एक ऐतिहासिक पात्र ध्यान बहादुर राई बाजे(कोपा) लाई सम्झिदा  

अधिबक्ता प्रेम गुरुङ दुबो,छिनामखु, भोजपुर, हाल युके |

समय र परिस्थितिको हावा हुरि बाढि पहिरोले उडाएर म कोमा( अचेत अबस्थामा ) वा गुफा पसेको पनि २२ बर्ष भईसकेकोछ | सायद जीवन र जगतका चक्रहरु यसरिनै अकल्पनिय पाराले घुमिरहन्छ होला कि ? या नियतिले नै मलाई यो जन्म अध्यन कै लागि मात्र दिएको हो त ? त्यो त मैले बुझ्न बाँकि नै छ | जे भए पनि मैले यो जन्मलाई बिद्धार्थी जीवनको सुन्दर क्षण र आनन्दकोरुपमा उपयोग गर्न पाएकोमा म आफुलाई अत्यन्तै भाग्यमानि सम्झिन्छु र यात्रामा भेटिएका हरेक सुन्दर मनका लोभ लाग्दा प्रिय जनहरुलाई सधैँ सधैँ सम्झि रहनेछु |

Continue reading “एक ऐतिहासिक पात्र ध्यान बहादुर राई बाजे(कोपा) लाई सम्झिदा  “

बडादशैँ लगायत चाँडपर्ब(फेस्टिवल)हरु र कोरोना महामारीको सन्देश 

– प्रेम गुरुङ दुबो 

Continue reading “बडादशैँ लगायत चाँडपर्ब(फेस्टिवल)हरु र कोरोना महामारीको सन्देश “

प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु ) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण

अधिबक्ता प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु ) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण :- 

मेरो जन्म बि. सं. २००७ भाद्र महिनामा पुर्बि नेपालको भोजपुर, छिनामखु, काङ्ग काङ्ग गाऊँमा दोश्रो बिश्व युद्धका योद्धा श्री मणि प्रसाद गुरुङ( No: 3113 Naik, 1st Bat. 7 GR, 20-08-1940 to 29-06-1947.) र मेरो आदर्श शाहसी आमा धर्म लक्ष्मि( जोगमाया ) गुरुङको जेष्ठ पुत्रकोरुपमा भएको थियो | मेरो मावली घोताने तमु गुरुङहरु हुनुहुन्छ र पुर्ब आउने हाम्रा पहिलो पुर्खा चम्पसिंहको मावाली पनि घोताने गुरुङहरु नै भएको भनेर हाम्रो बाबु बाजेहरुले भन्ने गर्नु हुन्थ्यो |

Continue reading “प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु ) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण”

मेरो कुल(बायु) पुजा हिज र आज

– प्रेम गुरुङ दुबो

आज बैशाखे पुर्णे अर्थात: हाम्रो कुल(बायु) पुजा गरेर दाजु भाईहरु भेला भै पुर्खाहरु बारेगफगाफ र रमाईलो गर्ने दिन!

यति खेर म मेरो जन्म र बाल्यकालको गाउँ कांगकांगको ठूलो धारा कै छेउको पोल्टाबारीको दुदिलो र भिमसेनपातिको रुखको फेदमा मेरो पुर्खाहरुको प्रतिक मुलथानि, सिमे भुमे, आईआपत परि मरेका भाई खलक, ९० सालको भुकम्पमा घरले किचेर मरेका गोठाला खेतालाहरु सबैको प्रतिककोरुपमा स्थापना गरिएको ढुंगाको देवता र बलि दिन तयार पारिएको भेडा, कुखुरा, हाँस र परेवाहरु अनि म र काका बाबुहरु, दाईहरु आदरणिय टीका गुरुङ, सुबेदार कृपासुर गुरुङ लगायत हामि दाजु भाईहरुको डटफट, गफगाफको रमाईलो क्षणहरु सम्झि रहेकोछु |

Continue reading “मेरो कुल(बायु) पुजा हिज र आज”

भगवान गौतम बुद्ध र उहाको उपदेशको संक्षिप्त सार !

– अधिवक्ता प्रेम गुरुङ दुबो 

१) शाक्यमुणि भगवान बुद्ध को हुनुहुन्थ्यो ?

Continue reading “भगवान गौतम बुद्ध र उहाको उपदेशको संक्षिप्त सार !”

लिपु लेकको तरंगले नेपाली बुद्ध र गोर्खालिलाई बिउझाउला त ?

http://everesttimes.net/archives/17277?fbclid=IwAR0KDE-5fQxzJDxl7UDkY3qKcWT6CG5KlCvcomDFgan8btf1i2VbQi7o0qU

अधिवक्ता प्रेम गुरुङ दुबो

नेपालले किन दोहोरो नागरिकता नीति लागु गर्नु पर्छ ?

https://www.nepalipatra.com/news/prem-gurung-dubo/38111?fbclid=IwAR1Ov2htMXInjWk-q5ZJl-3lh0eMKsdPbVke_tZiNqT9WWxpLO-10uqS3sM

अधिबक्ता प्रेम गुरुङ दुबो

म आफैलाई फर्किएर हेर्दा !

अधिबक्ता प्रेम गुरुङ दुबो ( लेम्मो/लेम्मे लामिछाने )

बिषय प्रबेष :-

मेरो जीवनका भोगाई र अनुभवको कथाले भोलिका नया पुस्तालाई केहि सुचना र खुराक पुगि हाल्छ कि भन्ने आशयले मेरो जीवन यात्रा बिबरण लेख्ने सोचमा थिए र अझै पनि छु, तर मेरो स्वास्थ्य स्थितिले धेरै पहिले लेखि सकेको पुस्तक प्रकाशनमा ल्याउन समेत उल्झन भइरहेको बेला कोरोना महामारिले गर्दा जीवन यात्रा लेख्ने सोच तुहिने त होइन भन्ने डरले दुख सुखको यात्रामा भेटिएका लोभ लाग्दा साथिहरु र देखिएका चाख लाग्दा सुन्दर ठाउँ , क्षण र पात्रहरुलाई केहि पछि प्रस्तुत गर्ने गरि हाल मेरो यात्राका केहि छोटकरी रुट र अनुभवका बुझाई र दृस्टिहरु प्रस्तुत गर्दछु | 

Continue reading “म आफैलाई फर्किएर हेर्दा !”

कोरोनाको लकडाउनमाआफ्नै लघु कथा!

– अधिबक्ता प्रेम गुरुङ दुबो

आदरणिय सम्पूर्ण बिश्वभरका नेपाली जनहरु ,

जीवन आशा उत्साह रहर र सुन्दर सृजनाका मुहान हो ! हामी सबै बिद्यार्थी , कलाकार,कथा कहानी ,वास्तविक भूमिकामा रहेर खेल्ने पात्रहरु र पढ्नै पर्ने किताबहरु हौ !

Continue reading “कोरोनाको लकडाउनमाआफ्नै लघु कथा!”

कोभिड १९ ले तरंगित मनहरु

-अधिबक्ता प्रेम गुरुङ दुबो

हामी नेपालीहरुको प्रचलित उखान छ , हुलमुलमा जिऊ जोगाउनु , अनिकालमा बिउ जोगाउनु , भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर अडीन्न |

Continue reading “कोभिड १९ ले तरंगित मनहरु”