२५६७ औँ बुद्ध जयन्ती, बैशाखे र चण्डी पुर्णिमा, कुल पुजा, बायु पुजा, उभौली पर्वका दिन उब्जिएका मेरो अनुभूति

प्रेम गुरुङ दुबो , २२ बैशाख २०८० / 5 May 2023 , हाल युके

अहा ! हामि मानवहरुको सभ्यताका सुनौला विरासतका मार्गहरु कोर्ने हामि नेपालीका महान पुर्खाहरु ! जसले बिहानीको सुर्यका किरणले झैँ आज पनि विश्वलाई सुखद यात्राका प्रकाश बनेर रमाउदै यात्रा गर्न सिकाई रहेकाछन !

त्यसैले त मानव जुनी प्राप्त गरेका हामि भाग्यमानी प्राणीहरुको लागि आजको एक्काईसौ शताब्दिको युग गुनासो गर्दै रोएर बस्ने युग हैन !

आजको युग त गुनासो सुनेर ( पढेर) सारा बिश्वका दुख कस्ट र अज्ञानताका कारण देखा पर्ने सारा अप्ठ्याराहरुलाई पन्छ्याउदै हाम्रा जीवन र जीवन चक्रका हरेक यात्राहरुलाई सुखद सुन्दर सुरक्षित सुनिश्चित र रमाइलो बनाउने सुनौला मौका प्राप्त भएको युग हो !

भगवान बुद्धको ज्ञान र हाम्रा पुर्खाहरुको अनुभवका सृजनाले निर्मित रोड म्याप पढ्दै हेर्दै यात्रा गर्न जानियो भने हामि सबै सबै युगौ युग रमाउदै रमाउदै यात्रा गरिरहन सक्ने छौ ! पशु र पन्छि झैँ भएर बाँच्न बाध्य हुदै हुदैनौ |

हाम्रा सोच ब्यबहार र कर्मका लेखा जोखा जुनसुकै युग र परिस्थितिका समयको भए पनि अदृश्य शक्तिका सिसि टिभिले क्षण क्षणका हाम्रा हरेक सोच र कर्महरु खिचेर रेकर्ड गर्दै प्रकृतिका तरंगहरुमा पठाउने क्रम निरन्तर भईनै रहन्छ !

हामि सबै सबै एउटै डुङ्गाका यात्रि र एउटै घर पृथिबीका बासिन्दा हौ | त्यसैले युगौ युग रमाउन, असल साथी संगति पाउन र सुखद सस्मरणका चेतनामा बाँच्न चाहानेहरुले यात्रामा भेटिका हर यात्रिहरुहरुसँग निस्वार्थ माया,प्रेम, करुणा, सुख, शान्ति, समृद्धि र ज्ञान प्राप्तिका कुराहरु साटा साट गर्दै यात्रा गर्न सिक्न र सिकाउन सक्नै पर्छ !

मानव जीवनका यात्राका अनुभव र ज्ञानले नै हाम्रा यो यात्रा सकिए पछिका यात्रामा भेटिने साथीहरु र सुख दुखको मार्ग निश्चित हुने हुनाले पनि यो मानव जीवन यात्रा अति मुल्यवान बिद्धार्थी जीवन हो र परिक्षामा फेल भईन्छ कि भनेर सधैँ सधैँ सचेत चाहिँ हुनै पर्छ !

अत: हाम्रा मानव जीवन ! यो दयालु मायालु र सुन्दर संसारमा हर क्षण हर काल र युग हर प्राणीहरु रमाउन सकिने सुन्दर र आनन्दमय मार्ग र संसार निर्माण गर्ने शुअवशर भएकाले समयमै होसपुर्बक अमुल्य जीवनको सदुपयोग गर्न हामि सबैमा उत्सुकता र शक्तिका तरंगहरु जागृत हउन भनि सारा शक्तिका श्रोत भगवानहरुसँग प्रार्थना गर्दै २५६७ औँ बुद्ध जयन्ती र खुशियालिका पर्वहरुको पावन अवशरमा सबै सबैमा मंगलमय शुभकामनासहित सम्पूर्ण आदरणीय प्रिय जनहरु समक्ष भगवान गौतम बुद्ध बारे मेरो बुझाईको लिंक समेत पुन शेयर गरेको छु 💐❤️🙏

https://premgurung.com/2020/12/13/भगवान-गौतम-बुद्ध-र-उहाको-उ/

Leave a comment