जेन जी नया पुस्ताहरुको आवाजहरुलाई सुनौ बुझौ र यो सुन्दर मानव सभ्यतालाई बचाऔँ है

– प्रेम गुरुङ दुबो

आदरणीय बिश्वभर छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु र नया पुस्ताका नानी बाबुहरू,

सर्वप्रथम त म जेन-जी उमेरका युवा भाई बहिनीहरुको खवरदारी आवाजलाई मेरो शुभकामना र यस घटनामा दिवंगत हुनु भएका ती निर्दोष ब्यक्ति र शहिदहरू प्रति हार्दिक श्रद्धासुमन र भावपूर्ण श्रद्दान्जली प्रकट गर्दछु र शोक सन्तप्त परिवारहरु प्रति गहिरो समबेदना व्यक्त गर्दछु l

आदरणीय प्रियजनहरु ,

हजुरहरु सम्पूर्णमा मेरो न्यानो माया र अभिबादनकासाथ बर्तमान परिस्थितिहरू बारे मेरो मनमा उब्जिएका केहि कुराहरु छोटकरीमा राख्दै छु |अन्यथा भए क्षमा चाहान्छु |

हामिले के बुझ्न आबश्यक छ भने नेपाल र नेपालीहरुको जिम्मेवारी , कर्तब्य र बिरासत भनेको शान्ति , करुणा र अध्यात्मिक चेतसहितको मानव सभ्यताको विकास गर्दै बिश्व शान्तिको चरम प्राप्ति हो भन्ने मेरो बुझाई छ | जुन कुरा मैले म मा चेत आएदेखि बारम्बार भन्ने र लेख्ने गर्दै आइरहेको छु कि , महादेव , बुद्ध , ऋषि महर्षिहरुको सन्तान , चेलो र बर्तमान ग्लोवल बिश्वएकिकरण कर्ता गोर्खालीहरुको सन्तान भएर पनि हामिले हामि आफैलाई चिन्न जान्न बुझ्न नसक्दा र चिन्न नखोज्दा हामिहरु अरुहरुको गुनासो सुन्ने र समाधान दिन सक्नेहरुको सन्तान भएर पनि गुनासो गर्ने लतमा फसेका छौ | त्यसैले आजको युगमा आएर हाम्रो अमुल्य पहिचान ( घरना ) अर्थात : गुडविल एकदमै खस्किदै गइरहेको छ | यसको मुख्य जिम्मेवार ति स्वार्थि , लोभी पापी , अवशरबादी सोच बोकेर लोकतन्त्र र समाजबादी दर्शनका नक्कली खोल ओढेर सत्तामा पुगि देशमा भ्रस्टचार , गुण्डागर्दी र अराजकताको बिउ रोप्नेहरु भएता पनि ति त्यस्ताहरुलाई बारम्बार सत्तामा पुग्ने अवशर दिनु हामि आम जनताहरुको पनि ठुलो गल्ति भएकोले अब हामिले पनि आत्मालोचना र समिक्षा गर्दै हामि सबैले जिम्मेवारी लिनु र सुध्रिनु पर्दछ | अब हाम्रो सुन्दर छबी निर्माणमा ब्यापक सुधार गर्नै पर्छ | अत : यी केही छेपारे चोरै चोर छट्टुहरुले राज्य सत्तामा पुगेर देश र जनता प्रति गरेका गद्दारीहरुका कारण देशमा ढिलो छिटो परिवर्तन अति आबश्यक भईसकेको थियो | त्यसलाई जेनजी युवाहरुले महसुष गरि खवरदारी गर्ने क्रममा बिभिन्न स्वदेशी र बिदेशी स्वार्थ समुहहरुले पनि प्रत्यक्ष अप्रत्यक्ष सघाएको हुन सक्छ | त्यसमा हामिले सचेत हुनु पर्छ | तर डराउनु र फस्नु चाहिँ हुदैन | ज जसले जे जस्तो मनशायले यो परिवर्तनलाई सघाएको भए पनि यो परिवर्तनको बहाक र स्वामित्व नेपाल र नेपालीहरुकै भएकोले आपसमा दोष दिया दिई गर्ने होइन कि यसलाई नेपाल र नेपालीको साँझा भाग्य र भविष्यसँग जोडेर सकरात्मक छलफल र प्रतिस्पर्धा मार्फत समाधान गर्ने र विश्वको सर्बोच्च शिखर हिमालयको काखमा अबस्थित यस सुन्दर देवभुमि नेपाललाई आजको ग्लोवल युगको बिश्व आर्थिक केन्द्र बनाउने तर्फ तुरुन्तै योजना बनाई कार्यन्वयन गर्ने गराउने तर्फ बिश्व भरका सम्पूर्ण नेपालीहरुले सोच्नु र लाग्नु पर्छ र आजका हामि सम्पूर्ण मानव जातिहरु एउटै पुर्खा होमोस्यापिन्सका सन्तानहरु हौ भनेर विश्वलाई फेरि नया शान्ति र करुणाको शन्देस र नेतृत्व दिने सोच र सपना बोकेर नेपालीहरुले अघि बढ्नु पर्छ |

