सिर्जना र सुन्दरताको खोजि गर्नेहरुले पढ्नै पर्ने अनुसन्धात्मक पुस्तक

(भोजपुरको वाङ्गमय)

लगनशीलता र ईच्छाशक्ति भए एकै व्यक्तिको सपना, अन्वेषणात्मक चक्षु र प्रयत्नले पनि एउटा बृहत अनुसन्धात्मक ग्रन्थ तयार हुदो रहेछ भन्ने उदाहरण भोजपुर, याकुमा बि. सं. २०२४ मा जन्मिनु भएका डा विप्लव ढकालको उक्त पुस्तक भोजपुरको वाङ्गमय पढ्दा अनुभूत गरेँ र यी यस्ता उर्जावान र सिर्जनशील नया पुस्ताहरु बिहानी पखको सुनौला सुर्य झैँ भएर उदाएको देख्दा अति रोमान्चित, खुशी, आनन्दीत र उर्जावान महसुस गरिरहेको छु |

मलाई लाग्छ यो पुस्तकले आफु, आफ्नो आमा, माटो र भाग्यले जुराई दिएको पुर्बजहरुका स्वाभिमानी र गौरवमय अमुल्य बिरासत, घरपरिवार, सरसंगत, छरछिमेकहरुलाई सम्हालेर राख्न, चिन्न, बुझ्न, जान्न, हुर्काउन र सदुपयोग गर्न सक्यौ या प्रयासको शुरुवात गर्यौ भने मात्रै ढिलो छिटो कुनै दिन हाम्रा नया पुस्ताहरुले पनि यी हाम्रा सुन्दर दुनियालाई चिन्दै बुझ्दै जान्दै सिक्दै, यी सुन्दरता र सुखका डोबहरु निर्माण गर्दै सारा संसार र ब्रह्माण्डलाई सुन्दर घर बगैचा बनाएर रमाउदै मानव सभ्यतालाई निरन्तर अघि बढाउन सकिन्छ भन्ने कुरा भोजपुरे आमा र उहाका सन्तानहरुलाई मुख्य पात्र बनाई हर ब्यक्ति, घरपरिवार, वडा, गाउँ, नगर, जिल्ला, प्रदेश, देश, महादेश र विश्वलाई आफै भित्र आफैलाई खोजेर स्वाभिमान भई अघि बढ्ने प्रेरणा र प्राज्ञिक सन्देश हाम्रो बर्तमानमा उभिएर दिन उक्त पुस्तक सफल भएकोछ भन्ने लाग्छ |

८०६ पृष्ठको उक्त पुस्तकमा प्रकाशन संयोजकको तर्फबाट पुर्ब अर्थ मन्त्री तथा सहित्यकार शंकरप्रसाद कोइराला लेख्नु हुन्छ – रास्ट्रिय स्तरको संस्थाले बिषयविज्ञहरुको ठुलै टोली खटाई बर्षौ लगाएर गर्नु पर्ने अध्यन- अनुसन्धानको दुरुह र विशद कार्य डा. विप्लव ढकालजीको एकल आँट र भगीरथ प्रयत्नबाट आज सम्पन्न भएको देख्दा मलाई रोमान्च्पूर्ण गौरव अनुभूत भएको छ |

– यो पुस्तक हामी भोजपुरेहरुको चेतना, प्रज्ञा र सिर्जनाको त्रिबेणी हो |

त्यस्तै प्रकाशकको तर्फबाट भोजपुरे सेवा समाज, काठमाणडौका अध्यक्ष पासाङ्ग दोर्ची शेर्पा लेख्नु हुन्छ – सम्भवत: नेपालकै लागि वाङ्गमयको समावेशी इतिहास लेखनको यो ग्रन्थ पहिलो नमुना हो |

डा. ढकालको जीवन साथी डा. पद्मा अर्यालले आफ्नो अनुभव यसरी ब्यक्त गर्नु भएको छ – कुनै पनि लेखकका लागि उसको घर र पारिवारिक वातावारण नै पहिलो शक्ति हो भन्ने महसुस गरेर हामीले उनको छटपटी, दौडधूप, थकान र मौनतालाई सकेसम्म सहज र ब्यबस्थित बनाउने कोसिस गर्यौ | बिषयकेन्द्रित छलफल गरेर बस्तुगत निस्कर्ष खोज्न प्रेरित गर्यौ | प्रविधिमा छोराले साथ दियो | मेरो जीवनसाथी विप्लवको लामो समय देखिको अथक परिश्रम र सिर्जनशील पागलपनको प्रत्यक्ष साक्षि र परोक्ष सहयोगी हुन पाएकोमा मलाई गर्व लागेको छ |

अत : यो पुस्तक मेरो आफ्नै जरा र जमिनको खोजी हो भन्नु हुने डा. विप्लव ढकालको उक्त पुस्तकले ज्ञान र सिर्जना तर्फ हामी सबैलाई प्रेरित गर्छ भन्ने मलाई बिश्वास छ |

हालैमा पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पन्ध्र पुस्तकको सूचीमा पर्न सफल हुनुले पनि सके सम्म यो पुस्तक सबैले पढ्नै पर्ने पुस्तक हो भन्न सकिन्छ |

बरिष्ठ कबि, लेखक, अनुसन्धान कर्ता डा. विप्लव भाइलाई धेरै धेरै धन्यबाद बधाई र शुभकामना 💐❤️💐

– प्रेम गुरुङ दुबो , २ जुलाई २०२२, हाल युके |

Leave a comment