपासना गरेर शत्रु र मित्रमा भेद गर्ने स्वभाव हटाउन सकछ |
च) अल्छि हुनु भनेको मृत्युको छोटकरी मार्ग हो र परिश्रमी हुनु भनेको सुखद जीवन यात्राको मार्ग हो | मुर्ख ब्यक्तिहरु अल्छि हुन्छन भने बुद्धिमान ब्यक्तिहरु परिश्रमी हुन्छन |
छ) कुनै पनि मानिसले यात्रा गर्दा आफु जस्तै मन भएको अथवा आफु भन्दा असल मन भएको व्यक्तिसित यात्रा गर्नु पर्छ | एउटा मुर्ख मानिसकासाथ यात्रा गर्नु भन्दा बेस त बरु एक्लै यात्रा गर्नु कैयौ गुणा सुरक्षित र शुभ हुन्छ |
ज) एउटा कुटिल इर्ष्यालु र दुस्ट मित्रसित, एउटा हिंसक जङ्गली जनवार भन्दा पनि बढि डराउनु पर्छ | एउटा जङ्गली जनावरले तिम्रो शरिरमा घाउ पार्न सक्छ, तर एउटा कुटिल मित्रले तिम्रो मनमा घाउ पार्दछ | तिम्रो यो अमूल्य जीवन नै ब्यर्थ बनाई दिन्छ |
झ) पापिहरुको संगत नगर ! निच विचारका ब्यक्तिहरुसँग संगत नगर ! सदाचारिहरुको संगत गर ! श्रेष्ठ विचार र ब्यबहार भएका ब्यक्तित्वहरुसँग मित्रता बढाऊ !
ञ) बुद्धिमान बन, न्यायशिल रहु र असल संगतिको पहिचान गर !
ट) मुर्ख मानिसले उसको पाप कर्म नपाके सम्म मह झैँ मिठो ठानेर रमाउदै खाई बस्छ, तर पाप कर्म पाकिसकेपछि मुर्ख मानिस साह्रै दुखित हुदै छटपटाउछ !
ठ) धर्मको धुरी ईश्वर र मानिस बिचको सम्बन्ध नभएर मानिस र मानिस बिचको सम्बन्ध हो | मानिसले मानिससँग कस्तो ब्यबहार गर्नाले सबै मानिस खुशि र सुखि भएर बस्न सकिन्छ भन्ने शिक्षा दिने उदेश्य नै धर्मको प्रयोजन हो |
ड) जसमा सत्य छ, शिल छ, करुणा छ, संयम छ, शुद्धि छ, बुद्धि छ, प्राज्ञ र मानव हितका बाटाहरु थाहा छ- त्यहि मानिस वास्तविक बुद्ध हो !
ढ) जसले हत्या गर्छ, त्यसलाई पनि हत्या गर्ने अर्को जन्मिन्छ ! जो बिजयी हुन्छ, त्यसलाई जित्ने पनि अर्को निस्किन्छ, जसले लुटपाट गर्छ, त्यसलाई बदला लिने पनि अर्कै निस्कन्छ !
ण) दुखको उत्पति राग, आशक्ति, द्वेष, घमण्ड, ईर्ष्या र प्राज्ञको कमि जस्ता स्वभावबाट हुन्छ |
५) असल मानिस बन्न चाहानेहरुले अपनाउनु पर्ने माप दण्डहरु जसलाई बुद्धका पंचशिलका सिद्धान्त पनि भनिन्छ:-
1) कुनै जीवको हत्या नगर्नु
2) चोरि नगर्नु
3) परस्त्री गमन नगर्नु
4) असत्य नबोल्नु
5) कुनै प्रकारको लागु पदार्थ सेवन नगर्नु !
