एक ऐतिहासिक पात्र ध्यान बहादुर राई बाजे(कोपा) लाई सम्झिदा  

अधिबक्ता प्रेम गुरुङ दुबो,छिनामखु, भोजपुर, हाल युके |

समय र परिस्थितिको हावा हुरि बाढि पहिरोले उडाएर म कोमा( अचेत अबस्थामा ) वा गुफा पसेको पनि २२ बर्ष भईसकेकोछ | सायद जीवन र जगतका चक्रहरु यसरिनै अकल्पनिय पाराले घुमिरहन्छ होला कि ? या नियतिले नै मलाई यो जन्म अध्यन कै लागि मात्र दिएको हो त ? त्यो त मैले बुझ्न बाँकि नै छ | जे भए पनि मैले यो जन्मलाई बिद्धार्थी जीवनको सुन्दर क्षण र आनन्दकोरुपमा उपयोग गर्न पाएकोमा म आफुलाई अत्यन्तै भाग्यमानि सम्झिन्छु र यात्रामा भेटिएका हरेक सुन्दर मनका लोभ लाग्दा प्रिय जनहरुलाई सधैँ सधैँ सम्झि रहनेछु |

अहा ! नेपाली भुमि र सभ्यता भित्रका सुन्दर प्राकृतिक दृश्य ! गाउँ घर, परिवार हितेरि मितेरि ईष्ट मित्र र दौत्यरिहरुको लोभ लाग्दो न्यानो माया प्रेम सुखदद क्षण र अवशरहरु मैले यस धर्तिमा अन्त कहिँ देखिन र पनि हामिलाई केले र किन मुग्लान तिर उडाईरहेकोछ ? स्वदेशमै बसेर, स्वदेशमै फिरेर रमाउनु पर्ने जवानी र बुढेसकालमा समेत म र म जस्तै हजारौ नेपालीहरुलाई केले र किन कोमामा जाकेर हाम्रो सुन्दर मातृभूमि नेपाललाई मजदुर उत्पादन गर्ने कारखाना बनाईरहेकोछ ?

के एक पेट भर्नलाई पनि यस स्वर्गसरि उर्बर भुमिका हामि नेपालीहरुले कारगिल अफगानिस्थान इराक जस्ता युद्ध ग्रस्त मुलुकहरुमा गएर बलिको बोको हुन या अरबको मरुभूमिमा उट चराउन र हाम्रा चेलिहरुले मानव अधिकारै नभएका मुलुकहरुमा गएर घरेलु काम्दार हुनै पर्छ ?

उक्त प्रश्नहरुको उत्तर खोज्नलाई पनि अब नेपालको आधुनिक ईतिहास लेख्दा ध्यान बहादुर राई जस्ता अर्ग्यानिक पात्रहरुको नाम छुटाउनु हुदैन |

अबको ईतिहासको हिरो जाल झेल घात प्रतिघाट छल कपट र करप्ट गरि पद ओगट्ने सोचकाहरुलाई होइन, ति त्यस्ता प्रवृति बिरुद्ध उभिने विचार बोकेका प्रतिभाहरुलाई भावि पुस्ताहरुको आदर्श बनाएर लेखिनु पर्छ अनि मात्रै नेपाल र नेपालीहरुले स्वाभिमानीभै एक्काईसौ शताब्दिको बिश्व मानव सभ्यतालाई संरक्षण र नेतृत्व गर्ने नया नया सपनाहरु बुन्दै अघि बढ्ने प्रेरणा र पुर्बाधार निर्माणको आधारहरु प्राप्त गर्न सक्छ |

हाम्रो ईतिहासले फुटेर छुटेर टुटेर होइन, मिलेर जुटेर हिड्न सिकाउनु पर्छ | ईर्ष्या र डाहाले होइन, माया प्रेम, करुणा, सहकार्य र सद्भावको हातेमालोले मात्रै हामि सबैको जीवन र जगतलाई सुन्दर शान्त बनाउन सकिन्छ भन्ने शन्देस दिन सक्नु पर्छ र मेरो दृष्टिमा ति त्यस्ता पात्रहरुको उदाहरण ध्यान बहादुर कोपा( बाजे) पनि एक हुन |

