तमु ( गुरुङ ) हरु बारे मेरो संक्षिप्त दृस्टिकोण

जुन ०९/२०२४ ( १४/०६/०२४)मा काठमाणडौमा भएको Tamu Culture Forum- UK को सेमिनार सन्दर्भमा १५ जुन २०२४ मा फोरमको भाईवर ग्रुपमा ब्यक्त मेरो विचार – अधिबक्ता प्रेम गुरुङ दुबो |

कडा परिश्रम र मिहिनेतको लागी धेरै धेरै धन्यबाद र शुभकामना निर्देशक राजु भाई , अनि कार्यक्रम उदघोषिका अनिता नानीकासाथै सम्पूर्ण आदरणीय तमु अभियन्ताज्युहरुमा मेरो न्यानो माया , सम्मान , सम्झना , अभिबादन , धन्यबाद र शुभकामना !

आदरणीय आफन्त जनहरु , देव ( राजा ) हरुकाका पनि देव , महादेव ( महाराजा ) हुन सफल अनि नेपाल एकिकरण र बिश्व एकिकरण , बिश्व शान्ति , मानवता , करुणा , प्रजातन्त्र र शान्ति सुरक्षाका महान संरक्षक , योद्धा , अभियन्ताहरुको सन्तानहरु मध्य बर्तमानमा गुरुङ भनेर परिचित मानव हाङ्गा हामि गुरुङ समुदायहरु समयको गति र परिवर्तन अनुसार विश्वका हामि सम्पूर्ण मानव जातिहरुको हित र शान्ति सुरक्षाका लागि नीति निर्माण र कार्यन्वयनको तहमै रहेर बिबिध क्षत्रहरुहरुमा भूमिका खेल्न सकिने उपयुक्त ठाउँहरुमा पुग्नलाई अब पुस्तौपुस्ता नोकरीको नोकर भएर हैन , नोकरीलाई नोकर बनाएर कसरि अग्रिम भूमिकामा देखा पर्न सक्छौ भनेर पुर्खाहरुको महान लिगेसिलाई पच्छ्याउनु पर्नेमा हामिहरु खाली खेलकुद , नाचगान , खानपान र गुनासो पोख्नु मै मात्र अल्झिएर रहि रहिए हामि र हाम्रा भावि सन्ततिहरुले देशबिहिन र एक्काईसौं शताब्दिको दास हुन र लोप हुन जाने अबस्था त आउने हैन भन्ने हामि सम्पूर्ण तमुहरुको मनका भित्रि भावनालाई प्रतिनिधित्व गर्दै प्रश्नको उतर खोज्ने कार्यमा तमु कल्चरल फोरम युकेका निर्देशक क्याप्टेन राजु भाई, सहनिर्देशक हरि भाई एबं लेखकहरु लगायतका एक्जिक्युटिव टिमले उक्त फोरम गठन गरि बिश्व भरका गुरुङहरुमाझ यसरि बौद्धिक छलफलहरु गर्ने गराउने अहिले सम्मको कार्यले पनि हामि र हाम्रो समाजमा नव उर्जा र जागरण ल्याई सबैलाई अध्यन, अनुसन्धान,लेखन र ज्ञानको खोजि तर्फ लाग्न प्रेरित गरेको छ भन्ने देखिन्छ |
यि यस्ता महाअभियानमा लामो समय देखि म शारिरिक उपचारमा व्यस्तता रहनु पर्ने बाध्यताका कारणले रहर र कर्तब्य बोध हुदा हुदै पनि भौतिकरुपमा खटिन नसकिए पनि मेरो सदा दिलै देखि साथ सहयोग र शुभकामना रहनेछ र उक्त भाईवर समूह लगायत तमु गुरुङ सम्बन्धि बिभिन्न सामाजिक सन्जालहरुमा सके सम्म आफ्नो अनुभव र ज्ञानहरु आदान प्रदानमा सक्रिय हुने कोशिस गर्दै मेरो अनुभव र अनुभूतिहरु शेयर गर्दै आइरहेकोछु | किन कि हामि र हाम्रो समाज अहिले अल्मलिएको र चल्मलाएको अबस्थामा छौ कि भन्ने मेरो बुझाई छ |