६) दुखबाट छुटकारा पाउन अपनाउन पर्ने अस्टाङ्गिक मार्ग :-
१) सम्यक दृस्टि- चार आर्य सत्यमा बिश्वास गर्नु
२) सम्यक संकल्प- मानसिक र नैतिक बिश्वास र प्रयत्नमा अडिक भएर अघि बढ्नु
३) सम्यक बचन- हानिकारक र झुठो नबोल्नु
४) सम्यक कर्म- खराब काम नगर्नु
५) सम्यक आजिबिका- कुनै हानिकारक व्यापार ब्यबसाय नगर्नु
६) सम्यक व्ययाम- आफुलाई स्वास्थ्य राख्ने प्रयास गर्नु
७) सम्यक स्मृति- स्पस्ट ज्ञान प्राप्तिको प्रयासमा लागि रहनु
८) सम्यक समाधि- निर्बाण प्राप्ति |
उक्त आठ मार्गहरुलाई पनि तिन भागमा विभाजित गरिए बुझ्नलाई अझ सजिलो हुनेछ :-
१) प्रज्ञा- सम्यक दृस्टि, सम्यक संकल्प, सम्यक बचन
२) शिल- सम्यक कर्म, सम्यक आजिबिका
३) समाधि- सम्यक ब्यायाम, सम्यक स्मृति, सम्यक समाधि
उक्त उपायहरु मध्य पनि बुद्धले सत्कर्मलाई बिशेष जोड दिनु भएको पाइन्छ | जसमा निम्न कुराहरु पर्दछ :- मन बचन र कर्मले पवित्र रहनु , जीव प्राणिहरुको हिंसा नगर्नु, झुटो नबोल्नु , व्यभिचार नगर्नु , नचोर्नु , अशल पेशामा लाग्नु , खराब भावनालाई मनमा आउन नदिनु |
७) बौद्ध दर्शनको मुख्य ग्रहन्थलाई त्रिपिटक भनिन्छ| जसमा:-
1) बिनय पिटक( शिल, नियम ) – नैतिक शिक्षा बारे
- सुतपिटक( समाधि) – मनलाई कन्ट्रोलमा राख्ने, चिताग्रह गर्ने जस्ता सिद्धान्तहरु बारे
- अभिधम्मपिटक( प्रज्ञा) – अशल र खराब छुट्याउन सक्ने बुद्धि बारे
८) बौद्ध दर्शनको मुख्य नारा, जसलाई त्रिरत्न भनिन्छ :-
१) बुद्धम शरणम गच्छामि- ज्ञानको शरणमा जाउँ !
२) धम्मम शरणम गच्छामि – बुद्धको शिक्षाको शरणमा जाउँ !
३) संघम शरणम गच्छामि – बौद्ध शिक्षा बारे अध्यन अनुसन्धान, चिन्तन मनन् गरिएको आधारमा तर्क बितर्क बहस छलफल गरि तार्किक ज्ञान उत्पादन गर्न बौद्ध भिक्षु संघमा जाउँ ! ज्ञानी बनौ अनि अप्पो दीपो भव ! भएर अघि बढौ !
९) बौद्ध दर्शनका मुख्य सम्प्रादय:-
१) हिनयान( थेरबाद) – भगवान बुद्धको मौलिक उपदेशलाई हुबहु पालान गर्ने समुदायहरु जसले भगवान बुद्धलाई भगवान होइन महापुरुषकोरुपमा लिन्छन र मुर्ति पुजा, कर्मकाण्ड र परम्परागत संसकारलाई भन्दा ज्ञान प्राज्ञ करुणा र सत्कर्ममा जोड दिन्छन |
२) महायान – भगवान गौतम बुद्धलाई भगवानको अवतारकोरुपमा लिनकोसाथै अन्य बोधिसत्वहरुको अस्तित्वलाई पनि स्विकार गर्दै कर्म काण्ड र पुजा आजामा समेत बिश्वास गर्छन |
महायान भित्र पनि बिभिन्न जाती समुदायहरुमा अबस्थित कर्म काण्डीय सामाजिक परम्परा र संसकारहरुसँग फ्युजन हुदै आआफ्नै पाराले अभ्यासहरू हुदै गैरहेको पनि देखिन्छ |
३) बज्रयान – बौद्ध दर्शनलाई अपनाउनकोसाथै तन्त्र मन्त्रमा समेत बिश्वास गर्छन |
४) नवयान – भगवान गौतम बुद्धको उपदेशलाई मुल मार्ग बनाई हजारौ हजार बर्ष देखि समाजमा गडिएर बसेका अन्धबिश्वासका कारण हामि मानव जातिले दुख पाएको प्रति सचेत हुदै समय अनुशार अध्यात्मबादलाई बिज्ञानसँग जोड्दै मानव समाजलाई अघि बढाईनु पर्छ भन्ने नया आवाजहरु |
१०) बौद्ध धर्ममा ६ वटा लोकको कल्पना गरेको पाइन्छ :-
१) मनुष्य लोक २) पशु लोक ३) देव लोक ४) प्रेत लोक ५) अशुर लोक ६) नर्क लोक !