मेरो मित बाजे ध्यान बहादुर राई बडाहाकिम जो पछि पटक / पटक सहायक मन्त्रि र विभागीय सामान्य प्रशासन राज्य मन्त्रि समेत हुनु भएको थियो | एउटै गाउँ ठाउँ र भेट्दा ए नाती भनेर बडो माया गरि बोलाउनु हुन्थ्यो, तर पनि मैले आफ्नै अघाडिको भगवानको स्वरूप ध्यान बहादुर कोपा( बाजे) लाई धेरै ढिलो चिने र पढे, जुन म व्यक्तिको लागि मात्रै नभएर हामि सम्पूर्ण नेपालीहरुको लागि दुर्भाग्य भएकोछ भनेर आज सोचि रहेकोछु | किनकि हामि जो कोहि एक जना मात्रैले पनि उचित समयमा बाटो बिरायौ वा चिन्नु पर्ने प्रतिभाहरुलाई उचित समयमै चिन्न र साथ दिन सकेनौ भने देश र समाजले पनि बाटो बिराएर दुखः पाउछ र पाईरहेकाछन |

यी यस्ता व्यक्तित्वहरुलाई समयमै चिनेर साथ दिदै सिक्दै बुझ्दै बुझाउदै अघि बढ्ने परम्परा बसाउन नसकिएकै कारणले त आज पनि हामि मान्छेहरु एक आपसमै लुछाचुडि मारामार गरेर लाखापाखाको शिकार भैरहेकाछौ |

किनकि दृष्टि सृस्टि र ईमान जमान भएको नेतृत्व व्यक्तित्व त जन्मिन र टिक्नै नसक्ने माहोल बनेकोछ आज हाम्रो नेपाली समाज र देशमा |

अझै अघाडी सम्म हेर्ने र भन्ने हो भने आजको बिश्वनै नेतृत्वबिहिन बन्दै गईरहेको परिदृश्य छ | मान्छे भएर बाच्न चाहाने नया पुस्ताले यस तर्फ पनि गम्भिर भएर ध्यान दिनु पर्छ |

उहासँग हामि प्राय धेरै जसो पढे लेखेका मतवाली युवाहरु त्यति नजिक किन भएनौ भने त्यसताका हामिमा कम्युनिस्ट दर्शनका विकृत तरंग (भुत) चढेको थियो भने उहामा चाहि गान्धि र मण्डेलाको छाप परेको रहेछ भनेर आजभोलि पो बुझ्दैछु |

उहा बि. सं.२००७ सालको राणाशासन बिरोधि आन्दोलनका अर्ग्यानिक कमाण्डर र भोजपुर जिल्लाका प्रथम नेपाली कांग्रेसको सभापति र बि. सं. २०१४ मा बडाहाकिम हुनु भएको थियो | उहाको जेठो छोरो दिवानसिंह राई २०१५ सालको संसदिय निर्बाचनमा भोजपुरबाट प्रतिनिधि सभामा निर्बाचित हुनु भई बि. पि. कोइरालाको मन्त्रिपरिषदमा उपगृह मन्त्रि हुनुहुन्थ्यो |

उहाले २०१७ सालको काण्ड पछि राजा महेन्द्रको प्रतिगामी कदमको बिरुद्ध दिल्पा नागिको प्रहरि चौकि कब्जा गर्दै आन्दोलनलाई अघि बढाउन खोज्नु भएता पनि हार खाएर केहि समय भारत प्रबास तर्फ भाग्नुभै पछि फिरेर प्रजातान्त्रिक धारसँग नजिक बसि पंचायत भित्रै रहेर आफ्नो भूमिका निभाउनु भएको थियो |