अत: फोरमका शुरुवाती काल देखि हाल सम्मका क्रियाक्लापहरुलाई पनि हामिले सकारात्मक सफलताकैरुपमा हेरिनु पर्दछ भन्दै निर्देशक राजु भाई र उहाका टीम , गुरुङ पिरियडका ज्ञाता हाम्रा इतिहास लेखक ,अन्वेषक, सस्कृतिबिध , नेपालऋषि डा . जगमान दाई , आफ्नो जातिको पहिचान र गौरव बढाउने उदेश्य राखेर गुरुङ बिषयमा बिद्ध्यावाराधि गर्नु हुने डा . टेक भाई , तारा बहिनीले नौनी घिउ निकाल्दाको प्रक्रियाको उदाहरण दिनु भए झैँ लेखन कार्यलाई अज्झ परिस्कृत बनाउन सकारात्मक प्रश्न र सुझावहरु राख्नु हुने मेजर उदय भाई , तमुधर्म गुरुज्युहरु एबं सम्पूर्ण तमु बौद्धिक र सचेत आदरणीय आफन्त जनहरुमा पुन: नमन गर्दै मेरो मनको कुरो पोखेको छु | अन्यथा भए माफि माग्दै पुन: केहि लिंक र मेरो संक्षिप्त धारणा शेयर गर्दछु |

१) मेरो बुझाइमा बर्तमान बिश्व घटनाका परिदृश्य र सन्दर्भमा इतिहास भनेको हाम्रो थाक थलो र घर जग्गाको धनिपुर्जा र ज्ञानका स्रोत हुन् | हाम्रो इतिहास हामिले आफ्नै बुद्धि बिबेक , आँखा र शक्ति लगाएर लेख्नु लेखाउनु पर्छ | १२ औँ शताब्दितिर मंगोलियाको तेमुजिन जो पछि आएर चँखेज खान भनेर बिश्वभर परिचित बिश्व बिजेतासँग हाम्रो अनुहार र शारिरिक बनावट मिल्ने भएकाले १७/१८ शताब्दिताकाका मानव शास्त्रिहरुले हामिलाई मंगोल समूहमा राखिएको हो | त्यसको अर्थ हामि मंगोलियाबाट आएको हो भन्ने पटक्कै होइन | किनकि हाम्रा पुर्खाहरुनै नेपालको भूमिमा आई बसोबास गर्ने प्रथम मानव समूहहरु हुन् र लिच्छिवीहरुबाट धपिएपछि हाम्रा पुर्खाहरु चाहिँ गण्डक क्षत्र तर्फ लागेर मानव बस्ति र सभ्यताको सृस्टि र सृजना गर्नतिर लागे भने कोहि दाजु भाईहरु बागमति उपत्यका भित्रै लिच्छिवी शासन र सभ्यतासँग सरेन्डर गरि बसेभने अन्तिम राजा गस्तिसहित कोहि पुर्वतर्फ लागे , कोहि वरिपरी चारै तर्फ लागि आआफ्नै शैलिले आफ्नो भाषा संस्कार संस्कृति र अस्तित्व बचाउदै जीवन यापन गर्ने तर्फ लागे , कोहि उतर पुर्बी चीन तर्फ लागेर ताङ्ग पहिचानकासाथ राज्य हत्याए भने कोहि दक्षिण तर्फ लागि पालबँश परिचय बनाई राज्य हत्याउन सफल भएको पाइन्छ | त्यस्तै मगध सम्राट चन्द्र गुप्त मौर्य पिपलीवनबाट गएका मगरका सन्तान हुन् |

