आजको युगमा बाँच्न र बचाउन बिश्व बजारसँग जोडिनै पर्छ

–अधिबक्ता प्रेम गुरुङ दुबो

बिश्वभरका सम्पूर्ण नेपालीहरु, लिग अफ नेसन हुदै यु एन स्थापनामा हाम्रा पुर्खाहरुको रगत पसिना बगेको न बिर्सौ !

हामि गोर्खाली नेपालीहरु, यो बिश्व एकिकरणका महापुरुषहरुका सन्तान र बिश्व ब्यबस्थापनको एक बलियो साझेदार शक्ति हौ र अझै छौ तर हामिले हामि आफैलाई चिन्न र जान्न सकिरहेका छैनौ !

एक्काईसौ शताब्दीको सुलभ युगमा बुद्धि आर्जन गर्दै ज्यालाको आशमा हैन , ज्याला दिने सोच लिएर बाच्न सिक्नु र सिकाउनु पर्छ अनि मात्रै हामि महादेव र बुद्धका अनुयायी ठहर्ने छौ ! हामि जे गर्छौ र सोच्छौ त्यहि हाम्रा सन्तानहरुले सस्कारकोरुपमा लिने भएकाले हामि पशु भएर हैन मान्छे भएर बाच्ने प्रयासमा लागि रहनु पर्छ !माग्ने हैन दिने सोच र सपना लिएर अघि बढ्नु पर्छ !

रबि लामिछाने त बिश्वभरका रास्ट्रप्रेमी नेपालीहरुका आवज बोकेका एक प्रतिनिधि पात्र मात्र हुन ! त्यो आवाज सारा देश भक्त नेपालीहरुको आवाज हो !

किन कि, यो पृथ्बी आज हरेक दृष्टिले सानो ग्लोबल भिलेज हुदै ग्लोबल रुमकोरुपमा परिणत हुदै गइरहेको सन्धर्भमा महादेव, ऋषी महर्षि, बुद्ध, गोर्खा र सर्बोच्च हिमालको देश नेपाललाई एक्काईसौ शताब्दीको बिश्वका राजधानी बनाएर हाम्रा पुर्खाहरुको गौरवमय सपनाहरु पुरा गर्न हाम्रा सन्तानहरुले विश्वका हर क्षत्रहरुको नीति निर्माणमा कुशल नेतृत्व लिदै र दिदै बिश्व मानव सभ्यतालाई डोरयाउन, बचाउन, शान्ति र समृद्धिलाई स्थायित्व दिन नेपाली बँशजका बिश्वभर छरिएका नेपाली नागरिकहरुलाई उनिहरुले स्वइच्छाले त्यागेको अबस्थामा बाहेक नेपाललाई आफ्नो प्राण भन्दा प्यारो देश मान्ने हरेक नेपालीलाई नेपालले बँशजका आधारमा नागरिक निरन्तरता र दोहोरो नागरिकताको ब्यबस्था गर्नै पर्छ अन्यथा नेपाल एक्काईसौ शताब्दीको नेतृत्व जन्माउने देश हुनबाट बन्चित भई दास उत्पादन गर्ने कारखाना हुने मात्रै होइन कि सिक्किमको बाटो तर्फ समेत जान सक्ने तर्फ सचेत रहन म सम्पूर्ण स्वाभिमानी देश भक्त नेपाली दाजु भाई दिदि बहिनीहरुमा अपिल गर्दै आपसमा गाँड कोरा कोर, खुट्टा तानातान र काईते किर्ते जस्ता संकिर्ण निच कुसस्कारबाट माथि उठि आईडिया रुल द वर्ल्ड भन्ने तर्फ एक भएर अघि बढौ र नोकरीको नोकर भएर होइन नोकरीलाई नोकर बनाउदै युगौ युग नेपाली भएर यो सानो विश्वका सम्पूर्ण मानव आफन्तहरुसँग रमाउदै अन्य ग्रहहरुलाई समेत आफ्नो बनाउने तर्फ लागौ भन्दै एक्काईसौ शताब्दीमा कसरि अघाडी बढ्ने भन्ने बारे बृहत छलफलको लागि बिषय बस्तु उठान गरिएको मेरो बि. सं. २०७६ ताका नेपाली पत्रमा प्रकाशित लेखको लिंक पुन: शेयर गर्दै दास भएर होइन मालिक भएर सुन्दर विश्वमा रमाउने बाटो खोजौ भन्दै अन्यथा भए क्षमा चाहन्छु तर हामि र हाम्रो देशको राहदानीको अपमान भएको कारण बुझौ ! समाधान गरौ तर सहेर निरिह बन्दै गतिछाडा भएर हाम्रा पुर्खाहरुको बेईजत चाहिँ नगरौ !

लाटा देशको गाँडा तन्देरि हुने होडबाजी हैन, सारा संसारको गतिबिधि पढ्ने पढाउने, बुझ्ने बुझाउने र सहि ढंगले ब्यबस्थापन गर्ने होड बाजी गर्दै मानव सभ्यतालाई सुन्दर सुरक्षित समृद्ध र हर समय आपसमा रमाएर बाच्न सक्ने बाताबरण निर्माणमा लागौ I

२८ जनवरी २०२३, हाल यु के

https://www.nepalipatra.com/news/prem-gurung-dubo/38111?fbclid=IwAR1Ov2htMXInjWk-q5ZJl-3lh0eMKsdPbVke_tZiNqT9WWxpLO-10uqS3sM

Leave a comment