बुद्ध जयन्ती र मेरो अनुभूति

– अधिबक्ता प्रेम गुरुङ दुबो

अहा यो संसार कति सुन्दर र शान्त
अनि सबै सबै प्रकृति र प्राणीहरु कति सुन्दर
अनि कति दयालु र मायालु
तर हामि मान्छे भएर पनि
यी भगवानका सुन्दर उपहारहरु सजायर
हामि सबै सबै निश्चिन्त रमाउन सक्ने माहोल बनाउन नसकिएकोमा म घोरिएर लट्टीएकोछु
त्यसैले
आज भोलि मेरो शरिर सुतेर रमाउँछु भन्छ
मेरो मन सुतेरै भए पनि संसार घुमेर रमाउँछु भन्छ
म चाहिँ तिमिहरु र म मात्रै होइन
सबै सबै रमाउन सक्ने सुन्दर शान्त र मायालु संसार निर्माण गरौन भन्दै
टायम पास गरिरहेकोछु
समय र अवशर पर्खिरहेकोछु
तर थाहा छैन मलाई
नियतिले भोलि कहाँ र के दृश्य देखाउछ
तर म यो सुन्दर र शान्त ब्रमाण्डमा
सुन्दर शान्त र मायालु सुखद दृश्यहरु हेर्न आतुर छु
किनकी युगौ युग देखि आज सम्म पनि म
गौतम बुद्धले देख्नु भएको दुखद दृश्यहरु
हेर्दा हेर्दा वाक्क दिक्क भईसकेकोछु
त्यसैले म बारम्बार भन्छु र गर्न खोज्छु
यदि हामि मध्य कोहि दुखित र चिन्तित छौ भने
त्यसको मूल कारण हामि मान्छेहरु
मान्छे भएर पनि
मान्छे झैँ भएर बाच्न नखोज्नुनै हो
त्यसैले ए हामि मान्छेहरु हो
फेरि पनि मान्छे नै भएर जन्मिने रहर भए
बुद्ध लगायत महापुरुषहरुको दर्शनका मूल ज्ञान र
नया नया ज्ञान बिज्ञान र परम ज्ञानको खोजिमा पनि लागौ
घर पालुवा जनवारहरु झैँ आश गर्ने बानी छाडेर
कर्म गरि आश गर्नेहरुलाई कर्म गर्न सिकाउ
किनकि सत्य र सुख बजार र हुलमा होइन
सुन्दर मन र मायाको तरंगमा जोडिएको हुन्छ
तसैले त भगवान बुद्ध भन्नु हुन्छ
अपो दिपो भव !
आफै बत्ती बनेर यो संसारलाई हेर र हिड

Leave a comment