अत: मानव शास्त्रिहरुले मनव सम्बन्धि अध्यन गर्दा कसैले भूगोल , कसैले कलर , शारिरिक बनौट आदि बिभिन्न तरिकाले अध्यन गर्ने गरेको पाइन्छ र लेखनमा पनि बिभिन्न मनसाय र नियतहरु पनि हुनसक्छ | अत: AI नभएका बखत पनि HI ( Human intelligence) को प्रयोग गर्न सक्नेहरु राजा , मालिक हुने गर्दथ्यो भने नसक्नेहरु चाहिँ दास मजदुर हुन्थे |त्यसैले इतिहास धर्म संस्कार संकृति सभ्यता र विकासका कालक्रम , उतार चढाव , परिवर्तन आदिबारे खोज्दा , बुझ्दा , लेख्दा हामिले उतेजनात्मक भावना र क्षणिक संकिर्णसोच , अहमताहरुबाट जोगिदै त्यो भन्दा माथि उठेर दुरगामी सामुहिक मानव हितलाई मध्यनजर राख्दै स्टेप बाई स्टेप खोज्दै , छलफल गहन अध्यन अनुसन्धान गर्दै लेख्दै गईए हामि एक भएर अघि बढ्न र हाम्रा बिगतका बास्तविक सत्य तथ्यका चरणहरु पुरिने , नासिने , मेटिने र हराउने , तोडमोडिने सम्भावाना कम हुन गई जोगिने र भोलिका पुस्तालाई आफ्नो जरो बलियो बनाउदै अघि बढ्न सजिलो हुने देखिन्छ र उक्त मिटिङ्गमा पनि बहुसंख्यक बौद्धिक बिज्ञ व्यक्तित्वहरुको भनाई पनि कोल्हासोतर क्षत्रको सभ्यता र अवधिलाई नै केन्द्रबिन्दु बनाई , कोल्हा सभ्यता र त्यस पछिका बिकसित सभ्यताका विकासक्रम , बसाई सराई र बिबिध क्षत्रमा देखा परेका परिवर्तनका क्रमगत दृश्यहरु स्पस्टसँग झल्किने गरि देखाइएमा त्यस अघिका अर्थात: गुरुङ हुनु अघिका हाम्रा नजिकका पुर्खाहरु र आगमनमार्ग , सम्मिश्रण आदि बारे सके हामिले र नसके हाम्रा नया पुस्ताहरुले खोज्दै लेख्दै जाने छन भन्ने भनाईहरू राख्नु भएको देखियो र मेरो भनाई पनि त्यहि हो | यसमा मैले आधुनिक डिएनए बिधिलाई समेत मध्यनजर र अध्यन गरेरै मेरो विचार हजुरहरु समक्ष राखिरहेको छु | कारण बिश्वभरका सम्पुर्ण मानव जातिहरुको पुर्खा एउटै जातिका हुन् |

२) गुरुङ पहिचान प्राप्त अवधि सम्बन्धमा डा . टेक भाइले मार्टिन चौतारीमा भन्नु भएकोछ – बि सं १५४९ ई सं १४९२ जुन टायम कास्कीको राजा जगती खानले भोजराज पोखरेललाई लेख्न लगाएको बँशावाली जिनियोलोजी देखि गुरुङ भनि चिनिएको त्यस भन्दा अघि तमु भनिन्थ्यो)| मेरो दृस्टिमा पनि त्यहि समय सेरोफेरो ताकानै घोडा चढेर फुर्ति हाक्दै एक आपसमा लडालड गर्ने हाम्रा त्यसताकाका कोटे / थुम्के राजा , तमु भाषामा त म्रु ( घोडामा चढेर हिड्ने राजा ) भन्ने शब्द नै पछि गएर अपभ्रम्स भई तमु भनिने पुर्खाहरुलाई एक अर्का बिच चुक्लि लगाएर फुटाई सबै कोटका थुम्के तम्रुहरुको थुम्के राज्यहरु हात पारेपछि पहिले गुरु भनि फुर्काएर हाम्रा सबै गुह्य भेउ पाई सकेपछि अब तिमिहरुले सल्लाह दिने गुरु मात्रै हैन , सुरक्षाको लागि खटिने अर्थात : रुङ्ग्ने काम पनि गर्ने भनि सुरक्षा क्षत्रमा खटाउनकोसाथै अब देखि तिमिहरु गुरु अर्थात चियो चर्चा गरि गोप्य खवरहरु ल्याउने काम मात्रै हैन रुङ्ग्ने काम पनि गर्ने भनि फुर्क्याएर अब देखि तिमिहरु गुरुङ भयौ है भनि गुरुङ पहिचान दिएको र बर्णब्यबस्थामा गुरु पुरोहितहरु ठुलो जातका हुने भएकाले हामि गुरुङहरुको पुरोहित खलकहरुलाई सानो जात हो भन्ने भास्य सृजना गर्नलाई चारजात , बाह्र जात , सोह्रजात भनि छुट्याई दिएर गोत्र भिराई काशीगोत्रीय गुरु पुरोहितहरुले हामिमा फुट ल्याई जजमान हत्याउने षडयन्त्रको शिकार भएकोले हामि गुरुङहरुमा विभेद आएको देखिन्छ | बास्तबिक्तामा हामि गुरुङहरुमा कुनै सानो ठुलो जाति र गोत्र भन्ने परम्परा थिएन र हुदैन | हाम्रो परम्परमा विबहा आदिको लागि हेर्ने गोत्र भनेकै थर र नाता नाला हो |