यहा हामि सबैले बुझ्नै पर्ने कुरा के पनि छ भने जुन देशले समान उत्पादन गरेर बेच्ने गर्दछ , त्यो देश धनि र त्यो देशको जनताहरु मालिक बन्छ | तर नेपालको सरकारले अहिले भर्खरै अपदस्त के पी ओलिजीकै पाला सम्म पनि नेपाली नागरिकहरुलाई रैति , दास र बिकाउ सामान झैँ बनाएर बेच्न र बेचिन सिकाई रहेको मात्रै होइन कि सरकार आफैले बिदेशी मित्र रास्ट्रहरुको सहयोगमा निर्मित र स्थापित रोजगार र आर्थिक क्षत्रका मेरुदण्डकोरुपमा उभिएका हाम्रा रास्ट्रिय उद्योगहरुलाई समेत मलजल र अरु उद्योगहरु समेत थप थाप गर्दै रास्ट्रिय उत्पादन बढाएर सामान बेच्नु पर्नेमा उल्टै ति उधोगहरु बेचेर राणा र शाहहरुको दासत्वबाट बिउझि नसकेका आफ्ना नागरिकहरुलाई प्रत्यक्ष खसि बोका बेचे झैँ बेचि रहेकाछन र अज्झै पनि मानसिकरुपले रैतीबाट नागरिक अबस्थामा उक्लि नसकेका आम जनताहरु उ आफै र आफ्ना सन्तानहरुलाई समेत बेच्न बाध्य र बिबस हुनु पर्ने अबस्था र स्थिति देखिन्छ भने अर्कोतिर इमान्दारिताकासाथ ज्ञान गुण र सिप द्वारा आफ्नै देशको जगमा उभिएर यो देश र यो विश्वलाई सम्पन्न बनाउदै आफुहरु पनि मालिक बन्न खोज्नेहरुलाई चाहिँ नेपालमा बस्न र टिक्नै नदिने प्रवृति अहिले सम्मका सरकारहरुबाट भईरहेकै कारण अहिलेको अबस्था आएको हो र विदेशी रोजगारीहरु सुक्दै गइरहेको बर्तमान सन्दर्भमा आजको युग सुहाउदो रोजगारीको ब्यबस्था तुरुन्तै नेपालमै नगरिने हो भने हामि र हाम्रो देशको अबस्था के कस्तो होला अहिलेका युद्धग्रहस्थ देशहरुको बर्तमान अवस्थाहरु हेरेर हामि सबैले सोचौ र म ठोकुवा गर्छु कि सकरात्मक सोचकासाथ हामि एक भएर जुट्यौ भने हामि सहयोग लिने होइन सहयोग दिने देश नेपाललाई बनाउन सक्छौ | तर हामिले निस्पक्ष बनेर हाम्रा नया पुस्ताका प्रतिभाहरुलाई हौसला र कदर गर्दै जिम्मेवारी दिदै जानु पर्छ |