म पनि थुप्रै उतार चढावका यात्राहरु पार गर्दै बि. सं. २०३२ देखि त्यसबेलाका निर्माण तथा यातायात मन्त्रालय, ईन्जिनियरिंग प्रशासन महाशाखामा प्रशासकिय अधिकृतकोरुपमा काम गर्थे र ध्यान बहादुर बाजे भोजपुरका निर्बाचित माननीय सदस्य हुनु भएकाले जिल्लामा ईन्जिनियर ओभरसियर खटाउने देखि जिल्लाका बिभिन्न विकास योजनाहरु बारे ए नाति यसो उसो भन्नु हुन्थ्यो | यस्तैमा उहा सहायक मन्त्रि हुनुहुदा उहाको स्वकिय सचिवको कारण गम्भिर बिबादमा पर्नु भई पद गुमाउनु भएपछिको कुरा हो | उहा र उहाको कान्छी श्रीमती जो मेरो मितेनी फुपु हुनु हुन्थ्यो, उहाहरु दुवै जना भोटाहिटितिरबाट रत्नपार्क तर्फ आउदै गर्नु भएको रहेछ, ठ्याक्कै बाटोमा भेट भयो र मैले नमस्कार बाजे फुपु भनेर ढोँगे र बाजेले भन्नु भयो- होइन कता हो नाति भेटै हुदैन त भन्नु हुदै लु रत्नपार्कतिर घाम ताप्न जाऊ भन्नु भयो र बदाम र सुन्तला खादै गफ गर्यौ |

त्यो गफ गाफ मेरो लागि मात्रै नभएर नेपालका किरात महाबंशका म जस्तै बाटो बिराएर पछि परेका समाजका सम्पुर्ण युवाहरुको लागि बिष्णु गुप्त(चाणक्य) ले चन्द्र गुप्तलाई दिनु भएको ज्ञान र प्रेरणा भन्दा कम थिएन | तर त्यो समय ब्यबहारमा उतार्न हाम्रो सामाजिक मनोबिज्ञान, संरचना, समय काल, जातिगत संकिर्ण सोच र संस्कारका कारण हामिलाई निकै गाह्रो थियो भने आज लोकतन्त्र र गणतन्त्र आउनकोसाथै चेतनाको स्तर वृद्धि र समाज भित्रका विभेदकारी कुरितिहरुलाई बाहिर ल्याउदा बिश्वब्यापि सहयोग र समर्थन प्राप्त गर्न सकिने परिस्थिति रहेकाले आजका युवाहरुले आफै वा कुनै पनि समाजका प्रतिभाहरुलाई प्रोजेक्सन र प्रयोग गरेर आफु जनता देश र विश्वलाई शान्त र समृद्ध बनाउन सक्ने परिस्थि र अवशर छ |

देश समृद्ध नभए सम्म त्यो देशको कुनै पनि नागरिक सम्मानित र समृद्ध हुनै सक्तैन त्यसैले देशको नेतृत्व निर्माण र चयन गर्दा परिवार जात धर्म र लोभबाट मुक्त भएर प्रतिभा र नियतलाई पढेर बुझेर गरिनु पर्छ भने ईतिहास लेख्दा पनि भगवानलाई चढाईने फुल सम्झिएर निस्वार्थ भएर लेखिएन भने मानव सभ्यताले बाटो बिराऊछ | जसको फल आज हामि भोगि पनि रहेकाछौ |

लोकतन्त्रमा हरेक मानिसलाई भगवान वा राजा भएर प्रकट हुने या एक्काईसौ शताब्दिको दास वा राक्षस भएर जाने बस्ने आफैमा निर्भर हुन्छ |

म यो लेख्दै गर्दा प्र. म. केपि ओलिले नेपालको संसद बिघटन गरेकोछ | प्रथम संबिधान सभाको सभामुख मेरा प्रिय मित्र सुबास नेम्बाङ्गजीको भूमिका बारे हिज रैथाने मतवालिहरुले मात्रै प्रश्न गर्ने गर्थे भने आज सबै समुह र समाजका बौद्धिक समुदायहरुले समेत प्रश्न र टिप्पणी गरिरहेका छन कि सुबास नेम्बाङ्ग किन ओलीजीसँगै सति गयो ?