त्यसैले व्यक्तिगत आग्रह , पूर्वाग्रह नराखि आपसमा बौद्धिक छलफल , अध्यन अनुसन्धान गर्दै क्रमबद्ध समयानुकुल मार्गहरु निर्माण गर्दै अघि बढ्न सकिए गुरुङ भन्ने जाति समुदाय युगौयुग गौरवकासाथ अघि बढिरहनेछ | अन्यथा अस्ट्रेलियन अबोरजिन र नेपालका कुसुण्डा आदिबासीहरु लगायतका जातिहरुझैँ टाठाबाठाहरु जात र धर्म फेर्दै अन्यत्र मिसिन जाने र कमजोरहरु मासिदै नासिदै जाने बिश्वब्यापी प्रक्रियाको दृश्यहरु हामि सबैले देखिरहेकै छौ | आखिर कैलाश पर्वत हुदै दक्षिण पुर्बका जुनसुकै हिमनदिहरुका घाँटी भएर नेपाल आएको भएपनि गुरुङ सभ्यता र रगतमा मिसिएर रमाएका हामि सबै गुरुङहरु एउटै परिवारका हौ र युगौ युग माया र प्रेम साटासाट गर्दै अज्झ नजिक र मानव सभ्यताका मूल धारको बिशाल नदि भएर दुनिया संसारलाई सिन्चित र मलजल गर्दै रमाउने कोशिस गरौ | हरेक मानव समुह र समुदायका केहि हाङ्गाहरु विश्वभर आवत जावत र बसाई सरासर गर्ने परम्परा त परापुर्वकाल देखिनै नै भईरहन्थ्यो , भईरहन्छ ता पनि नेपालको भुगोलसँङ्गै गासिएको रैथाने आदिबासीगुरुङहरु पनि रैथाने चराचुरुङ्गीहरु झैँ आफ्नै अनुकुलित भुगोललाई नै मुख्य बासस्थान बनाई बस्ने नेपालका आदिम मानव प्रजातिहरु मध्य एक हुन भन्ने अकाट्य प्रमाणहरु प्रसस्तै पाइन्छ |

