– प्रेम गुरुङ दुबो

आज बैशाखे पुर्णे अर्थात: हाम्रो कुल(बायु) पुजा गरेर दाजु भाईहरु भेला भै पुर्खाहरु बारेगफगाफ र रमाईलो गर्ने दिन!
यति खेर म मेरो जन्म र बाल्यकालको गाउँ कांगकांगको ठूलो धारा कै छेउको पोल्टाबारीको दुदिलो र भिमसेनपातिको रुखको फेदमा मेरो पुर्खाहरुको प्रतिक मुलथानि, सिमे भुमे, आईआपत परि मरेका भाई खलक, ९० सालको भुकम्पमा घरले किचेर मरेका गोठाला खेतालाहरु सबैको प्रतिककोरुपमा स्थापना गरिएको ढुंगाको देवता र बलि दिन तयार पारिएको भेडा, कुखुरा, हाँस र परेवाहरु अनि म र काका बाबुहरु, दाईहरु आदरणिय टीका गुरुङ, सुबेदार कृपासुर गुरुङ लगायत हामि दाजु भाईहरुको डटफट, गफगाफको रमाईलो क्षणहरु सम्झि रहेकोछु |
कृपासुर दाई र म चाहि एकै सालको र करिब ५/६ बर्षको उमेर देखिनै हामिलाई भेडा कुखुराको आन्द्रा भुडी धुन लगाईन्थ्यो र धारामा लगेर धुदा बालुवा मिसाएर खानै नहुने पारिन्थ्यो अनि टीका दाईले समाली दिनु हुन्थ्यो|
हामिलाई त्यस ताका आजको दिन बुद्ध जयन्ति हो भनेर थाहा थिएन |
सानै देखि माछा मासु खायो भने मलाई छादनु छेर्नु हुन्थ्यो | पशु पंक्षि काटमार गर्न डर लाग्थ्यो| म निकै लामो समय साकाहारी जस्तै रहे र आज भोलि पनि मासु मंस प्राय खान्न |
बास्तवमा आजको दिन अर्थात: बैशाखे पुर्णे त भगवान गौतम बुद्धले जन्म लिनु भएको, बुद्धत्व प्राप्त गर्नु भएको, महापरिनिर्बाण हुनु भएको बुद्ध पुर्णिमा र उभौलि पर्ब, चण्डी पुर्णिमा जस्ता खुशि र सुखि हुने मार्गको साँचो बोकेको प्रकाशमय शुभ दिन पो रहेछ आजको दिन त !
अर्ध बुद्धिका मुर्ख तानाशाहहरुले कज्याएका बिचरा हामि अनपढ रैतिहरुलाई के थाहा !
हामि त अन्धा गोरुलाई औशि न पुर्णे भएरै बाचिरहेका रहेछौ र कुल पुजा, बायु पुजा, गैडु पुजा भनेर बुद्ध जयन्तिकै दिनमा पो हिंसा गरिरहेकारहेछौ ! हिंसाको बिउ रोपिरहेकारहेछौ !
२०४६ सालमा प्रजातन्त्र आएपछि भने संघ संस्था र राजनैतिक दलहरु खोल्ने, बोल्ने लेख्ने, छलफल गर्ने अधिकार प्राप्तिसँगै हरेक बिषय बस्तुहरुलाई नया नया ढंगले हेर्ने ब्याख्या गर्ने एक किसिमको बाढीनै आयो र कतिपय सामाजिक अभियन्ताहरुले हिजका संस्कार संस्कृति दशैँ तिहार हाम्रो होईन भन्दै बिभिन्न कर्म काण्डहरुमा समेत बाहुन पुरोहितको सट्टा बुद्धिस्ट पुरोहित चलाउन शुरु गरेपछि हाम्रो भाई खलकहरु बिचमा पनि छलफलको आबश्यकता देखियो र धरानमा भतिज बच्चा गुरुङको सुद्धाई कार्यमा जमघट भएका बाबु बाजे दाजु भाईहरु लेप्टेन गर्जमान गुरुङको घरमा भेला भई समयानुकुल परिमार्जित बिधिको खाका र अनुगमन एबं समन्वयन समिति पनि निर्माण गरिएको थियो ! जुन त्यस ताका प्रकाशित हुने बिहानी पत्रिकामा समेत छापिएको थियो |
