बडादशैँ लगायत चाँडपर्ब(फेस्टिवल)हरु र कोरोना महामारीको सन्देश 

– प्रेम गुरुङ दुबो 

मानव सभ्यताका हरेक यात्रा र घटनाहरुको इतिहास हो चाँडपर्ब, हरेक चाँडपर्ब महामारी र महाप्रलयहरुले,  मान्छेहरुलाई मान्छे भएर मिलेर बाच्न सिकाईरहेको हुन्छ, बाच्न जानियो भने मान्छे भएर बाचिन्छ र जानिएन भने डायनासोरको बाटो भएर गइन्छ भनेर बुझाउन र सिकाउन आउने गर्छ हरेक दुख र सुखका क्षणहरु, त्यसैका टिपोटहरु हुन उत्सव र चाडपर्बहरु,

बिभिन्न गाउँ ठाउँ र समाजले, आबश्यकता अनुसार बिभिन्न कालखण्डहरुमा सृजित बिभिन्न चाँडपर्वहरु,

त्यस्तै हरेक समाजले आआफ्नै पाराले मनाईने मान्छेहरुको यो चाँडपर्ब बडादशैँ , हिज गाँस र बासको लागि, लडाई झगडा युद्ध र लखेटा लखेट गर्ने जङ्गली समाज र युगमा, आफ्ना श्रीमान दाजु भाई र छोराहरु लडाईमा मारिएर लास भएको देखेर, आफ्नो सतित्व र अस्तित्व बचाउन, हरेक नारीहरु चिच्याउदै काली महाकाली र दुर्गा बनेर, आफ्नो सन्तान र थाकथलो बचाउने नारीहरुको, बहादुरीको सम्मान र सम्झनाको लागि, लेखिएको कथा इतिहास र बिरगाथाहरु सुनाउन र सम्झाउन, आयोजित उत्सव हो बिजयादशमी,

ठाउँ र समाज अनुसार पात्र प्रस्तुति नाम र बिधि फरक भएपनि, बिश्वब्यापीरुपमा गरिन्छ नारी शक्तिको उपासना र मनाईन्छ उत्सवहरु, बाजे बज्यु बाबु आमा र जेठा पाकाहरुको अनुभव(आशिरबाद) सुन्न जाने पर्ब हो बडादशै, ठुला बडाहरुहरुलाई रिझाई पुर्खाहरु बारे जान्ने बुझ्ने पर्ब हो बडादशैँ,

भाका भाषा र शैलिहरु फरक भए पनि, हरेकका हरेक चाँडपर्बहरुको, उदेश्य त एउटै हो मानव सभ्यतालाई बचाउनु, र मानव जातिलाई एकै सुत्रमा जोडेर रमाउन सिकाउनु,

कोरोना महामारी पछि त झन सारा बिश्वनै ग्लोबल रुम भएको यो युगमा , कोठा भित्रै बसेर पनि बिश्वसँग कारोवार गर्न र रमाउन पाईने आजको युगमा, भावनात्मक प्रेम करुणा र सहकार्य सबै सबै मान्छेहरुमा हुनै पर्छ,

किनकि , कालो गोरो होचो अग्लो जे भए पनि मान्छे त मान्छे हो, सबै सबै मान्छेहरु दाजुभाई दिदिबहिनि र कुलकुटुम्बहरु हुन,

सुखि दुखि, धनि र गरिब हुनुको कारण र निदान बारे, आपसी छलफल गर्ने बहुमूल्य थलो पनि हो चाँडपर्बहरु, 

खानपान, दानदक्षिणा त चारो मात्रै हो, नाचगान भजन र बाजाहरु त भुल्याउने र सुर्र्याउने शक्ति हुन, सर्बसाधारणहरुलाई भेला गरेर ज्ञान दिने र लिने माध्यम मात्रै हुन, उदेश्य त भेला गर्नेहरुको आ-आफ्नै हुन सक्छ, त्यसैले त अपो दिपो भव !

त्यसैले ए मान्छेहरु ! blind followers मात्रै होईन, Pioneers पनि बनौ, एक्काईसौ शताब्दि त जन्मले होईन कर्मले राजा र मालिक हुने युग हो, गुनासो मात्रै गर्ने होइन, गुनासो सुन्ने सोच लिएर अघि बढौ ,

हामि मान्छेहरु घरपालुवा पशुपंक्षिहरु जस्तै त हुदै होईनौ है, अझ भनौ जंगलमै रमाईरहन खोज्ने पशुपंक्षिहरु जस्तै पनि हुदै होइनौ , हिज थियौ तर आज हामि मान्छे भईसकेका छौ र सारा बिश्वलाई राज गर्न सक्छौ , माथि माथि आकासमा उडेर अनि तल तल समुन्द्रमा डुबेर पनि रमाउन सक्छौ, तर हामिले सिक्नु र जान्नु चाहि पर्छ है,

त्यसैले त हामि मान्छे हौ मान्छे,  जो भगवान पनि बन्न सक्छ, आफुले जे चाह्यो त्यहि गर्न सक्छ, तर हामिले मान्छे भएर सोच्नु र गर्नु पर्छ,

को हुन ब्रह्मा बिष्णु शिब, जिसस, प्रोफेटमहमद, गौतम बुद्ध र गुरुनानकहरु जस्ता हामि मान्छेहरुको भगवान र धर्म गुरुहरु,