३) हामि गुरुङहरुलाई दक्षिण काशितिरका संस्कृतबिद्ध्यापिठहरुमा संस्कृत भाषामा शिक्षा दिक्षा लिई आउने गुरुपुरोहितहरुले काशी गोत्रिय र आठौ शताब्दि ताका देखि स्थापित डोल्पा , मुस्ताङ्ग , मनाङ्गका बिभिन्न सम्प्रादयका गुम्बाहरुमा टिबेटियन छ्यो भाषामा शिक्षा दिक्षा लिनुभई आउनु हुने गुरुपुरोहितहरुले ल्हासा गोत्रिय भनि हामिमा अन्यौलता खडा भएको देखिन्छ | तर हाम्रा पुर्खाहरुले अति प्राचिनकालमा पुरै एशिया प्यासिफिक क्षत्रमा शासन गर्दथिए र आवत जावत बसाई सराई पनि निरन्तर हुने गरे पनि तमु र तामाङ्ग भाषि नेपालका हामि रैथाने गुरुङहरु ई. पू. तिसहजार बर्ष अघि देखिनै बागमती उपत्यकामा बसोबास गरिआएको पुरात्वतिक प्रमाणहरु भेटिएकोले हामि नेपाल गोत्रीयहरु हौ र हाम्रा प्राचिन देखिका पच्यु, घ्याप्री ( धामी झाक्री ) धर्मगुरुहरुले बखान्नु भए अनुसारको सपुतीघ्याल्सा र ठिनीघ्याल्सा डोल्पा र मुस्ताङ्गतिर हैन , बागमती उपत्यकातिर पो हो कि ? भनेर खोज्नलाई तमुवान , नेवा र ताम्सालिङ्ग क्षत्रका पुराना नाम ठामहरु , जो हाल चलन चल्तिमा हराईसकेका गाउँठाउँ , डाडापाखा , खोला , मठ मन्दिर , देवी देवताहरुको नाम , पुजा पाठका बिधिबिधान ,भाषा सस्कार संस्कृति आदि कोट्याएर बागमती र गण्डक उपत्यकाको तुलनात्मक अध्यन हुन जरुरी छ र त्यो हुन बाकि नै रहेकाले पनि अहिलेको प्रकाशनमा कोल्हासोतरलाई नै केन्द्र बनाइनु उपयुक्त हुने देखिन्छ र यदि यस बारे गहन अध्यन अनुसन्धान नै नगरि अन्यत्रबाट मात्रै आएको भन्ने उल्लेख गरिए बागमती उपत्यकाबाट पनि गण्डक क्षत्रमा गुरुङका पुर्खाहरु गएको थियो भन्ने समेत उल्लेख गरि दिनु हुन म निर्णायक मण्डलीज्युहरुसँग बिनम्र अनुरोध र सुझाव टक्र्याउन चाहन्छु ( अझ स्पस्टता र सबैको जानकारि र अध्यनको लागि निम्न पूर्ब प्रेषित केहि पोस्ट र लिंकहरु पनि अन्यथा भए क्षमा मग्दै पुन: शेयर गर्दछु – प्रेम गुरुङ लेम ( दुबो ) |

*हामि गुरुङहरुको नेपाल आगमन सम्बन्धि बिभिन्न जिज्ञासाहरू सम्बन्धि मैले हामि गुरुङहरु र सम्बन्धित ब्यक्ति र सामाजिक सन्जालहरु मार्फत २०२४ फेवरोवरि अघि प्रेषित मध्य केहि :-
भोट बर्मेली भाषा भनेकै किरात भाषा हुन- प्रेम गुरुङ दुबो
आदरणीय .. प्रिय जनहरु ,
शाह काल अघि सम्म पनि हाम्रा पुर्खाहरुको थुम्के / कोट राज्यहरु थियो र हामि नेपालको शुरुवाती काल देखिकै भुमिपुत्रहरू हौँ भन्ने कुरा सत्य तथ्य हो र त्यो कुरा हाम्रो इतिहासले भोलिका हाम्रा सन्ततिहरुलाई शन्देसकोरुपमा छाड्न सक्नु पर्छ र हामि आफैले लेखेर त्यो सपना पुरा गर्नै पर्छ भन्दै छोटकरिमा मेरो केहि दृस्टिकोणहरु शेयर गर्दै सुझाव र फिडब्याकहरु भए पाउने नै छु भन्ने आशा समेत गर्दछु ,

