तमु( गुरुङ ) सम्पदा त्रि – भाषिक पुस्तक सम्पादन र प्रकाशन सम्बन्धि तमु फोरम युके – बोर्डको भाईवर समुहमा प्रेषित विचार 

– अधिबक्ता प्रेम गुरुङ दुबो 

आदरणिय सम्पूर्ण आफन्त जनहरु, सबैमा न्यानो अभिबादन !

मेरो दृस्टिकोण २ अप्रिल २०२२ को इडिटोरियल बोर्ड मिटिङ्ग पश्चात ५ अप्रिलमा र त्यस अघि पनि लेखन कार्यलाई सहयोग पुगुन भनि यस भाईवर ग्रुपमा पनि राख्दै आएकोछु र पुन पुस्तक प्रकाशन अघि सम्पादनको क्रममा छलफलहरु चलाउदा र सबैको विचार र दृस्टिकोणहरु अघाडी आउदा पुस्तकको स्तरियता, परिमार्जन र बास्तबिकता अनि हाम्रो समाजको एकता र स्वाभिमानता बढाऊन सक्ने सन्देश मुलक साच्चिकै एईतिहासिक तमु गुरुङ सम्बन्धि सम्पदामुलक पुस्तक निर्माणमा सहयोग पुग्न सक्ने भएकोले पुन फेरि तिनै कुराहरु दोहोर्याउन गईरहेकोछु अन्यथा भए क्षमा चाहन्छु |

मेरो दृस्टिमा बर्तमानको हाम्रो अबस्था र माहोल हेर्दा पढ्दा अहिलेको प्रकाशनले त हाम्रो बारे अब हामि आफैले हाम्रो पहिचान खोजौ लेखौ र निर्माण गरौ भनेर नया पुस्तालाई आधार तयार पारि दिने र बौद्धिक छलफलको परम्परा र लेखनको थालनी गर्नु पर्छ भन्ने प्रारम्भिक सुरुवात र हाम्रा बर्तमानको बास्तबिक तस्बिर देखिने अनि हिज र भोलिको दृश्य हेर्न सहज हुने भ्युटावरको दस्ताबेज मात्रै हो | अर्थात यो पुस्तक हिजो र भोलिको अध्यन अनुसन्धान गर्ने बर्तमानको आँखा हो र त्यो अनुरुपको समन्वयात्मक विचार यसमा समेटिन सकोस भनेर हामि सबैले सोचौ |

अत यो पुस्तकले हामि तमुहरु बिच फाटो होईन एकता र स्वाभिमान भई नया सोच र मार्ग निर्माण गर्दै अघि बढ्ने उत्साह र प्रेरणाको सन्देश दिने कोशिस गर्नु पर्छ भन्ने तर्फ सके सम्म   हामि सबैले सोचौ, फुटेर होइन जुटेर मात्रै हामि र हाम्रो समाज अघि बढ्न सक्छ र यो विश्वलाई पनि शान्तिको मार्ग तर्फ एक जुट भएर अघि बढाऊन र केहि देन दिन सक्छौ भन्ने तर्फ हामि सबैले सोचौ !

हामिलाई अहिले गुरुङ पिरियडबाट तमु पिरीयड सम्म पुग्नलाई पनि धेरै अध्यन अनुसन्धान र बिष्लेषण गर्नु पर्ने हुन्छ | 

तसर्थ: हाललाई बर्तमान गुरुङ पिरियडबाट स्पस्ट देखिएको र प्रचलनमा आईरहेको परम्परा तर लोप हुन आँटेका तमुहरुको पे धर्मशास्त्र, बाच्ने परम्परागत जीवन शैलि, भाषा, सस्कार सस्कृति, चाँड पर्ब, चालचलन, तमु भाषामा सम्बोधन गरिने गाउँ ठाउँ कोट, गढी , दरवार, देवी देवता र मन्दिरहरु आदि लगायत बिभिन्न गाउँ ठाउँ र नामहरु संकलन र उत्पति सम्बन्धि  ब्याख्यासहितको पुस्तक प्रकाशन गर्न सक्यौ भने विवादरहित ढंगले हामि र हाम्रा नया पुस्तालाई बिभिन्न एंगलबाट हेर्दै मानव सभ्यताका अग्रिमपंक्तिका मानव समुदाय बनेर हिड्ने  प्रेरणा अवशर र भाग्यको मार्ग पहिलाऊदै जान सजिलो हुने काम हाम्रो हेरिटेज दस्ताबेजले गर्न सक्ला कि भनेर सोचौ भन्ने मेरो सुझाव हजुरहरु समक्ष राख्छु |

त्यसपछि अर्को चरणमा मनाङ्ग, मुस्ताङ्ग, काठमाणडौ उपत्यका र हिमाल वारि पारि आउ जाउ र समाज निर्माण प्रक्रिया र बिकास बारे र डा टे भाईको थेसिस, कृष्ण भाईहरु जस्ता युवा खोजकर्ताहरुको खोजहरु, मेरो ( काठमाणडौ उपत्यकाबाट तमुवान क्षत्र तर्फ लागेको भन्ने म आफैलाई फर्किएर हेर्दा भन्ने  लेख) र अन्य स्कलर व्यक्तिवहरु लगायतको लेख पुस्तक, आवाज र दृष्टिकोणहरुलाई केलाउदै पुरानो अवधि र हाम्रो पुर्खाहरुको सभ्यता पहिलाउदै छलफल गर्दै लेख्दै प्रकाशन गर्दै अघि बढ्दा विवादरहित ढंगले अघि बढ्नलाई सजिलो हुन्छ कि ? 