बास्तवमा यो प्रश्न सुबासजीलाई मात्रै होइन | मुलधार र ज्ञानका क्षत्रमा लाग्न खोज्ने हरेक मतुवाली भनिने किरात महाबंशका मुलबासी अगुवाहरुलाई मुलधारको अगुवाई गरिरहेकाहरुले कथित( नेपालका राई लिम्बु गुरुङ मगर आदि जातिहरु यी शब्दका अबस्थाहरुबाट माथि उठि सकेका नेपालका रैथाने मानव समुदायहरु हुन) आदिबासी जनजाती भनेर हेर्ने र ब्यबहार गर्ने, अनि मतुवाली समुदायकाहरुले बाहुनका पछि लाग्ने या यो जात र त्यो जात भनेर खेदो खन्ने प्रचलन भएकैले रास्ट्रपति, प्रधान मन्त्रि, सचिव, राजदुत, युएनमहासचिव हुनु पर्ने सुबासजीहरु जस्ता हामि कोहि बिदेसिन बाध्य हुन्छौ, कोहि ध्यान बहादुर राईहरु झैँ एक्लो बृस्पति भएर खुम्चिन्छौ, कोहि डा. भूदेव राई झैँ रक्सि पिएर आफैलाई बिर्सन्छौ, कोहि भूविक्रम नेम्बाङ्ग झैँ सन्यास लिन्छौ, कोहि अम्बिका साँवा झैँ छायामा पर्छौ, कोहि डा. हर्क गुरुङ झैँ आफ्नैहरुबाट हराईन्छौ, कोहि गोपाल गुरुङ झैँ उफ्रिन्छौ, पाखुरा सुर्किन्छौ, कोहि काले राई ( स्वामि प्रपन्नचार्य) झैँ छटपटाउछौ( त्यस ताका स्वामिजीलाई बाहुन पण्डितहरुले खुट्टामै ढोग्थे भने राईहरु चाहिँ वास्तै गर्दैन थिए) कोहि अर्थविद प्राध्यापक धुर्बदेव राई झैँ झोक्किन्छौ, झर्किन्छौ | कोहि सुबास नेम्बांग, पृथिबी सुब्बा गुरुङ र अशोक राईहरुको झैँ भूमिका र अबस्थामा देखिन बाध्य हुन्छौ | त्यो अरुको कारणले मात्रै नभई हामि र हाम्रै समाजको चिन्तनहिन सोच र शैलिको परिणाम पनि हुन |

यी यस्तै छ बिश्व एकिकरणका महानायकका सन्तानहरु भएर पनि नायक हुन नखोज्ने लत बसेका म जस्ता चिन्तन र सपना बिहिन हुन बाध्य हरेक हामि नेपालीहरुको जीवन शैलि, त्यसैले म भन्छु- चौबिसै घण्टा जोतिएर मात्रै हुदैन, हेरेर बुझेर सिकेर आफै पनि हलि भएर जोत्न रोप्न, मलजल गर्न सिक्न र सक्नु पनि पर्छ | साझेदार र सहभागि भएर जिम्मेवारी लिने सपना देख्नु र प्रयास पनि गर्नु पर्छ | अनि मात्रै हक अधिकार र कर्तब्य बुझिदै र प्राप्ति गर्दै गईन्छ | फसल पनि राम्रो हुन्छ र सबै मानव जातीको भाग्य चम्काउदै आफु पनि रमाउन सकिन्छ | अन्यथा पुस्तौ पुस्ता दिन रात नभनि जोतिए पनि उफ्रि उफ्रि पाखुरा सुर्किए पनि अपमानित भएर बाच्न बाध्य भईनै रहनेछौ |

अर्काको हलि भएर जोतिने अनि मैले बालि खान पाईन भनेर अरुलाई दोष दिएर रुदै हिड्दा आफै मुर्ख होइन्छ | शिखरमा पुग्नलाई फेदिमा बसेर कराएर हुदैन अगुवाहरुलाई सोद्धै बुझ्दै आफै हिड्नु पर्छ |

अर्थात: आजको युग भनेको पाखुरा सुर्किएर कुस्ति र छेलो जितेर थुम्के राजा हुने युग होइन, आजको युग त ज्ञान बिज्ञान विद्या बुद्धि बिबेक र करुणाले बिश्व ब्यबस्थापन गरेर सारा संसारको मनका राजा हुने युग हो | त्यो सपना हामि नेपालीहरुले नदेखे सम्म यो विश्वमा स्थिर शान्ति र समान समृद्धि आउन गाह्रो छ किनकि हामिहरु भनेको ऋषि महर्षि, महादेव( किरात महाबंशका पुर्खा ), बुद्ध र गोर्खालिका तरंगहरुसँग जोडिएका यस संसारका जिम्मेवार वारेस हौ भनेर हामिले हामिलाई सचेत गराउनै पर्छ |