भोट बर्मेली भाषा भनेकै किरात भाषा हुन र त्यो भाषाको मुख्य माऊँ भाषा चाहिँ तमु , तामांग , थकाली , मगर र पुर्वका किरातहरुले बोल्ने भाषा हुन र ति भाषा समूहका बासिन्दाहरुनै लिच्छिवीहरु नेपाल आउनु अघि अज्झ भनौ कि महाभारत काल भन्दा अघि देखिनै नेपालमा शासन गर्ने किरात जातिहरु हुन भन्ने कुरा हालैमा राखिगढी र सुनौली क्षत्रमा प्राप्त महाभारतकालिन पुरातात्विक बस्तुहरु अनि नेपाल सरकारको पुरातत्व बिभाग र तत्कालिन यु एस एस आरको बिज्ञ टोलिले बुढा निलकण्ठमा प्राप्त पुरात्वातिक प्रमाणहरुले पुस्टि गर्छ |
प्राचिन कालमा किरात र हाल तमु र तामांग भनेर चिनिनेहरुको पुर्खाहरुनै यार्लुङ्ग स्वाम्पो उपत्यकाको क्वेरात क्षत्रबाट क्वेरुङ्ग नाका भई दक्षिण तर्फ लागि बसोबास गर्ने प्रथम मानव प्रजाति र सारा हिमालय क्षत्रमा राजकाज गर्ने मानव सभ्यताका बहाक हुन भन्ने प्रमाण मेटाउन पशुपतिनाथ मन्दिरको पुजारी फेरिनु देखि तमु र तामांगलाई टिबेटियन भोटे हो भनि देखाउनलाई बौद्धनाथको तामांग पुजारी हटाएर चिनिया पुजारी ल्याउनु स्वयम्भुको तमु पुजारी हटाएर भुटानको पुजारी ल्याउनु लगायत थुप्रै घटना परिघटनाहरुले पनि दर्शाउछ |
अत : हाम्रो सहि इतिहास पहिल्याउन लिच्छिवीहरु आउनु अघि र बिभिन्न धर्म सम्प्रदायहरुको प्रभाव पर्नु अघिका पुर्ख्यौली डोव र अवशेषहरु गहिरिएर पछ्याउनु र केलाउनु पर्ने हुन्छ | अरुको भनाई र इसारामा भर गर्नेहरुको इतिहासले भोलि उनका सन्तानहरुलाई बाघ भएर हैन , स्याल भएर बाच्ने शन्देस छाड्छ भन्ने कुरा आजका बिश्व घट्ना परिघटनाहरुले हामिलाई देखाई रहेकोछ , भनि रहेकोछ | गैर तमु बिज्ञहरुले समेत गुरुङहरु नेपालकै प्राचिन देखि बसोबास गर्दै आएका रैथाने किरात आदिबासीहरु हुन भनी लेखेकाछन, भनेकाछन | त्यसको प्रमाण नियतिलेसाथ दिए भविष्यमा म पनि अबश्य पस्किने छु | जे होस इतिहास भनेको फिक्सन र लहड हैन | इतिहास हाम्रो भोलिका पुस्ताहरुको लागि जग्गाधनि प्रमाण पुर्जा र सक्तिको श्रोत हो भन्ने मेरो बुझाई छ |
किरातबाट तमु पहिचान बोकेर तमुहरु मुस्तांग तर्फ गयो गएन त्यो अध्यन हुन बाकी छ तर तामांग हुनेहरु चाहिँ मुस्तांग पुगेको प्रमाण पाइन्छ | तर वर्तमानका रैथाने तमुहरुको शुरुवाती बासस्थान र सर्वप्रथम गुरुङ भनेर चिनिएको ठाउँ चाहिँ गोर्खा , लमजुङ्ग , कास्की , तनहु , स्यांजा , पर्वत जिल्लाका सेरो फेरो नै हुन | इ. सं. १९५९ देखि सहजताको लागि मात्र गुरुङ लेख्नु भएका डोल्पा , मुस्तांगतिरका आदिबासीहरु जो हाल हामि गुरुङ हैनौ भन्ने ( जानकारीको लागि तल लिंक राखेको छु र डोल्पातिकाहरुको पनि त्यहि भनाई छ ) रैथानेहरुको भाषा सस्कार संस्कृति सभ्यता भेषभुसा र तमुहरुको तुलनात्मकरुपमा अध्यन गर्दा बागमती उपत्यका वरि परिका तामांगहरुको भन्दा केहि टाढाको देखिएकोले पनि हम्रो पुर्ख्यौलि थलो बागमती उपत्यका तर्फै हुनु पर्छ | अत: गलत इतिहासबाट जोगिएर हाम्रा भोलिका सन्तानहरुलाई रोहिङ्गा , यहुदी र प्यालेस्टेनीहरुको अबस्था आउनबाट बचाउन हामि सबैले सजग र सचेत हुनु पर्ने देखिन्छ | गलत भए सल्लाहा सुझाव पाउँ – प्रेम गुरुङ लेम ( लाम्छाने ) तमु ( दुबो ) |

https://premgurung.com/2022/04/27/तमु-गुरुङ-सम्पदा-त्रि-भाष/

Leave a comment