 कसो गर्दा प्रारम्भिक चरणमै बिबादमा नअल्झि हाम्रो आफ्नै पहिचानको सुन्दर घरको नक्सा कोर्न र जग हाल्न अनि विश्वकै सुन्दर र बिशाल घर निर्माण गर्दै अघि बढ्न सकिन्छ भनेर हामि सबैले सोच्दा उपयुक्त हुन्छ कि ?

यसै सन्दर्भमा अन्यथा भए माफि माग्दै मैले बि. सं. २०७७ सालको बडादशै ताका लाम्छाने भाई खलकको भाईवर समुहमा सम्प्रेषित मेरो विचार अहिले फेरि पनि हामि सम्पूर्ण तमु गुरुङहरु बिच चिन्तनको लागि राख्न सान्दर्भिक नै होला कि भनेर शेयर गरेकोछु, अन्यथा भए फेरि पनि क्षमा चाहन्छु |

+ लामछाने गुरुङ भनेपछि कालो गोरो होचो अग्लो धनि गरीब जे जस्तो र जहाँ बसेको भेटेको भए पनि दाजु भाई , चेली माईती भनेर जान्नु चिन्नु ब्यबहार गर्नु है बाबु नानीहरु हो ! 

 उनीहरु आपसमा कुटुम्बेरी होइन , दाजु भाई हो है ! 

 उक्त भनाई मैले मेरो बाजे बजु, बाबु आमा र रोधि, पुटपुटे, अर्घौ, विबाहबटुल , जन्ति आउदा जादा र बिभिन्न भेला जमघट, भेटघाट आदि ठाउँहरुमा भेटिएका तमु बुज्रुकहरुबाट सुनेको मौखिक शन्देस हो |

आदरणिय बिश्वभरका सम्पुर्ण तमु गुरुङ लामछाने बंशज र समस्त नरनाताहरु ,

हाम्रा प्राचिन पुर्खा महादेवका अथहा शक्ति र तान्त्रिक ज्ञान अनि बुद्धका करुणामयि तार्किक सत्यका बौद्धिक ज्ञानका शक्ति र प्राचिन महर्षिहरुको तप तपस्या र चिन्तनबाट उत्पादित ज्ञानका तरंगहरुसँग जोडिदै आधुनिक ज्ञान बिज्ञान र अध्यात्मिक परमज्ञानको  साथ र सहारा लिदै हामि, हाम्रा आफन्त र परिवार जनहरु पनि बिश्वका सम्पुर्ण मानव सभ्यताका मुल धार र मुल खम्बा भएर हामि सम्पूर्ण मानव जातिलाई युगौ युग बचाऊँ, बाचौ र सारा बिश्व ब्रह्माण्डलाई पनि बचाउने अठोट गरौ भन्ने कामनाकासाथ सबै सबैमा न्यानो अभिबादन र बडा दशै तथा तिहार(२०७७) को मंगलमय शुभकामना !

प्रिय बन्धुहरु,

नेपालमा इन्स्पेक्टर ध्रुब दाई र युकेमा मेजर उदय भाईहरुको टिमले आआफ्नै बुझाई र पाराले छुट्टा छुट्टै लामछाने बंशावली समाज निर्माण गर्नु भएको खबरले म निकै दुखित भए र तुरुन्तै ध्रुब दाई, उदय भाई, राजु भाई( Tamu cultural Forum) डा. सि बि दाई, दिर्ग भाई, नेर्पा हाल युके बस्नु हुने जगत दाई र मेरो भेक तिरका केहि लेम्मो, पोलो, राहुल लगायत दाजु भाईहरुलाई फोन गरेर र मनाङ्गबाट आएको र मुस्ताङ्गबाट आएको कारण फरक हो भन्ने असमजदारी दुर गर्न मेरो अनुभव र हेराईहरु शेयर गरे |

जस्तो कि मनाङ्गबाट हिज घोरेटो बाटो बन्न अघिको मर्स्याङ्ग्दिको अक्करे भिर भएर लम्जुङ्ग आउनु जानु भन्दा थोरङ्ग पास भएर मुस्ताङ्ग आवत जावत गर्न सजिलो भएकाले मनाङ्ग मुस्ताङ्ग जहाबाट आएको गएको भए पनि कुटुम्बेरी ब्यबस्थापनको लागि लामछाने पहिचान ग्रहण गरेका समय देखि यताका सबै खलक लामछानेहरु एकै भाइ लेम तमुका सन्तानहरु हुन भन्ने बारे छलफलहरु गर्यौ |

ध्रुब दाईहरुको टिमले तयार पार्नु भएको ग्रुप चाटमा पनि बर्तमान र हिजका सामाजिक गतिबिधि र मेरो बिचारहरु छलफलको लागि लेखे |

यहा स्मरणीय के छ भने – हामि तमुहरुले गुरुङ पदवी( थर ) पाउनु अघि हामि तमु भनेर चिनिदाको समय हाम्रो तमु भाषामा हामि तमुहरु मध्यका निम्न उपथरका तमुहरु लेम , लम , कोन भनेर चिनिन्थ्यौ भने खानबाट शाह बनेका शाह राजाहरुले कास्की र लमजुङ्गका हाम्रा गाउँवै पिच्छेका भुरे टाकुरे कोटे राज्यहरु छिनि दिएपछि हामि तमु बाट गुरुङ भई क्रमश: लाम्छाने, लामा, घोताने भयौँ र गोत्र धारण पनि स्वीकारिएको इतिहास पाइन्छ र यस बारे भविष्यमा अज्झ अध्यन अनुसन्धान सुधार र ब्यबस्थित गर्दै जान सकिन्छ |