ध्यान बहादुर राईको जन्म बि. सं. १९६९ माघ १० गते माझकिरातको भोजपुर छिनामखुका सम्पन्न राई परिवारमा भएको थियो | उहा त्यस्तो व्यक्तित्व हुनुहुन्छ, जो कहिल्यै स्वदेशि वा बिदेशि सेनामा जानु भएन र जाँड रक्सि खाएर चार ईन्चि काटेको त ख्याल ख्याल मात्रै हो भन्ने मतवालिहरुको परम्परागत लहडमा पनि लाग्नु भएन | उहा कोमल हृदयका दयावान हुनुकोसाथै काइते किर्ते र भ्रस्टचारी बिरोधि हुनुहुन्थ्यो |

उहा बिभागिय सामान्य प्रशासन राज्यमन्त्रि हुनुहुदा उहाको निजि सचिवालयको निजि सचिव भई सेवा गर्ने मौका मैले पाएको थिए र त्यस बखत उहाकै सहायकमन्त्रि मा. कृष्ण प्रसाद उप्रेतिले सचिव मंगलकृष्ण श्रेष्ठ लगायतको जमघट गफगाफको समय जहिल्यै पनि रामेछापमा बडाहाकिम हुनुहुदा जाली झेली किर्ते कागज गर्ने र भ्रस्टाचार गर्नेहरुलाई ठाडो कारवाई गरि सिधा साधा गरिब जनताहरुलाई गुण लगाउनु भएको कथाहरु सुनाई रहनु हुन्थ्यो |

म सानो हुदा उहाको नाम लिएर गाउमा भएका एक दुई घटनाहरु बारे जिज्ञासा राख्दा उहाले घटना र कारणहरु बारे खुशि हुदै त्यसका बारे सुनाउनु भएको थियो | जसका कारण म उहासँग अझ प्रभावित भएको थिए |

२००७ सालको क्रान्तिले ल्याएको परिवर्तन पछिको संक्रमणकालमा लेख्न पढ्न नजान्ने गरिब किसानहरुको जमिन जालझेल चर्को सूद ब्याज र जाली तमसुकहरु बनाई राणा सरकारका भ्रस्ट कर्मचारीहरुको आडमा सामन्तहरुद्वारा गरिएको शोषण र दमन बिरुद्धको स्वस्फुर्त जनआक्रोसलाई राणा समर्थकहरुले सम्प्रदायिक मोड दिई अराजक परिस्थि ल्याउन खोज्ने शक्तिलाई उहाले बडो कुसलताकासाथ ब्यबस्थापन गर्नु भएको थियो |

अर्थात: संक्रमणकालमा बैंक लुट्ने, सामन्तहरुको घर लुट्ने, जातिय दंगा हुने घटना र परिस्थितिलाई मानविय ढंगले ब्यबस्थापन गर्ने नेताकोरुपमा अध्यन अनुसन्धान गर्ने हो भने उहाको सोच र कर्मलाई गान्धि र मण्डेलाको सोच र कर्म भन्दा कम आकल्न सकिन्न |

विश्वमा जतिपनि जाति समाज र देश टुक्रा टुक्रा भएर टुक्रिनु र मारामार गरेर मानव सभ्यता र मानव अस्तिवहरु खण्डहर हुनुको मुख्य कारण नै कुसल नेतृत्वको अभाव र ब्यबस्थापकीय कमजोडीहरु हुन | त्यसैले ध्यान बहादुर राईको त्यो सोच र कर्मलाई प्रकाश बनाएर अघि बढ्न सकिएन भने हरेक युगमा देखिदै आएका डरलाग्दा र दर्दनाक जातिय द्वन्दहरुको शिकार हामि पनि हुन सक्छौ भनेर नया पुस्तालाई हाम्रो ईतिहास र साहित्यले शन्देश दिन सक्नु पर्छ |

म मेरो देशको परम्परागत संस्कार, सोच र कानुन देखेर पनि छक्क पर्छु ! निरास हुन्छु ! एकै समय एउटै प्रकृतिका कर्म गर्नेहरु पनि कोहिलाई सहिद कोहिलाई मन्त्रि, प्रधानमन्त्रि, कोहिलाई महान, कोहिलाई भ्रस्ट देखाउने र प्रोजेक्सन गर्ने निहित संकिर्ण स्वार्थि सोच ब्यबहार र परम्पराले नै हामिलाई मागि खाने बनाएका हुन भन्ने कुरा हामि अझै किन बुझिरहेका छैनौ ?