अहिलेका हाम्रा युवाहरुको चेत चेतना र सक्रियताले हामि सबैमा नया आशा पलाएको छ भने बर्तमानका हाम्रा सैनिक नेतृत्वको सुझ बुझ र समन्वयात्मक भूमिकाले पनि नेपाली सेनाको गौरवमय इतिहासलाई अज्झ गौरान्वित बनाएको छ र सम्पुर्ण नेपालीहरु आफ्नो देशको सुरक्षा र बिश्व शान्तिको सन्दर्भमा सदा सैनिक बनेर उभिएको इतिहास र नेपालको छोरा भगवान सिद्धार्थ गौतम बुद्ध र गोर्खाली सेनाहरुको बिगतका भूमिकाहरुले पनि सम्पूर्ण बिश्व समुदायहरुले समेत हामिलाई बुझेका छन र सेनाको बर्तमानको भूमिकाले पनि दर्शाएका छन् र नवनियुक्त प्रधानमन्त्रि शुसिला कार्की एकदमै स्वाभिमानी र देशभक्त नारी हुनुहुन्छ भन्ने बारे हाम्रो युवा अबस्थाहरुमा सुनसरी र मोरङ मा रहदा म समेत बक्ता भएको बि पी जयन्ती लगायत बिभिन्न बिचार गोष्ठीहरुमा मैले उहालाई राम्ररि बुझ्न पाएको र बर्तमान सम्मको उहाको क्रियाकलापहरुलाई तुलानात्मक दृष्टिले हेर्दा पनि उहाको इमान्दारिता र देश भक्तिको झलकहरु प्रस्टिन्छ | तर अहिलेको तरल र खिचातानिको अबस्था र उहा स्वतन्त्र र निस्पक्ष बनेर सबै पक्षको सहयोग जुटाई समस्या सुल्ट्याउनु पर्ने अबस्थामा हुनु भएकाले उहालाई हामि सम्पुर्ण देशभक्त नेपालीहरुको ठुलो साथ र सहयोग चाहिन्छ | किनकी , उहाँ कुनै दल वा समुहको नभई नेपाल र नेपालीहरुको साझा प्रतिनिधित्व गरेर बर्तमानका जटिल समस्याहरु सुल्झ्याउन उभिनु भएको छ | अहिलेको यस कठिन घडिमा उहाले हाम्रो साथ पाएन भने उहा चक्रब्युहमा फस्न सक्छ र हम्रो देश पनि गृहयुद्धमा फस्न सक्छ | त्यस्तै उहाको जीवन साथी दुर्गा सुबेदीजी पनि लोकतान्त्रिक ब्यबस्था ल्याउनको लागि गिरीजा प्रसाद कोइरालाको नेतृत्वमा सामेल भई बिमान अपहरण जस्ता कार्य गरे पनि पछि आएर उनकै बिरुद्ध चुनाव लडेर आफुलाई नेताहरुको स्वार्थ र गलत सोचको बिरुद्ध उभियाउनु भएको देखिन्छ | अर्थात : सुशिलाजी र दुर्गाजी दुवै जना आफुहरु संलग्न पार्टिका नेताहरुको अन्धो भक्त झोले र हनुमान नभई स्वतन्त्र नागरिक भएर आफ्नो देश र मानव सभ्यतालाई केहि योगदान दिनु पर्छ भन्ने सोच बोकेका ब्यक्तिहरु हुन् भन्ने बुझिन्छ | हरेक व्यक्तिमा जान अन्जानमा गरेका सानो तीनो भुलहरु हुन सक्छ | तर सुध्रिने सोच र देश र जनताको लागि केहि गर्न र मर्न समेत तयार छु भन्नेहरुलाई सकरात्मक दृस्टिले हेरिनु र साथ दिनु पर्छ |

अहिलेको यो प्रोपोगण्डाको युगमा हाम्रा अग्रज विभूति भगवान सिद्धार्थ गौतम बुद्धको निम्न भनाई एकदमै मनन योग्य देखिन्छ – ” अपो दिपो भव : मैले भनेको शास्त्रमा लेखिएको ठुला बडा र महात्माहरुले भनेको , माता पिता र गुरुहरुले भनेको भन्दैमा सबै सत्य नहुन सक्छ | त्यसैले प्रत्यक्ष जाँचेर मात्र ग्रहण वा बिश्वास गर्नु ” भन्नु भएको छ |