जे होस हालमा आएर सबै बंशजहरु मिलेर एउटै तमु गुरुङ लामछाने समाज गठन गर्न ध्रुब दाई र उदय भाई क्रमश: रास्ट्रिय र अन्तरास्ट्रिय कोअर्डिनेटर जुम मिटिङ्गबाट तोकिनु भएको सुनेर मैले पनि खुशि हुदै तत्काल हाम्रो भाईवर ग्रुप मार्फत सबै लामछाने बन्धुहरुलाई बधाई र शुभकामना ब्यक्त गरि सकेकोछु र फेरि पनि दोहोर्याउन चाहान्छु | 

बर्तमान महामारी र स्वास्थ्यका कारण तमुहरु लगायतको जुम मिटिंगहरुमा उपस्थित हुन नसके पनि हजुरहरुको विचार भाईवर र शुभचिन्तक दाजु भाईहरु मार्फत जानकारी प्राप्त भइनै रहेकोछ र तपाईहरु नया पुस्ताहरुको सक्रियता देखेर म एकदमै उत्साहित र खुशि छु |

आदरणिय बन्धुहरु ,

तपाईहरुलाई नया पुस्ता भनेर म सिनियर र जान्ने बुझ्ने हु भनेर भन्न खोजेको पटक्कै होइन | म त भर्खर हजुरहरुबाट सिक्दै छु ता पनि हाम्रो देश नेपालमा लोकतन्त्र आउन अघि यी यस्ता संस्थाहरु गठन र दर्ता गरि संचालन गर्न पाउन त परै जावस कुरा गर्दा समेत बिभिन्न बिल्ला भिराई दिने र सामाजिकरुप मै पनि बहिस्कृत हुनु पर्ने , दण्ड सजाय भोग्नु पर्ने अवस्था थियो |

पश्चिमका खगेन्द्र जङ्ग गुरुङ र पुर्बका काजिमान कन्दवालाई देख्यो भने हाम्रै मान्छेहरु पनि तर्किन्थे जसरि प्रजातान्त्रिक आन्दोलनमा लागेकाहरु देखि सर्बसाधारण जनताहरु तर्किन्थे, किनकि तत्कालिन शासकहरुले प्रजातन्त्र र मौलिक हकका कुरा गर्नेहरुलाई दमन गर्ने गरिन्थ्यो | 

 तर आज भोलि हरेक राजनैतिक पार्टिहरुले नै भातृ संस्थाकोरुपमा बिभिन्न समुदायगत समुहहरुलाई संगठित गरि उपयोग गरिरहेको पाइन्छ |

त्यो अवस्था अर्थात बि. सं. २०२५/२६ देखि नै म नेपालमा रहदा सम्म पनि हामि गुरुङहरुले पनि रास्ट्रपति, प्रधान मन्त्रि, मुख्य सचिव, सचिव, प्रधान सेनापति, राजदुत जस्ता उच्च पदहरुमा पुग्ने सपना देख्नु पर्छ भनेर कुदेको ब्यक्ति हु र तत्कालिन गुरुङ कल्याण संघका संस्थापकहरु खगेन्द्र जङ्ग गुरुङ, चन्द्रबिर गुरुङ, डा. हर्क गुरुङ, रोधिका भद्रा घले लगायतका अग्रजहरुको टिममा रहेर तमु धि नामक संस्थाको संस्थापक सचिव( त्यसताका महासचिव राख्ने प्रचलन थिएन) भएर काम गर्ने त्यसताकाका सक्रिय तमु युवाहरु मध्य म पनि एक थिए | त्यसैले म थाकि सकेको ब्यक्ति हु भने, हजुरहरु नया उर्जा र रहर बोकेर अघि सर्न खोज्नु भएका उर्जाशील प्रतिभाहरु हुनुहुन्छ भन्न खोजेको मात्र हु, अन्यथा भए माफि चाहन्छु |

हामि तमुहरु काठमाडौँ उपत्यकाबाट बाहिरिएर पश्चिम गण्डक क्षत्र तर्फ लागे पछि संगठित तमुवान क्षत्रका तमुहरुको भुरे टाकुरे गाउँ राज्यहरु कसरि खोसिए र बाइसे चौबिसे राज्यहरुमा राज गर्ने तमुहरुको नाम इतिहासमा किन लेखिएन ? सबै तमुहरु एउटै एकदमै नजिकका बंशजका सन्तानहरु हुदाहुदै पनि तमुहरुमा बिभाजन कसरि आयो ? र तमुहरुले कसरि गुरुङ पहिचान पाए भन्ने बारेमा मेरो विचार कर्णेल लालकाजी गुरुङ अध्यक्ष र श्रीप्रसाद गुरुङ महाचिव हुनु भएका समय ताका प्रकाशित तमु छोज धिको मुख पत्र तमु सुतामा मैले प्रेम लामछाने तमुको नामबाट एउटा लेख लेखेको थिए भने हिजका प्रतिकुल समयमा पनि अन्य समसामयिक पत्रिकाहरुमा पनि हाम्रो हक अधिकार पहिचान र दायित्वहरु बारे बिभिन्न उपनाम राखि थुप्रै लेखहरु मैले पनि लेखे र अन्य तमु प्रतिभाहरुले पनि लेख्नु भएको थियो |

तर जसको लागि लेखियो उहाहरुले पढ्दै पढनु भएन कि वास्तै गर्नु भएन बुझ्नै नसकिएका कारणले पनि हाम्रो समाजबाट देश र बिश्व हाक्न सक्ने व्यक्तित्वहरु जन्माउन अलि गारो भएको त होइन भनेर पनि सोच्ने समय आयो कि ?

