स्पेन भ्रमणका अनुभूति !

 – प्रेम गुरुङ दुबो 

कोरोना र स्वास्थ्यका कारण धेरै समय पछि आफु बसेको देश युके भन्दा बाहिर निस्किएर घुम्दा एउटा नेपाली यात्रिको मनमा उब्जिएका अनुभूतिका संक्षिप्त सारहरु आदरणीय पाठक र फेसबुक मार्फत जोडिनु भएका सम्पूर्ण मित्रहरु समक्ष प्रतिक्रियाको आशासहित शेयर गर्दछु 💐❤️🙏

मानव जीवन सम्पूर्ण प्राणीहरुको लागि बिद्धार्थी जीवन, अनि यो संसार र मानव जीवन सुन्दर , रमाइलो र रहर लाग्दो कृडास्थल रहेछ !

सफा मन र सुन्दर कल्पनाहरु बोकेर निडर भई रमाउदै रमाउदै अघि बढ्नेहरुको जीवन र जीवन चक्रका हर यात्राहरु सधैँ सधैँ सुन्दर र रमाइलो रहिरहनेछ भन्ने मेरो बिश्वास र बुझाई छ ! 

जन्मले म एउटा नेपाली भएकाले म आफैलाई यो भन्न बाध्य भएको छु, कि बिश्वशान्तिका अग्र दुत भगवान गौतम बुद्ध र बिश्व एकीकरणका नायक गोर्खालीहरुको सन्तान हामि नेपालीहरुले आफ्ना पुर्खाहरुको गौरवमय लिगेसी सम्झिएर परिवर्तित समय अनुसार आफुलाई तिखार्दै पेसा ब्यबसायलाई साध्य(उदेश्य) होइन साधन बनाएर आफ्नो शिर हिमालय पर्वत झैँ उचो र स्वाभिमानी बनाउदै अटल र  एक ढिक्का भई बिश्व शान्ति र समृद्धिको लागि एक्काईसौ शताब्दीको बिश्व भरका शान्तिप्रेमी मानव जातीलाई एकीकृत गर्दै प्रज्ञा, करुणा र मानवियताको भाव जगाएर अघि बढाउनको लागि पहल, नेतृत्व र संरक्षण गर्नु पर्नेमा हामिहरु पनि उदेश्य र चिन्तन बिहिन आसे मगन्ते झैँ भएर अलमलिने , आपसमा खुट्टा तानातान र आफु आफै यो र त्यो भनेर चोईटिएर कमजोड हुने होडबाजी र बिश्वमा भईरहेका  जातीय द्वन्द र प्राय हामि सम्पूर्ण मानव जातीहरुकै लापरबाहि र गैर जिम्मेवारीका कारण सृजित युद्ध, लडाई झगडा, अभाव, महङ्गि, रोग भोक, सोक, मारामार र प्राकृतिक प्रकोपहरुबाट भईरहेका बिभत्स दृश्यहरु देखेर म त्यसको निधान खोज्न र खोज्नेहरुलाई स्वागत गर्न र सघाउन आतुर छु ! 

बजार र प्रचारमुखी सस्कारको उपस्थितिले आज निस्वार्थ भई पृस्ठमूमिमा रहेर मानव जातीका प्राण, हित, गौरव र सभ्यतालाई बचाउदै अघि बढाउन तल्लिन भईरहनु भएका सम्पूर्ण इमान्दार प्रतिभाशालि ब्यक्ति र  व्यक्तित्वहरु ओझेलमा परेको मात्रै होइन कि उहाहरुको जीवन, सृजना र कामको सुरक्षाको ग्यारेन्टी आजका सबै भन्दा ठुलो चुनौती देखिएको अबस्था बिश्वभर देखिन्छ | 

मलाई सारा बिश्व पढेर बुझेर हामि सम्पूर्ण मानव जातीहरु एउटै जाती र नश्लका प्राणीहरु हौ है !  हामि सबै सबै मान्छेहरु आफन्तै आफन्तहरु हौ है ! घृणा र प्रतिसोधको होइन माया र प्रेमको बिउ रोपौ है ! हामि सबै सबैको भाग्य र प्राण एउटै डुङ्गामा गासिएको छ है ! हामि मान्छेहरुले पशु जस्तै भएर होइन, भगवान जस्तै भएर बाच्ने कोशिस गर्नु पर्छ है ! भन्दै आफुले आफैलाई चिन्न जान्न र सबैलाई बचाउन स्पस्ट तस्बिर देखाएर संसारभर सुन्ने गरि सचेतनाको ढवाङ्ग युगौ युग सुन्ने सुनाउने गरि बेसमारी कराएर फुक्ने आवाजको खोजीमा छु र कोशिस गरिरहेको छु ! हेरौ मेरो नियतिले के गर्छ !