को हुन शुकरात ग्यालिलियो र कार्लमार्क्स जस्ता दार्शनिक र बैज्ञानिकहरु, को हुन फेस टु फेस लाईभ बिश्वभर कुरा गराउनेहरु, को हुन आर्टिफिसियल इन्टेलिजेन्स भगवान बनाएर,  मान्छेहरुलाई नियन्त्रण गर्न खोज्नेहरु,  हो ति सबै सबै हामि जस्तै मान्छेहरुनै हुन, ति हाम्रा हरेक अगुवाहरुहरुलाई हामिले जान्नु पढ्नु सिक्नु र चिन्नु पर्छ,

यस संसारका सारा भगवान धर्म सम्प्रादय सस्कार सस्कृति जातिपाति, तन्त्र मन्त्र ग्रन्थ र सबै सबै लौकिक अलौकिक कथाहरु, ज्ञान विज्ञानका सारा चमत्कारहरु, हामि जस्तै मान्छेहरुको सोच कल्पना र सृजनाहरु हुन,

त्यसैले त भगवान गौतम बुद्ध भन्नु हुन्छ अपो दिपो भव ! र भन्नु हुन्छ यो संसारमा समस्या( दुख) छ, त्यसको कारण छ,  त्यसलाई समाधान गर्न सकिन्छ,  उपाय छ, तर खोज्नु बुझ्नु सोध्नु पढ्नु र सिक्नु पर्छ , हामि हाम्रा जीवन र जगतलाई हाम्रै अनुकुल बनाएर रमाउन सक्छौ,

हो अहिले यो महामारीले, हामि कैयौका माता पिता र आफन्तहरु खोसि दिएर हामि निरास छौ, अझ निरास त कथित जुठो परेकोले, काजक्रिया र रिति पुरा गर्ने क्रममै पनि कोरोना भोकमरी र कमजोडिले गर्दा ढलिरहेका छौ, कोहि बाच्नेहरु पनि दशैको  टिका थाप्नलाई जुठो परेकोछ भनिरहेकाछौ , तर ए आफन्त जनहरु, अस्तित्वको युद्धमा कम्मनसेन्स प्रयोग गर्नु पर्छ है, मन र नियत( intention) सुद्ध हुनु पर्छ,  कहिल्यै र कहिँ पनि जुठो लाग्दैन र पापि  होईदैन,

त्यसैले महामारिमा आफन्तहरु गुमाए भनेर निरास हुने होईन, शोकलाई शक्तिमा बदल्न उत्सवहरुलाई उपयोग गर्दै, तंग्रिनु पर्छ, कारण र निदानहरु खोज्नु पर्छ, किनकि हामिले बाचेर यो संसारलाई बचाउनु छ,

केहि सत्य कथाहरु सुनाउछु, नेपालको राजा महेन्द्रको मृत्युमा देशभरि शोक धुन र शोकाकुल माहोल थियो, महेन्द्रको जेष्ठ सुपुत्र युबराज बिरेन्द्र राज्यरोहणको लागि सजिसजाउ भईरहेका थिए,

त्यस्तै उपाध्याय बाहुनको छोरो बी पी कोईराला हजारीबाग जेलबाट छुटेर पटना आईपुग्छ, पिताजी कृष्णप्रसाद कोईरालाको नख्खु जेलमा मृत्यु भएको खबर आउछ, उनका सबै मित्रहरु क्रियापुत्रि बस्न र काजक्रिया गर्नलाई तयारी गर्छन, तर बी पी भन्छन- मित्रहरु, म जेलबाट छुट्दै छु, पिताजी जेलमै बित्नु भयो, देशका सम्पूर्ण जनताहरु राणाशाहिको जेलमा दास जीवन बिताईरहेकाछन, यि यस्तो अबस्थामा म केश काटेर शोक मनाउन सक्दिन, बरु म अझ दरिलो भएर उभिन्छु र मेरो पिताजीको मृत्यु र म जेल पर्नुको कारण सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनिहरुलाई सुनाउछु, शोकसभा मार्फत भावपूर्ण श्रद्धान्जली चढाऊछु र क्रान्तिको बिकुल फुक्छु,

त्यस्तै आज हामि कोरोना महामारी र दैबी प्रकोपहरु , आपसी द्वन्द डर रोग भोक शोक र सरणार्थी समस्याहरुसँग युद्दरत छौ, र हामिले यी समस्याहरुलाई जित्नै पर्छ, शोकलाई शक्तिमा हिजका आमाहरुले झैँ बदल्नु पर्छ, विजय हाम्रै हुन्छ ,

अत: मेरा प्रिय मानव आफन्त जनहरु , हामि एक्लै आउछौ,  एक्लै जान्छौ,  तर एक्लै कहिल्यै होइन्न है, साथी संगति स्थान र स्वरूप चाहिँ कर्म सोच र स्वभाव अनुसार पाईदै गईन्छ | युगौ युग यहि संसारमा दिन र रात झैँ जन्मिने र मर्ने भईनै रहिन्छ, त्यसैले निरास न हौ, सुन्दर भोलिको कल्पना गरौ र रहरको मन्त्र जपौ, र सुन्दर भोलिको मार्गहरु पहिल्याउदै, खुशि र सुन्दरताको खोजिमा निरन्तर लागौ, जुनै योनीमा जन्मिए पनि हामि यहि संसारमा रहन्छौ, र यो संसार हाम्रै सुन्दर स्थायी क्रिडास्थल हो,  यसैलाई सुन्दर बनाऊ !

सबै सबैमा मंगलमय शुभकामना !

       १५ / १०/ २०२१ , हाल युके |

Leave a comment