तमु छोज ह्युल रास्ट्रिय परिषदद्वारा आयोजित जुम मिटिंगहरुबाट पनि हामि सबैले के जानकारी पायौ भने राज्यका स्थायी सरकार भनिने निजामति सेवा लगायत अन्य महत्वपुर्ण क्षत्रहरुमा हामि तमुहरुको उपस्थिति एकदमै न्युन देखियो भने बेलायतमा पनि सरकारी अड्डा अफिस र बिश्वबिद्धालयहरुमा पढाउने प्राध्यापन पेशा देखि लिएर हरेक ह्वाइटकलर, नेतृत्वदायी कार्यकारी पद र  पेशाहरुमा शुरुवात गर्ने जमर्को अनुपातका दृस्टिले नेपालबाट आउने अन्य दाजु भाईहरुको तुलनामा हामि तमुहरु केहि पछिनै देखिन्छ |

अब जाऊ ! हाम्रो संस्थाको नाम हाललाई तमु गुरुङ लामछाने समाज राखेको प्रति बहुसंख्यक सकारात्मक देखिनु भएपनि केहि भाईहरुले चित्त दुखाउदै हाम्रो अस्तित्वनै मेटिने भयो, लामछाने पहिचान हाम्रो होईन बाहुनको हो भन्ने प्रश्नहरु पनि उठाउनु भएको पाईयो र यसमा बुझनु पर्ने कुरा के हो भने- हामि आफैले हाम्रो अस्तित्व नमेटाए सम्म हाम्रो अस्तित्व कसैले पनि मेटाउन सक्तै सक्तैन | 

 म अर्थात हामि भविष्यमा यो भन्दा पनि  गौरवशालि पहिचान निर्माण गर्दै बिश्व ब्यबस्थापन गर्दै जानेछौ भन्ने बिश्वासकासाथ अघि बढ्ने क्रमका लागि नै त प्रेरणास्पद इतिहास चाहिएको हो होइन र ? एक्काइसौ शताब्दिको दास र रोहिंगा समुदायहरु झै अधिकार र देशबिहिन हुनलाई त होइन होला ?

अत: हरेक भाई खलकहरुले लामछाने गुरुङ भित्रका अन्य पहिचान लेख्न सकिन्छ र भविष्यमा लामछाने बाहेकका तार्किक र सबैलाई स्विकार्य हुने पहिचानको शब्द उपयुक्त देखिए राख्न सकिने प्रावधान राख्दै हाल उक्त नामबाट गोलबन्द हौ र हामि लामछानेहरुको मात्रै होइन, सम्पुर्ण गुरुङहरु र बिश्व मानव समुदायहरुको बारे पनि बिज्ञ र अग्रिम पंक्तिमा रहेर सेवा गरौ भन्ने सोच राखौ |

पहिचान र इतिहास परिवर्तन, निर्माण र लोप हुने क्रम युगौ युग चलिरहन्छ | लोप हुनबाट बच्दै हाम्रो मौलिक पहिचानकासाथ नया नया गौरवशालि पहिचान र इतिहास निर्माणमा लागि रहनुनै हरेक मानव जातिको कर्म पहिचान र धर्म हो |

हाम्रो लामछाने पहिचान बाहुनको हो भन्ने सवालमा मेरो दृस्टी र अध्यनमा हामि ब्राह्मण  सभ्यताका परम्पराको सम्पर्कमा आई पुग्नु अघि सम्म लम, लेम, कोनहरु मात्रै होइन कि हामि सम्पूर्ण तमुहरु एउटै बाबु आमाको सन्तानहरु  थियौ र हामिहरुलाई ब्रहामणहरुकै प्रचलन र परम्परा अनुसार कुटुम्बेरी सम्बन्ध जोड्ने ब्यबस्थापनको लागि गोत्र दिने र क्षत्रि हुन नमान्नेहरुलाई फुटाऊ र युज गर नीति अनुसार  लामा, लामछाने, घोताने, लेघे, कोके, घले लगायत बिभिन्न थर पहिचान दिएको देखिन्छ |

 लामछाने थर ग्रहण गर्न अघि हाम्रो पुर्खाहरुले पनि पुस्ता मात्रै बारेर सन्तान जन्माउने प्रचलन थियो र अझै पनि कतिपय मानव समुदायहरुमा पुस्ता र दुध मात्रै बार्ने चलनहरु पनि पाइन्छ र हामिले हाम्रा बिगतलाई अध्यन गर्दा के बिर्सनु हुन्न भने हामि मानिसहरु पनि कुनै काल जंगली जनावरहरुकै जीवन शैलिअपनाउने जंगली पुर्खाहरु कै  सन्तान हौ |

जहा सम्म लामछाने भन्ने शब्द बाहुनहरुको हो भन्ने कुरा छ मानव सभ्यतालाई आजको अवस्था सम्म ल्याई पुर्याउने हरेक बस्तु, शब्द, बिधि, बिधान, ज्ञान, बिज्ञान, सिप र कुनै पनि सुन्दर सृजनाहरु कसैको पेवा हुदै हुदैन र सबै मानव प्रजातिहरुको पुर्खाहरु एउटै बंशका हुन भन्ने बैज्ञानिक प्रमाणहरुलाई पनि मध्यनजर राख्दै सारा बिश्व मानव सभ्यताको मेरुदण्डकोरुपमा हामिलाई कसरि उभ्याउने भन्ने तर्फ हाम्रो सोच र प्रयत्न हुनु पर्छ कि ?