एशिया-प्रशान्त क्षत्रका केहि ठाउँहरुलाई नेपाल र हंगकंग बसेर थोर बहुत पढ्ने कोशिस गरियो भने युरोप, अफ्रिका, अमेरिका लगायतका पढ्नै पर्ने ठाउँहरु युके बसेर पढ्न खोज्दै छु ! घुमेर पढ्नै पर्ने ठाउँहरु मध्य पनि ग्रिक, इजिप्ट( मिश्र) लगायत नायल उपत्यकाहरु घुमि हाल्ने रहर छ, तर स्वास्थ्य र कोरोना जस्ता महामारिका कारण घुम्न नसकिरहेको अबस्था छ तर पनि यस पटक मेरा शक्ति र प्रेरणाका श्रोतहरु मेरा प्राण प्रिय जीवनसाथी सीता र छोरा छोरीको आँट भरोसा सहयोग र मेरो रहरको तागतले स्पेनको राजधानी मेड्रिड र त्यस वर परका San Lorenzo का Monasteries, Segovia शहरको दृश्यहरु( दुवै स्थान Unesco ले World heritage मा राखेको) लगायतका केहि एईतिहासिक र मनोरम शहर र स्थलहरु भ्रमण गरि बहुमुल्य सम्झनाहरु ग्रहण गरियो र उत्साहित भएकोछु !

छोरा शिबेन्द्र र छोरी प्रेरणाले यो भन्दा पहिले पनि फ्रान्स र इटलीका म्युजियम आर्ट ग्यालरी र एईतिहासिक एबं रमणीय स्थलहरु आधुनिक डिजिटल टेक्नोलोजी प्रयोग गरि हातमा मोबाइल बोकेर सरल र सहजसँग रोजी रोजी कुना कुना घुमाई भरपुर मनोरन्जन र अध्यन गराएको थियो भने यसपाली त झन ब्याख्या समेत गर्दै घुमाई दिएकोले शरिर र दिमाग दुवै रिफ्रेस भएको अनुभूत गरियो !

टुरिस्ट बस चढेर मेड्रिड शहर घुम्नलाई पनि एईतिहासिक र आधुनिक रुट भनि पुरानो शहर र आधुनिक शहर भएका ठाउँहरु भएर दृस्यावलोकन गराउदो रहेछ ! बडो खुशि र मज्जाकासाथ घुमियो !

 स्पेनका हर गतिबिधि, बस्तु र कालक्रमहरुलाई हिजो र भोलिका दृश्यहरु कल्पना गरेर हेरियो भने आजको दृश्य प्रत्यक्ष देखियो र अन्य भुगोल र भुगोलकाहरुसँग दाजेर पढ्ने कोशिस गरियो !

हामिले हाम्रो गृह शहर बर्मिङ्घम एयरपोर्ट देखि यात्रा गर्दा खिचेका निम्न स्थानहरु लगायतका केहि फोटो दृश्यहरु फेसबुकमा राखिएको छ !

+ बर्मिङ्घम एयरपोर्ट 

+ माथि आकासमा उडिरहेको प्लेनबाट तल धर्तीतिर हेर्दाका दृश्यहरु 

+  Monastry of San Lorenzo de EI Escorial का दृश्यहरु

+ Madrid Casa de Campo अर्थात केबुलकार चडि हेर्दाका दृश्यहरु

+ Parque del 0este अर्थात सैयौँ प्रकारका नेपाल लगायत बिश्वभरबाट संकलन गरिएका गुलाफै गुलाफको फुलहरु भएको सुन्दर बगैचाका दृश्यहरु

+ Almudena Cathedral का दृश्यहरु

+ रोयल प्यालेस भित्रका कलाकृति र वरिपरिका सुन्दर गार्डेनका दृश्यहरु

+ रोयल बोटानिकल गार्डेनका झलकहरु 

+ National Archaeological Museum जहाँ अफ्रिकाबाट हाम्रा पुर्खा होमोसेपियनहरु बिश्वभर छरिएका हुन भन्ने प्रमाण प्राचिन Skeletons कङ्कालहरु र बर्णनहरु हेर्न पाइन्छ ! 

+ मेड्रिड नजिकै रहेका सानो एईतिहासिक शहर Segovia को Aqueduct, Castle(किल्ला), टावर, Jewish Quarter र रोमनहरुले बनाएका बिशाल पुल जस्तै मनोमेन्टहरुको दृश्यहरु

 + म्याड्रिड र वरपर बिभिन्न ठाउँहरुमा लिईएका तस्बिरहरु फेसबुकमा राखिएको छ ! 

नोट:- स्पेनको प्राचिन शहरहरु सुन्दर र आकर्षक देखिए पनि बढ्दो जनसंख्या र धर्ति सुख्खा हुदै गएको देखेर अब बिश्व भरका मानिसहरु आपसमा लडाई झगडा मारामार गर्ने तिर होइन, यो हाम्रा साझा पृथिबीलाई बचाउने र मानव बसोबासका लागि अन्य ग्रहहरु खोज्ने तर्फ नलागीए जलबायु परिवर्तनले गर्दा चरम गर्मि र बर्षाद भई किरा फट्यांग्राहरु मरे झैँ हामि मान्छेहरु पनि छटपटाई छटपटाई मर्नु पर्ने दिन आउने निश्चित छ है भनेर स्पेनको परिवर्तित दृश्यहरुले पनि भनि रहेको थियो !

Leave a comment