त्यसैले अहिलेको तरल अबस्था र परिस्थितिमा , नेपालीहरुले अहिलेलाई यहि सुशीला कार्की नेतृत्वमा गठित सरकार मार्फत हामिले सम्पूर्ण नेपालीहरु संयमित र एक भई बर्तमान स्थितिलाई तुरुन्तै सम्हाल्न सकेनौ भने हेरि राख्नुहोस हाम्रो हालत र अस्तित्व तहस नहस हुन सक्छ | प्रतिशोध र अहमताबाट माथि उठि लोकतान्त्रिक ढंगले प्रत्यक नेपालीहरुको भावना र सपनालाई बोक्दै देश र मानव सभ्यतालाई सुन्दर र सुरक्षित बनाउने मार्ग आपसी छलफल मार्फत निर्माण गर्दै अघि बढ्न सकिएन भने हामि सवै युद्धको भुमरीमा छटपटाएर मर्ने दिन टाढा छैन भन्ने कुरा अब हामि सबैले बेलैमा बुझ्न एकदमै जरुरी देखिन्छ | अत : देशको बर्तमान अबस्था र स्थितिलाई हेर्दा बर्तमान सरकारले तत्काल करप्सन रोक्ने , स्थायी तवरले शान्ति सुरक्षाको ग्यारेन्टी र रोजगार मुलक व्यापार ब्यबसाय र औधोगिक क्षत्रहरुमा लगानी ब्यबस्थाको लागि आकर्षक सहजताको बातावरण तत्काल निर्माण गरि युवाहरुलाई तत्काल रोजगारीको ब्यबस्था गरि आम जनताको मन जितेर मात्र चुनाव गर्ने ब्यबस्था गरिए पुराना दलहरुले सुध्रिने र नया दलहरुले पनि आफ्नो संगठन निर्माण र विस्तार गर्ने समय पाउने देखिदा क्षत्रीय र स्थानीय तहहरुलाई हाल यथावत राखि या चुनाव गराए पनि केन्द्रमा कम्तिमा पनि एक बर्ष भित्र चुनाव गराउने प्राबधान राखिएको भए उपयुक्त हुने थियो कि ?

अत : यहा हामिले के बुझ्न आबश्यक देखिन्छ भने हिज सत्ता सम्हाल्ने भ्रस्ट र लोभी पापीहरुका कारण यो दुर्घटना ढिलो छिटो हुने नै थियो | अहिले भयो र जेनजी पुस्ताहरुको खबरदारी आन्दोलन कुनै ब्यक्ति समुह समुदाय र दलहरु बिरुद्ध नभएर भ्रस्ट नेता र शाषकहरुको पन्जाबाट नेपाल र नेपालीहरुलाई मुक्तिको मार्ग खोज्न र सचेत मान्छे भएर बाच्न उत्प्रेरित गर्ने आन्दोलन भएकाले संयमकासाथ उपाय खोज्नु र सक्षम पुस्ता निर्माण गर्ने तर्फ हामि सबैले लाग्नु पर्छ र यस घटनाबाट हुन गएका क्षतिको सम्पुर्ण जिम्मेवारी हिजो सत्तामा बसेर शक्तिको दुरुपयोग गर्नेहरुले लिनु र उनिहरुबाटै पुर्ति गराइनु पर्दछ र यो आन्दोलन दलहरु बिरुद्ध नभई भ्रस्ट र डेडएक्सपायर्ड नेताहरु बिरुद्धको हो भनेर हामि सबैले बुझ्नु र संयमित भएर देशको सार्वभौम सत्ता र शान्ति सुरक्षालाई प्रमुख प्राथमिकता दिदै भ्रस्टाचार उन्मुलन र आजको ग्लोबल युगमा नेपाललाई कसरि अन्तरास्ट्रिय आर्थिक केन्द्र बनाई रोजगारी सृजना र हाम्रो यो देश र विश्वमा सुख र शान्तिको सुन्दर मार्ग निर्माण गर्ने भनेर हामि सबै तह तप्का , हिजका र आजका नया पुस्ताहरुले सोच्नु , गर्नु र सुध्रिनु पर्दछ |

१५/०९/२०२५ |

Leave a comment