बिकल्प र क्षमता बिनाको नकारात्मक सोचले हामिलाई डायनासोरको बाटो तिर पुर्याउछ कि भनेर पनि सोच्नु पर्छ |

बौद्ध गुरु पद्मसम्भव ब्राह्मण सभ्यताका हुन भने ऋषि कश्यप र बेदब्यास लगायत थुप्रै ऋषि महर्षिहरु किरात सभ्यताका पनि छन | काले राई( स्वामी प्रपन्नचार्य) नै पनि उदाहरण हुन | हिजकै अबस्था भईरहेको भए रणधिर सुब्बा, लैनसिंह बाङ्गदेल, चन्द्रबिर गुरुङ र पुर्ब अञ्चलाधिस द्वय रत्न बहादुर गुरुङ र मकर बहादुर बान्तवाहरु जस्ता स्वभाव र जिम्मेवारीमा पुग्नेहरु क्षत्रि वा ठकुरी भएर चिनिने थिए | मगर र मगधलाई अरुको आँखाले नभई आफ्नै प्राज्ञिक आँखाले अध्यन अनुसन्धान गर्ने हो भने त्यहा पनि किरात स्वभावका गुरुङ मगर तामाङ्ग राई लिम्बु सेर्पा आदिको नजिकको सम्बन्ध जोडिन पुग्छ |

यसै सन्दर्भमा हामि गुरुङहरुको सास्कृतिक धरोहर हुदै आएको घाटो, सोरठी, कृष्ण चरित्र आदिलाई कसरि हेर्ने र ब्याख्या गर्ने त्यस तर्फ पनि हाम्रो सकारात्मक ध्यान जानु पर्छ कि ?

सिद्धार्थ गौतम बुद्धको विचार ब्राह्मण गुरु पुरोहितहरुले समाजमा अन्धबिश्वास फैलाई धर्मलाई विकृत शोषणका माध्यम बनाएकाले जन्मिएको देखिन्छ भने तिनै बुद्धका विचार बिरुद्ध आदि शंकराचार्यले बुद्धिस्ट भिक्षुहरुलाई दबाउन के सम्म गरेन तर पनि हालमा आएर ब्राह्मणहरुले बुद्धलाई बिष्णु भगवानको अवतार मात्रै होइन कि हाम्रा प्राचिन पुर्खा किरात महाबंशका प्राचिन सम्राट महादेवलाई समेत अनेक नाम उपनाम र पहिचान दिएर आफ्ना आराध्य देवकोरुपमा मान्दै आइरहेको पाइन्छ | अत : यात्रालाई सफल र सुखद बनाउन बहिस्कार मात्रै होइन ग्रहण गर्न पनि सिक्नु पर्छ की भन्ने तर्फ पनि सोचौ |

त्यस्तै हालैमा सुदिप श्रेष्ठले पचली भैरव फर्पिङ्गका किरात राजा हुन भनि सेतोपाटी अनलाईमा लेख्नु भएकोछ | त्यसैले तमुहरुको मुलधारको इतिहास कोट्याउदा काठमाडौँ उपत्यका भएरै खोजिनु पर्छ भन्ने आधारहरु थुप्रै दिन सकिन्छ |

हरेक समुदायहरुको मुलधारमा लडाई युद्धका कारण हरेक कालखण्डहरुमा आउने जाने अर्थात मिसिने र छुटिने पनि भइनै रहन्छ |

अर्थात: अरुले लेखेको बोलेको शब्द र कथा कहानीहरु भित्र पनि हाम्रो भविष्य निर्माणका सुन्दर मार्गहरु देखिएमा त्यसलाई पनि भरेङ्ग बनाउदै हाम्रो भावि मार्गहरु डिजाईन र निर्माण गर्दै अघि बढनु पर्ने हुन्छ | 

बिना अध्यन,सोच, चिन्तन, योजना र डिजाईन एक्सन लिने हाम्रो परम्पराकै कारणले त नेपाल एकिकरण र बिश्व एकिकरणका महान योद्धा र अभियन्ताहरुको सन्तान भएर पनि हामि तमुहरु निर्णायक स्थानहरुमा पुगेर बिश्वब्यबस्थापनको जिम्मेवारी लिन सक्ने अबस्थामा छैनौ हैन र ?

तमुवान क्षत्रका तमुहरुको राज्य हरण गर्ने क्रम र फुटाऊ र राज गर सिद्धान्त अनुरुप जात झार्ने र बढाई दिने प्रथा केहि बर्ष अघि सम्म पनि देखिए पनि उनिहरु पाण्डव र कौरवका जुवा युद्धमा हार्ने पाण्डवहरुलाई दुर्योधनले बनबास मात्रै होईन पहिचाननै फेरि दिनु पर्छ भन्ने जस्ता कुटिल सोचका उपज मात्र हुन आखेरि हामि सबै एउटै दाजु भाईका सन्तानहरु हौ र हामि तमु गुरुङहरु मात्रै होईन सम्पूर्ण मानव प्रजाति सबै अफ्रिकन होमोसेपियनका सन्तान हौ र हामि सबै शुर बिर, ज्ञानी, बहादुर छन र हुन | तर सोच्दै बुझ्दै हेर्दै जान्नेहरुसँग सोद्धै अघि बढ्ने प्रयास चाहिँ हामि सबैले गर्नै पर्छ | अरुकै मात्र भर र आस गर्ने ब्यक्ति वा समाज कहिल्यै उभो लाग्दै लाग्दैन भन्ने पाठ नबुझिए सम्म हामि केहि गर्न सक्दैनौ |