मेरो दृष्टिमा यी सबै लोक र अबस्थित समाज यहि पृथिबी र हाम्रै प्राणि जगतमा बिध्यमान छन र हामि सबैले देखि भोगि आइरहेकाछौ, देख्न बुझ्न सक्नु र नसक्नु बेग्लै बिषय हुन | तर हामि यिनै दृश्यहरुमा चक्कर लगाई रहेका हुन्छौ |
भगवान बुद्ध ६ बर्ष सम्म भोक भोकै कठोर यातनाकाकासाथ तपस्यारत रहदा उहाको शरिर अत्यन्तै दुर्बल र हिडडुल गर्न पनि नसक्ने अबस्थामा पुगि सकेको थियो, तर पनि कुनै ज्ञान प्राप्तिको संकेत सम्म पनि नपाए पछि, स्वस्थ्य शरिर भए मात्रै चित्त शान्ति र एकाग्रता हुने भएकाले र शान्ति एकाग्रता बिना चित्त सक्रिय भई ज्ञान प्राप्ति गर्न नसकिने ठहर गरि ज्ञान प्राप्तिका मार्ग भोकै बसेर, शरिरलाई पिडा दिएर होइन, शरिरलाई आबश्यक भोजन र बिश्राम ग्रहण गरि मनलाई शान्ति दिएर ज्ञान प्राप्ति गर्ने मार्ग अपनाई बुद्धत्व( ज्ञान ) प्राप्त गर्नु भएको थियो | जुन ज्ञानलाई हामि बुद्धकोरुपमा सम्बोधन गर्छौ, अत: बुद्ध भनेको ब्यक्ति होइन ज्ञान हो |
बिज्ञान बिषयमा पिएडि गर्नु भई भिक्षु बन्नु भएका विद्वान म्याथु रि का अनुशार बौद्ध धर्म एउटा बौद्धिक परम्परा हो | यसबाट सधै भरि काम लाग्ने एबं हरेक अबस्थामा उपयोग गर्न सकिने ज्ञान प्राप्त गर्न सकिन्छ भन्नु भएको छ |
तिबेटियन बौद्ध धर्म गुरु दलाई लामाले बिसिसि युकेको एक कार्यक्रममा – एक्काईसौ शताब्दिमा आएर पनि बुद्धम शरणम गच्छामि भन्दैमा, धार्मिक पोशाक र निधारमा टिका लगाएर हिड्दैमा मात्र बुद्धधर्माबलम्बी नभईने भन्नु हुदै धर्म सम्बन्धि अध्यन अनुसन्धान चिन्तन र आचरण गर्न अपिल गर्नु भएको थियो( नेपाल बृटेन डट कम २९ जुन २०१५) |
अन्त्यमा – भगवान भनेको ज्ञान बिज्ञान र परम ज्ञानको माध्यम र तरंगबाट उत्पादन गरिने परोपकारी कर्मका सकारात्मक शक्ति र प्रेरणाका उर्जा हुन !