म अहिले युकेमा छु | यहा अहिले प्रधान मन्त्रि पछिका मर्यादा क्रमका अर्थ, गृह,व्यापार लगायत मन्त्रालयहरु सम्हाल्ने नेतृत्वमा युरोप बाहिरबाट आएकाहरु छन र ई. सं. २००७ तिरको आर्थिक संकटबाट पार पाउन क्यानाडियन नागरिक मार्क कर्निलाई फकाएर ल्याई बैंक अफ इंगलैंडको गभर्नर बनाएका थिए भने नेपाली नागरिक डा. सुर्य सुबेदिलाई पनि उच्च सम्मानकासाथ पररास्ट्र सल्लाहकार र अक्सफोर्ड जस्ता बिश्व प्रसिद्ध बिश्वबिद्धालय जहाँको बिद्धार्थी हुन मै पनि विश्वका हरेक प्रतिभाशाली ब्यक्तिहरुले गौरव गर्छन तर त्यहा त्यो बिश्वबिद्धालयले डा. सुबेदिको नाउँमा दुई दुईवटा पुरुष्कार राखि दिएकाछन, अनि पो अंग्रेजहरु विश्वका सबै प्रतिभाहरुको साथ र सहयोग लिएर महान हुन्छन र विश्वकै नेतृत्व लिन्छन |

ध्यान बहादुर राईले आफ्नो जिल्ला भोजपुरमा बाटोघाटो, सडक सिचाई बिजुली एयरपोर्ट लगायत थुप्रै विकास योजनाहरु लानु भएको थियो | सामान्य प्रशासन राज्य मन्त्रि हुनुहुदा नेपाल प्रशासकिय कर्मचारी कलेज( Nepal Administrative Staff College) स्थापनामा समेत उहाको ठुलो भुमिका रहेको थियो | उहाले नेपालको कर्मचारी यन्त्रलाई कसरि ईफिसेन्ट र प्रोडक्टिव बनाउने भनेर पटक पटक त्यसताकाका रास्ट्रिय योजना आयोगका सदस्य पछि उपाध्यक्ष समेत हुनु भएका डा. मोहनमान सैजु, स्टाफ कलेजकै कार्यकारी निर्देशक गोरक्ष बहादुर न्हुच्छे प्रधान, सचिव मंगलकृष्ण श्रेष्ठ लगायत बिज्ञहरु बोलाई मिटिंगहरु राखि राय सुझावहरु लिई हरेक तहका सरकारी कार्यलयहरुलाई कर्मचारीहरुको कर्म थलोकासाथै सिक्ने सिकाउने थलोकोरुपमा समेत ब्यबस्थित गर्ने र बजार सर्बेक्षण गरि हरेक कर्मचारिलाई १८ बर्ष मुनिका दुई जना बच्चा र श्रीमान श्रीमतीलाई न्युनतम आबश्यकता पुरा हुने गरि तलब दिने , सरुवा बढुवाको लागि कार्य दक्षता क्षमता मुल्यांकणलाई निस्पक्ष र बैज्ञानिक बनाउने, भ्रस्टचार गर्नेलाई सर्वस्व र जन्म कैद सम्मको सजाय दिन सकिने कानुनी ब्यबस्थाको तयारि हुदै थियो तर उहाले त्यो कार्य पुरा गर्ने समय पाउनु भएन | सायद त्यो प्रस्ताव त्यतिकै थन्कियो होला !