खम्बुवान र लिम्बुवान क्षत्रमा सैयौ थर भए पनि तमुहरुमा झै उनिहरु बिच कुटुमबेरि गर्दा सानो ठुलो भन्ने चलन पाइन्न |

अत: समय परिस्थि र बाध्यताका कारण कुटुमबेरि ब्यबस्थापन भएपछि पनि हाड नाता पर्नेहरु भित्र कुटुमबेरी गर्ने गरेको भए पनि अब गर्नु हुदैन कि भनेर सोचौ र हिज ओत लाग्नलाई मात्र गुरुङ तमु थर ग्रहण गर्नु भै लोकतन्त्र आएपछि आफ्ना पुरानै पहिचानमा फर्किएर जानु हुने कोहि हुनु भए त्यो उहाहरुको स्वतन्त्रताको बिषय हो तर तमु या भाई खलक हुँ भनि हाम्रा समुदायमा सामेल हुने हरेक गुरुङहरु समान हुन र हाम्रो पुर्ख्यौली धर्म र परम्पराले मानिसहरु बिच सानो र ठुलो जात भनेर विभेद गर्दैन |

 तर अराजक सोच र अन्धविश्वासमा आधारित असान्दर्भिक परम्पराहरुलाई सुधार चाहि गर्दै जानु पर्छ कि ?

छोटो लेख्न चाहादा चाहादै पनि लामो भएकोमा सबैसँग माफि माग्दै भाई फुटे गवार लुटे नहोस र जातीय सवालहरुमा बिना अध्यन र होमवर्क लेख्दा बोल्दा डढेलो लाग्न सक्ने तर्फ पनि हामि सबैले ध्यान दिउ र देश विदेश बुझेका आदरणिय ध्रुब दाई र उदय भाईका उत्साहरुलाई सकारात्मक सुझाव र सहयोग गर्दै सबैले सघाऊँ र संयोजक बन्धुहरुले पनि सबैको भावना र प्रतिभाहरुलाई समेटेर हाम्रो संस्थालाई टायम पास गर्ने इन्टरटेन्टमेन्ट सेन्टर होइन स्टडिज सेन्टर बनाउनु हुनेछ भन्ने आशा र कामना गरौ |

प्रेम गुरुङ दुबो( लेम्मो/ लेम्मे लामछाने )|

+ उक्त लेख मैले युकेका लाम्छाने गुरुङ मेजर उदय भाई र नेपालका लाम्छाने गुरुङ इन्स्पेक्टर ध्रुब दाईहरुद्वारा क्रियट गर्नु भएको लाम्छाने भाई खलकको भाईवर ग्रुपमा सम्प्रेषण गरेको थिए तर उहाहरु एक भएर जान सक्नु भएन ता पनि हामि तमुहरुको प्राचिन जरो र पहिचान बारे अध्यनकै क्रममा भएकाले र लिम्बुहरुमा पनि एक थरि हामि काठमाणडौ उपत्यकाबाट गएका किरात मात्रै होईन लिम्बु पनि होइनौ याक्थुम्बा हौ भन्ने र हामि काठमाणडौ उपत्यकाबाटै आएका किरात लिम्बुनै हौ र हुनु पर्छ भन्ने बहस चलिरहेझैँ हामि गुरुङहरुमा पनि मनाङ्ग र मुस्ताङ्गको कुरा आएको र मेरो अध्यन र दृस्टीमा पनि हाललाई डा जगमान दाईकै भनाई अनुसार कोल्हासोथर लगायत अन्नपूर्ण हिमाल क्षत्रका गण्डक प्रदेशलाई नै गुरुङहरुको ओरिजिन केन्द्र बनाएर अध्यन अनुसन्धान गर्दा भोलि त्यो भन्दा अघिको हाम्रो पुर्ख्यौली रुट खोज्न सहज हुन्छ कि ? 

अत अहिले पहिलो प्रकाशनमा बर्तमानलाई अपडेट गरौ र त्यस अघिका माईग्रेसन रुट बारेको अध्यन अनुसन्धानलाई हामि सबैले जारि राख्दा उपयुक्त हुन्छ कि ? 

आदरणिय आफन्त जनहरु ,

हामिले विवाद होईन, मिलनका विन्दुहरू खोज्नु पर्छ | व्यक्तिलाई लिएर होईन विचार र दृस्टिकोणलाई लिएर भद्र विचार विमर्श, अध्यन अनुसन्धान गरि सहि मार्ग पहिल्याएर अघि बढ्ने परम्पराको शुरुवात गर्नु पर्छ | 

मेरो अध्यन र दृस्टिमा हामि अफ्रिकाबाट सिन्धु नदी हुदै कैलाश पर्बत भएर नदी नाला खोंच भन्ज्याङ्ग उपत्यकाहरु हुदै हिमालय पर्वतको दक्षिण तर्फ नेपाल, इन्डिया, भुटान, बर्मा, कम्बोडिया, भियतनाम, इन्डोनेशिया, मलेसिया, फिलिपिन्स, श्रीलंका लगायतका र उतर तर्फ चीन, मंगोलिया, साईबेरिया, कोरिया, जापान, उतर र दक्षिण अमेरिका सम्म तमु स्वभाव समेत बोकेका प्राचिन किरात स्वभावका मानव प्रजातीहरु छरिएको पनि सहि हो |