अध्यक्षमा हाम्रो बंशका सबै भन्दा जेष्ठअभिभावक हर्क बहादुर गुरुङ, महासचिवमा खम्बसिंह गुरुङ र उपाध्यक्ष लगायत अन्य पदहरुमा मणिप्रसाद गुरुङ, क्याप्टेन शमशेर गुरुङ , सार्जन्ट तिलक ब गुरुङ,लेप्टेन गर्जमान गुरुङ, जम ब गुरुङ, टीका ब गुरुङ, चन्द्रबिर( जुद्ध) गुरुङ, नन्द कुमार गुरुङ, इन्द्र बहादुर गुरुङ, हिन्द गुरुङ लगायतलाई मनोनयन गरियो भने काठमाणडौ बस्ने हामि गणेस गुरुङ र म सल्लाहकारमा रहेका थियौ |
हाम्रो निर्णयको मुख्य सार के थियो भने दशैँ तिहार मान्ने नमान्ने व्यक्तिगत स्वतन्त्रता हुन ता पनि आफन्तहरु बिचको सम्बन्धहरु निरन्तर सुमधुर कायम राख्न ति चाडबाडहरुले बर्षै पिच्छे नबिकरण गराउदै आएकोमा त्यसको विकल्पकोरुपमा कुल पुजाको दिन बैशाखे पुर्णे देखि पंचमि सम्म आफु भन्दा जेठा पाका, ठुला बडा र गुरु जनहरुलाई भेटि ज्ञान र आशिरबाद लिने, दाजु भाई चेलि माईति र आफन्त जनहरु भेटघाट गरि पुर्खाहरुको इतिहास र बुद्ध लगायत बिभिन्न महापुरुषहरुको शिक्षा बारे छलफल र अन्तरक्रियाहरु गरि आफ्नो कुलको गौरव बढाउने कार्यक्रमहरु बनाई भावि सन्ततिहरुलाई सकारात्मक शन्देसहरु छाड्दै जाने र कुल पुजामा पशु पंक्षिहरुको सट्टा फलफुल बिधि पुर्बक चढाएर धुप बत्ति गरि बिना हिंसा सम्पन्न गर्ने निर्णय भएको थियो र म हाल सम्म त्यहि अनुरुप गर्दै आईरहेकोछु |
हामिले बुझ्नु पर्ने कुरा के छ भने भगवान बुद्धले भन्नु भए झैँ हरेकको पछि कारण हुन्छ र बुद्ध जन्मिएकै दिन पशु पंक्षि बलि दिएर काटमार गरि पुजा आजा गरिने प्रथाको पछि पनि कारण र प्रतिशोधको ईतिहास छ, तसर्थ हामिले ईतिहास बुझ्नु पर्छ र ईतिहासलाई सच्याउदै अघि बढ्न सिक्नु पर्छ |
संकृणता र प्रतिशोधलाई पन्छाएर बिश्वसँगसँगै हितेरि मितेरि र मानविय साईनो गाँस्दै अघि बढ्न सिक्नु र सक्नु पर्छ, अनि मात्रै हामि मानिस भएर रमाउन र गौरव गर्न सक्छौ |
लिग अफ नेसन हुदै संयुक्त रास्ट्र संघ , मानव अधिकार, मानवियताको भावना र करुणाको विकास त्यति सजिलै भएको र आएको होईन |
हामि बिश्व भरका मानव जातिहरुसँगै रुने हास्ने, नाच्ने गाउने, खेल्ने, घुम्ने स्थितिको निर्माण त्यतिकै भएको होईन, त्यसमा हजारौ हजार महापुरुषहरुको योगदान र बलिदान लुकेको छ भनेर हामिले भुल्नु हुदैन |
अब बिश्व भरका मानव जातीहरु एक भएर मानव हित र कल्याणको लागि आआफ्नो ज्ञान गुण, धर्म, सिप बिद्ध्या बुद्धि खर्चिदै मिलेर अघि बढ्न सकिएन भने हामि सबै मानव जातीहरु एकै चिहान हुने परिस्थिति देखिएकाले पनि अहंकारलाई होईन कि मानविय भावना, करुणा र सुखलाई मध्य नजर राख्दै अघि बढ्न यस पवित्र आजको दिनले हामि सबै सबैलाई प्रेरणा र शक्ति मिलोस भनि कामना र प्रार्थना गर्दै सम्पुर्ण मानव जातीहरु प्रति सम्मान र शुभकामना प्रकट गर्दछु |
Good
LikeLike