भगवान भनेको चेतना र सारा बिश्व ब्रहमाण्डको बिधि बिधान नियम गति र त्यसलाई बुझेर सारा चराचरलाई बचाउने उपायको खोजि र प्रयासको लक्षसँग जोडिने उचित उपाय कर्म र सारा चराचरका गति र कर्मलाई ब्यबस्थित गर्ने प्रकृतिका अटोमेटिक रेकर्ड सिस्टम हुन जसलाई सत्य र भाग्य पनि भनिन्छ |
तिनै प्रकृतिको सत्य तथ्य नियम र गतिलाई बुझेर ब्यबस्थापन गर्दै मानव सभ्यता र समस्त मानव जातिलाई प्राय सबै धर्मले कल्पना गरिए झै बास्तविक स्वर्गको आनन्द अनुभूत हुने मानव संसार निर्माणमा लाग्नु नै मेरो दृस्टिमा धर्म कर्म हुन | पशुवत अवस्था र स्थितिबाट माथि उठि मान्छे भएर सारा प्रकृति र ब्रह्माण्डहरुलाई आफु अनुकुल बनाई सारा चराचरलाई सुन्दर शान्त सुरक्षित र रमणिय बनाएर बाच्न खोज्नु नै धर्म हो !
मन्दिर मस्जिद गुम्बा र चर्चहरु जस्ता धार्मिक शिक्षण संस्थाहरु अध्यात्मिक दर्शनका ज्ञान मार्गद्वारा जीवन र जगतलाई अध्यन अनुसन्धान गरि मानव सभ्यताको सुखद मार्गहरु डिजाईन र निर्माण गर्ने सोसियल ईन्जिनियरहरु उत्पादन गर्ने थलो हुन भने आधुनिक भौतिक विज्ञानका शिक्षण संस्थाहरु भौतिक सुविधाका डिजाईन र निर्माण गर्ने ईन्जिनियर उत्पादन गर्ने थलो हुन |त्यसैले एक्काईसौ शताब्दिका धर्म गुरुहरुलाई सबै धर्म दर्शन, जीवन जगत र बिषयको शिक्षा अनिबार्य अध्यन गर्ने गराउने ब्यबस्था अब संयुक्त रास्ट्र संघ र हरेक रास्ट्रले नै अनिबार्य गरिनु पर्छ, किनकि अध्यात्मिक शिक्षा र ज्ञान बिना मानव सभ्यता र मानवियता सुरक्षित ढंगले अघि बढ्न सक्तै सक्तैन | त्यसको लागि अब हरेक शान्ति र न्यायप्रेमि बिश्व भरका मानिसहरुले पहल र आवाज उठाउन शुरु गर्नु पर्छ | मानविय भावना र सम्बेदन बिहिन भौतिक सुविधाले मात्रै मानिस खुशि र सुखि रहन सक्तैन |
विज्ञानको अकल्पनिय प्रगतिलाई अध्यात्मिक ज्ञानले मानव हितको लागि मात्रै प्रयोग हुने गरि मनोबैज्ञानिक संसकारगत विकास ब्यबस्थापनको लागि अब धर्मको क्षत्रमा गहन अध्यन अनुसन्धान र नया सोच निर्माण गर्ने तर्फ हरेक धर्मले लाग्नु पर्ने समय आएको छ र भगवान बुद्धको उपदेशहरुले पनि यस अभियानलाई मार्ग निर्देश, संकेत र सहयोग गर्न सक्छ |
अत: धर्म अन्धविश्वास होइन, धर्म बिज्ञान हो र धर्मलाई बिज्ञानसँगै जोडेर बिश्व मानव समाज ब्यबस्थापन दर्शनकोरुपमा अध्यन अनुसन्धान विकास र निर्माण गर्दै जानु पर्छ र आज शुरु नभए पनि भोलि नगरि सुखै छैन , यो मेरो विश्वास र अठोट हो !