गुरुङहरुको सृस्टि अन्नपूर्ण हिमालको काखमै भएको भन्ने भनाई पनि सहिनै हो | मनाङ्ग र मुस्ताङ्गबाट आएको र गएको भन्ने भनाई पनि सहिनै हो र बिश्वभरका सम्पूर्ण मानव प्रजातिहरू होमोसेपियन्सकै सन्तानहरु हुन भन्ने कुरा पनि डि एन ए ले समेत सहिनै देखाएको कुरा हुन , त्यसमा खाली बसाई सराईका काल क्रमको कारण भिन्नताहरु देखिदै र हराउदै जाने क्रममा आज हामि गुरुङहरु कुन मोडमा छौ भनेर अध्यन गर्न हामि बिच विवाद होईन, विमर्श गर्दै अघि बढ्नु पर्छ कि भन्ने सबैमा मेरो बिनम्र आग्रह छ र आ- आफ्नो विचार यस समुहमै पनि लेख्दै जाऊ र सबैको नया विचारहरु उक्त पुस्तकमा नपरे पनि उधृत चाहिँ गरौ, त्यो पनि भएन भने पनि लेख्न चाहिँ नछाडौ भोलिको पुस्ताले मुल्याकण गर्नेनै छ किनकी यो कार्य भोलिका पुस्तालाई हाम्रो पुस्ताको अमूल्य उपहार हो |

फेरि पनि अन्यथा भए क्षमा चाहान्छु र मनाङ्ग मुस्ताङ्गबाट भएर आएको भनि उल्लेख गरिए मेरो भनाई तेस्रो शताब्दी तिर लिच्छिबिहरुबाट हार खाएपछि तमुहरु काठमाणडौ उपत्यकाबाट गण्डक क्षत्र तर्फ प्रबेस गर्ने त्यस क्षत्रका बर्तमान मानव सभ्यताका पहिलो मानव प्रजाती हुन भनि उल्लेख गरि दिनु हुन म आदरणिय लेखकज्युहरु, तमु फोरमका निर्णायक व्यक्तित्वज्युहरु र तमु संघ संस्थाका नेतृत्व बर्ग र सम्पादन मण्डलका संयोजक एबं सदस्यज्युहरुसँग आग्रह गर्दछु | त्यसमा म बिस्वस्त छु र त्यसको अध्यन अनुसन्धानमा पनि छु | 

अत: मनाङ्ग- मुस्ताङ्ग भएर पनि हाम्रा पुर्खाहरु आए गए तर नेपालका तमुवान क्षत्रका बर्तमान मुल रैथाने तमु गुरुङहरुको पुर्खाहरु भने तिस हजार बर्ष ई. पू . देखि बागमती उपत्यकालाई राजधानी बनाई सारा हिमवत क्षत्रमा राज्य गर्ने प्राचिन किरातहरुको समूह नै हुन भन्नेमा प्राज्ञिक दृस्टी र बुझाइले म बिश्वस्त छु |

जसको पुस्टि निम्न अध्यन र भनाईहरुले पनि गर्छ :- नेपाल सरकारको पुरातत्व बिभाग र यु एस एस आर को पुरातत्व अध्यन कार्यक्रम अन्तर्गत रसियाबाट आउनु भएको डाक्टर एनातोल्ली इसेन्कोले नेपालको प्राचिन मानव समुदायहरुको बारेमा प्राप्त प्रमाणहरु उल्लेख गर्दै बुढानिलकण्ठमा प्राप्त प्राचिन बिभिन्न भाडा कुडा तथा ढुङ्गाका हतियारहरु तिस ३० हजार ई.पू. पुराना हुन र यहि प्रकारका हतियारहरु मंगोलियाको गोबिमा पनि प्राप्त भएको थियो र यसबाट के प्रमाणित हुन्छ भने तामांग र तमुहरु अति प्राचिन काल देखि यम्बु अर्थात काठमाणडौमा बसोबास गर्न थाले र यिनै हाल मङ्गोलाइड भनिने प्राचिन कालका किरातहरुको सन्तानरु मध्यकै आजका तमु र तामाङ्गहरु पनि हुन | यस बारे History in Nepali युट्युबमा इतिहास अध्यता सार्थक नेपालले उल्लेख गर्नु भएको छ भने जनकलाल शर्माले पनि पुरात्वतो विभागको रिपोर्टमा रसियनहरुले प्राप्त गरेका प्राचिन बस्तुहरु कार्वनडेटिङ्ग गर्दा तिस हजार बर्ष पुरानो भएको र मंगोलियाको गोबिमा प्राप्त सामग्रीहरुसँग मिल्दो जुल्दो रहेको भनि उल्लेख गर्नु भएको पाइन्छ | त्यस्तै प्रा. एबं इतिहासबिद तुलसीराम बैद्यका अनुसार गोपाल बँशी शासकहरुले ई पू १६११ देखि शाषण गरेका थिए जब कि तामांगहरु ३० हजार ई पू देखिनै यम्बु क्षत्रमा बसोबास गर्दै आएकाछन | यसलाई अलेक्सजेन्डर म्याक डोनाल्डले पनि स्वीकारेकाछन र तामांग प्रथम मुलबासीहरु हुन भनि सार्थक नेपालले पनि भन्नु भएकोछ भने तमु र तामांग बिच धेरै नजिकको सम्बन्ध रहेको पाइन्छ |