उहालाई औपचारिक शिक्षा हासिल गर्ने र देश विदेश घुमेर अनुभवहरु बटुल्ने अवशर प्रप्त नभए पनि उहामा राजनेतामा हुनु पर्ने दैबिय गुणहरु मैले पाएको थिए |

उहा हामि नया पुस्ताहरुलाई इंकित गर्दै भन्ने गर्नु हुन्थ्यो- हामिसँग त अनुभव र आँट मात्रै छ, समय छैन | तिमिहरुले हामि पुराना पुस्ताहरुसँग पर पर भएर गुनासो मात्रै गर्ने होइन, हामिलाई बुझ्ने बुझाउने र सरसल्लाहा दिने पनि गर्नु पर्छ | अध्यन अनुसन्धानमा लागेर योग्य भई सचिव राजदुत लगायतका बौद्धिक क्षत्रका हरेक नेतृत्वदायि पदहरुमा पुग्ने सपना पनि देख्नु पर्छ भन्ने गर्नु हुन्थ्यो |

जहाँसुकै र जोसुकैबाट उत्पादित, प्रतिपादित भएको भए पनि ज्ञानगुण र ज्ञानगुणका श्रोत जीवन दर्शनका अनुभवहरु काम लाग्ने भए कसैको पेवा र तेरो मेरो हुदैन, त्यो त प्रकृतिको बरदान हावा र पानि झैँ सबैका साँझा हुन्छ |

उहाको पुर्खाहरु जोसमनि सम्प्रदायबाट दिक्षित हुदै आउनु भएकाले उहा मासुमंस, जाँड रक्सि खानु हुन्न थियो र अध्यात्ममा बिश्वास गर्नु हुन्थ्यो | पाँचथर रबिका राईहरु यिनै संस्कारका प्रभावले शिक्षा दिक्षा र बौद्धिक क्षत्रमा निकै अघि बढेको पाइन्छ | सायद किरात धर्म गुरु फाल्गुनानन्दसँग पनि ध्यान बहादुर राईको कोपा साधु अडेसदिलदास र पिता रामसुर दिलदासको सम्बन्ध हुनु पर्छ !

बि. सं. २००७ साल भन्दा अघि नेपालमा बाहुन र राणा शाहहरु बाहेक अरुले कानुनीरुप मै पनि पढ्न पाउदैन थिए भने मतवालीहरुको घरमा त प्राय कुनै लिखत किताबहरु समेत हुदैन थियो | बाहुन पुरेतहरु आएर रुद्रि र सत्यनारायणको पुजा गर्दाको कथा सुनिन्थ्यो | वेदको किताब कस्तो हुन्छ भन्ने थाहा नभए पनि बेद पढियो भने बौलाईन्छ रे भनेको चाहि म सानो हुदा देखिनै सुनेको थिए | तै पनि हाम्रो गाउमा अडेसदिलदास साधु गुरुका अनुयायिहरु र सन्तान ध्यान बहादुर राई, दोश्रो बिश्वयुद्धको समाप्ति पछि देखा परेका स्वतन्त्रताको लहर र चेतना बोकेर आउनु हुने बिश्व युद्धका योद्धाहरु र त्यसताकाका पाका र सचेत युवा सामाजिक अभियन्ता एबं शिक्षकहरु हाम्रो पुस्ताहरुको लागि ठुलो प्रेरणादायि गुरु मात्रै होइन पुस्तक पनि हुनुहुन्थ्यो |