हरेक भौतिक बस्तु र सुबिधा शरिर हुन भने अध्यात्मिक चिन्तन र मानविय माया प्रेम र करुणा प्राण हुन, यी दुवैको समिश्रण बिना कुनै पनि मानिस , समाज वा देशले अपांग र गरिब दुखि निरिह महसुस गर्नु पर्छ | यी दुवैको खोजि र निर्माणमा लाग्नेहरु नै गुरु हुन भगवान हुन ! जसले युगौ युग सारा संसारलाई आशा उत्साह साथ सहयोग र प्रेरणा दिईरहेको हुन्छ |
अब हामि हरेक धर्मका धर्म गुरुहरु र जजमानहरुले हरेक धर्म दर्शन भित्र संसारका दुख र पिडा कसरि निदान गर्न सकिन्छ भनि ध्यान र भक्ति भित्र ज्ञानको खोजि गरिएन र खालि कर्म काण्ड र ज्ञानबिहिन ध्यान र भक्ति मै मात्र अलमलि रह्यौ भने त्यो ध्यान र भक्ति अफिम खाएर आनन्द खोजिएको झै पनि हुन सक्छ |
चीनले तिब्बत लिदा धर्म भनेको अफिम हो भन्ने नाराले पनि ठुलो भूमिका खेलेको थियो भने विश्वका हरेक डर लाग्दा मानविय संकट, जनधनको क्षति र दुखान्त घटनाहरु धर्मकै कारण भईरहेको पनि धर्म दर्शनलाई कर्म काण्डी स्वार्थ, संकिर्णता र बजारीकरण मै मात्र सिमित गरिदै लगिदा धर्मको अर्थ र उदेश्य नै फरक हुदै गएकाले हुन भन्ने देखिन्छ | धर्मले विवाद र जटिलता होइन, धर्मले मित्रता सरल सहज खुशहालि र प्रकाशमय सुन्दरता ल्याउनु पर्छ |
अब हरेक अध्यात्मिक धर्म गुरुहरु र धर्मबलाम्बिहरु एक भई आधुनिक विज्ञानलाई समेत साधन बनाएर मानव सभ्यतालाई बचाउने तिर नलाग्ने हो भने हामि सबै रोबर्ट भएर सकिन्छौ अनि अर्को युगको मानव सभ्यता शुरु हुनेछ |
जीवन चक्रको क्रममा प्राप्त अमुल्य मानव जीवनमा सिक्ने सिकाउने, बुझ्ने बुझाउने, गर्ने गराउने र भावि योजना तय गर्ने सुनौला अवशरलाई गुमाएरै भए पनि दुख सुख यो जुनि त जसरि पनि बित्छ तर यस पछिको जुनि कसरि बिताउने भनेर मानव जुनिमा नसोचिए युगौ युग दुखै दुखको महासागरमा डुब्न सकिन्छ कि भनेर पनि हाम्रो म लाई सधै सकारात्मक सोच र चिन्तनमा लगाइयो भने यि सारा सपना पुरा गर्न हामि मजबुत भाग्य लिएर फेरि जन्मिन्छौ | हाम्रो शरिर मरेर गए पनि हाम्रो म र चेतना हाम्रो बर्तमान सोच स्वभाव र कर्म अनुशारका जीवहरुमा परिवर्तन भै यहि पृथिबिमा बारम्बार देखा परिरहन्छौ |
त्यसैले अहिलेको धन सम्पति मान पदवी जवानि फुर्ति फार्ति सब क्षणिक हुन तर ज्ञान अशल सोच विचार र धर्म कर्म हामिमा सधै सँगै सुरक्षित रहि रहन्छ भन्ने प्रमाण विचार विज्ञानको सिद्धान्तले पनि पुस्टि गर्छ |
मान्छे भएर पनि सोच्न र खोज्न सकिएन भने अन्य जीवहरु भएर त भोग्नु सिबाय अरु हामि केहि गर्न सक्तैनौ ! त्यसैले पनि मानव जीवनलाई अमुल्य भनिदै आएको हो |
सन्धर्भ सामग्रीहरु :-
१) भगवान बुद्ध र उहाको धर्म – बि आर अम्बेडकर, अनुवादक: ललितरत्न शाक्य !
२) भिक्षु र दार्शनिक – जाँ फ्राँ स्वाँ हवेल र म्याथु रि’ का, अनुवादक: गुहनाथ पौडेल !
३) भगवान बुद्धका उपदेश – जापान बुक्क्यो देन्दो क्योकाई ( जापान बुद्धधर्म प्रबर्धन प्रतिस्थापन ), अनुवादक: देवेन्द्र राज उपाध्याय !
४) त्रिपिटक लगायत बिभिन्न बुद्धका उपदेश सम्बन्धि पुस्तक लेख रचना र बौद्ध गुरुहरुको प्रवचन !
५) मेरो दृस्टि बुझाई र विश्वास !
Very well said and translated to make understand in a simple way. Thank you ❤️
LikeLike