मेरो ७ अक्टुवर २०२० मा प्रकाशित र बिभिन्न सामाजिक संजालहरु मार्फत प्रसारित निम्न लेख मार्फत म आफैलाई पात्र बनाएर लेखिएको मेरो संक्षिप्त दृस्टिकोण पनि जानकारीको लागि पुन प्रस्तुत गरेकोछु :- 

हजुरहरु सबैमा सुस्वास्थ्य दिर्घायु र सुखद जीवन यात्राको शुभकामना 💐🙏💐

Prem Lem Tamu Gurung Dubo 

Editorial Board Member, Tamu Heritage Trilingual Book, Tamu (Gurung) Culture Forum, UK

One thought on “तमु( गुरुङ ) सम्पदा त्रि – भाषिक पुस्तक सम्पादन र प्रकाशन सम्बन्धि तमु फोरम युके – बोर्डको भाईवर समुहमा प्रेषित विचार 

  1. प्रेम जी शुभप्रभात। सायद मैले दाई भन्नु पर्छ जस्तो लाग्छ। अबदेखि दाई भन्न अनुमति माग्छु। तपाईं को विचारसंग धेरै मात्रामा सहमत छु। मेरो विचारमा पनि हामी काठमाडौं उपत्यका को किरात को वंशजको हो कि जस्तो लाग्छ र यो दृष्टिकोणबाट पनि खोजी हुन जरुरी ँँ छ जस्तो लाग्छ। वंशावली मा भनिए जस्तो दछिण बाट भनिएको चित्त बुझ्दो देखिदैन। उत्तर कोको ोोनो र पनि काल्पनिक हो जस्तो लाग्छ भएपनि त्यो ८ हजार बर्ष अघिको मानवलाई हाम्रो पुर्खा भनेर जोड्नु तर्क युक्त देखिदैन। आधुनिक मानव सभ्यता र चिनारी धेरै पछि मात्र बनेको हो। बिकसित चिनियाँ सभ्यताले आफुलाई ५ हजार बर्ष पुरानो भन्छ भने। हामी त्यति टाढा पुग्न पर्दैन पुर्खा खोज्न। २००० देखि २५०० भित्र ँतमुहरुको छुट्टै पहिचान शुरु हुन थालेको हुनुपर्छ र त्यो जड काठमाडौं को किरात र तिब्बत वरीपरि हुन सक्छ। रह्यो लामछाने हरु एउटै छातामुनि रहेर एकता मा रहिरहनु अपरिहार्य छ।‌‌ डा जगमानले आजकाल भन्न थाल्नु भएको अन्नपूर्ण छेत्र गुरुङ्ग हरू को उत्पत्ति छेत्रबारे मेरो फरक मत छैन तर उहाँले प्रतिपादन गरेको क्ले, सुगी, कुगी वंशावली कै परिवर्तित निरन्तरता हो भन्ने लाग्छ र यो नै घलेहरुले गुरुङ्ग होईन र अहिले लामिछाने हरूको विवाद विवादको जड हो जस्तो लाग्छ मलाई। ७०० बर्ष यता केही प्रमाण हरू भेटिएको लाइ राम्ररी व्याख्या गर्न नसकेका हरुले त्यो २००० बर्ष अघिको कुरालाइ के आधारले ठोकुवा गरेर को कसको सन्तान र कुन कुन ठाउँमा बसेको भनेर न्हेजा तोक्नु के आधार? नोचन को कथा वंशावली कै कथालाई बंगाइएको र महाभारत को भिमले बन बासकोबेला मारेको मान्छे खाने राछस संग जोडेर नयाँ किम ााबा दनति बनाएको प्रष्ट छ। वंशावली नै आधार मानेर घले, किन, लम एउटाको संतान, लेन, प्ल्होन एउटा र बाँकी एउटाको संतान लाइ भैरहेको विवादलाई साम्य गरेर एकता को लागि बाटो बनाउनु पर्ने। त्यसो नभएर भैरहेको विवादलाई सहि ढंङले समाधान गर्नुको सट्टा नयाँ किम्बदन्ती जोडेर त्यसैको आधारमा फुट सिर्जना गर्नु आधुनिक युगकाफुटाउ र राज्य गर भन्नेवालाहरुलाइ सहयोग भैरहेको छ। अवको युगमा वितेको द्वेष कलह लाई त्यागेर समस्त गुरुङ्ग हरू तपाइँले औल्याउनु भएको सवै छेत्रमा सछमता साथ अरु संङ प्रतिस्पर्धा गर्दै अघि बढने बेलामा त्यो अग्यात युगको काल्पनिक कुरामा अल्झेर टुटफुट हुनुले हाम्रो कल्याण गर्ला र? सदियौं देखि अपनाएको शव्द लाई गुरुङ्ग भाषा को होईन भनेर छि छि दुर गर्नु त झनै अनौठो देखिन्छ। दाइको सोच राम्रो ‌लाग्छ। हामी ेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेेलाम्छानेलाइ एक ठाउँमा जम्मा भएर सदियौं देखि को भातृत्व लाई सुदृढ गर्न दाई बाट ठूलो आशा राख्दछु छु। सेवाढोग नारायण बहादुर गुरुङ्ग प्ल्होन लाम्छाने तमु गुरुङ्ग 009779841995832

    Like

Leave a comment