जसमा सुबेदार धवलाबिर राई , क्याप्टेन हर्कराज राई, क्याप्टेन पहलमान गुरुङ, नारदमुणि थुलुङ्ग, डा. भुदेव राई , जमानसिंह राई( न्यायधिस रामचन्द्र राईको पिता) मणिप्रसाद गुरुङ , राम बहादुर राई( समाजसेवी महेन्द्रनाथ राईको पिता), श्रीप्रसाद राई( प्राध्यापक एबं समाजसेवी सीता दिदिको पिता) लगायत बिश्व युद्ध लडेर आएकाहरु थिए भने डा. भुदेव राई, दिवानसिंह राई, ऋषिमान पण्डित राई, मकरध्वज कार्कि( अमलि), मरिचमान(धर्मध्वज)बस्नेत, हर्क बहादुर गुरुङ, मनरेखा राई( बर्तमान युवा नेतृ दुर्गा राईको संघर्षशिल आमा) , धौलाबीर सुबेदारनी बजु, देवराज राई, मचिन्द्र बहादुर राई, भगत राई, नर बहादुर गुरुङ, अम्बर बहादुर गुरुङ, रमिते राई, बेतघारिको ट्युटर रत्न बहादुर राई, सिबि सर, जनक सर, रामनाथ तामांग सर, हरि बहादुर कालिगढ, बिष्णु श्रेष्ठ सरहरु लगायतका अमुल्य योगदानले हाम्रो गाउँका हरेकमा नया उत्साह र लहर आएको थियो भने नारदमुणि थुलुङ्ग( पुर्ब कार्यबहाक प्रधान मन्त्रि), ध्यान बहादुर राई, डा. भुदेव राई, दीवानसिंह राई जस्ता रास्ट्रिय ब्यक्तित्वहरुको जन्म हाम्रै गाउँमा भएकोले पनि हाम्रो पुस्ताले बोनस पाएका थियौ र यो एउटा सानो गाउले छोटो समयमै प्राध्यापक डक्टर इन्जिनिएर न्यायधिस वकिल सचिव कबि लेखक पत्रकार लगायतका थुप्रै बौद्धिक ब्यक्तित्वहरु यो देशलाई दियो ता पनि हामिले हाम्रो समाज र देशलाई नया दिशा दिने सोच र प्रयास पुरा गर्न चाहि सकेनौ | ध्यान बहादुर राईको हाम्रो पुस्ता प्रति यहि गुनासो थियो र हामिमा पनि यहि गिल्टी फिल भईरहेकोछ |

अन्त्यमा ध्यान बहादुर बाजे लगायत मैले यस जन्ममा भेटेका गाउँ जिल्ला देश र विदेशमा भेटेका हरेक माया प्रेम र ज्ञानले भरिएका लोभलाग्द सुन्दर अभिभावक गुरु र मित्रहरु हुनुहुन्थ्यो हुनुहुन्छ र सधै सधै ढिलो छिटो जीवन चक्रका यात्रामा हामि भेटिने र छुटिने त भईनैरहनेछौ | हरेक भेटलाई सुखद क्षण बनाएर सम्झिदै, रमाउदै हाम्रो यात्रा युगौ युग जारि रहनेछ र ध्यान बहादुर बाजेको आत्माको चीर शान्ति र चेतनाको यात्रा सहज,प्रकाशमयि मार्ग, सुन्दर संगति र स्थान भएर सुखद र रमाइलोसँग अघि बढिरहुन भनि कामना र प्रार्थना गर्दछु | हामि फेरि पनि पटक पटक भेटेर रमाउने छौ, किनकि यो जीवन र जगतको नियम यस्तै छ |

  • १ जनवरि २०२१ , हाल बर्मिङ्घम, युके |

नोट- यो लेख नेपालका पूर्ब मन्त्रि एबं प्रजातान्त्रिक योद्धा स्वर्गिय ध्यान बहादुर राईज्युको स्मारिकामा प्रकाशनको लागि उच्च अदालतका पूर्ब न्यायाधिस रामचन्द्र राई रुपाबुङ्गबाट अनुरोध भई आए अनुसार १ जनवरी २०२१ मा लेखि पठाईएको हो र यसबाट मेरो आदरणिय पाठकहरुलाई पनि हाम्रो समाज अध्यन र केहि अनुभूत गर्न सघाउछ कि भनि प्रस्तुत गरिएको छ |

2 thoughts on “एक ऐतिहासिक पात्र ध्यान बहादुर राई बाजे(कोपा) लाई सम्झिदा  

  1. ज्ञानका भंडार भनेर कमला बैनीले भन्नु हुन्थ्यो, त्यस्तै प्रेम दाई काे लेखन पढ्दा पढ्दै नसकी छोड्नै मन लागेन र सबै पढी सक्दा ती हाम्रा सबै हस्ती अग्रजहरुको नाम पढेर मन अति गौरवान्वित भयो,मज्जा लाग्यो ! आफूले केही नगरेता पनि उहाँहरुको नाम सुन्दा मात्रै पनि अति गौरवान्वित भएँ र छाती ठूलो भएको जस्तो भयो !

    Like

Leave a comment