जेन जी नया पुस्ताहरुको आवाजहरुलाई सुनौ बुझौ र यो सुन्दर मानव सभ्यतालाई बचाऔँ है

– प्रेम गुरुङ दुबो

आदरणीय बिश्वभर छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु र नया पुस्ताका नानी बाबुहरू,

सर्वप्रथम त म जेन-जी उमेरका युवा भाई बहिनीहरुको खवरदारी आवाजलाई मेरो शुभकामना र यस घटनामा दिवंगत हुनु भएका ती निर्दोष ब्यक्ति र शहिदहरू प्रति हार्दिक श्रद्धासुमन र भावपूर्ण श्रद्दान्जली प्रकट गर्दछु र शोक सन्तप्त परिवारहरु प्रति गहिरो समबेदना व्यक्त गर्दछु l

Continue reading “जेन जी नया पुस्ताहरुको आवाजहरुलाई सुनौ बुझौ र यो सुन्दर मानव सभ्यतालाई बचाऔँ है”

तमु ( गुरुङ ) हरु बारे मेरो संक्षिप्त दृस्टिकोण

जुन ०९/२०२४ ( १४/०६/०२४)मा काठमाणडौमा भएको Tamu Culture Forum- UK को सेमिनार सन्दर्भमा १५ जुन २०२४ मा फोरमको भाईवर ग्रुपमा ब्यक्त मेरो विचार – अधिबक्ता प्रेम गुरुङ दुबो |

कडा परिश्रम र मिहिनेतको लागी धेरै धेरै धन्यबाद र शुभकामना निर्देशक राजु भाई , अनि कार्यक्रम उदघोषिका अनिता नानीकासाथै सम्पूर्ण आदरणीय तमु अभियन्ताज्युहरुमा मेरो न्यानो माया , सम्मान , सम्झना , अभिबादन , धन्यबाद र शुभकामना !

Continue reading “तमु ( गुरुङ ) हरु बारे मेरो संक्षिप्त दृस्टिकोण”

नेपालले किन दोहोरो नागरिकता नीति लागु गर्नु पर्छ ?

अधिवक्ता प्रेम गुरुङ्ग “दुवो”

नेपालको वर्तमान भूराजनीतिक अवस्था, भूपरिवेष्ठित कठिनाईले गर्दा छिमेकीहरुको पेलाई र हेपाई, वेलायतसँगको मित्रता र सँगतका कारण प्रथम र दोस्रो विश्व युद्धमा सक्रिय भाग लिई लिग अफ नेशन हुदै संयुक्त राष्ट्र संघको निर्माणमा हामी गोर्खालीहरुको पनि महत्वपूर्ण भूमिका र अंग्रेजहरुसँग युद्ध मैदानमा युद्ध गर्दा गर्दै मित्रतापूर्ण समझदारी भई हाम्रा केहि भूभागका साथै हाम्रा नागरिकहरु समेत त्यस ताकाका बृटिस ईण्डिया र हालमा पनि ईण्डिया र बेलायतका सार्वभौम सुरक्षाका लागि लडि रहेका कारण बृटिसका पालाका हाम्रा भूभाग र ती भूमिहरुका सुरक्षाका लागि जाने गरेका हाम्रा युवाहरुलाई भूमि सहित डिप्लोमेटिक ढंगले फिर्ता लिन सक्ने हैसियत निर्माण र सिक्किमीकरण हुनबाट बचाउन अर्थात ठुला–ठुला वृक्षहरुको सेपबाट बच्दै विशाल वृक्ष भएर विश्वलाई शितलता दिन सक्ने देशको रुपमा नेपाललाई बिकसित गर्दै लानको लागि पनि विश्वमा नेपाल र नेपालीहरु आफ्नै पहिचान, बहादुरी र पौरख बोकेर डाडाकाँडा फैलिनु पर्छ । फैलिनलाई थाँक्रो र टेवा त चाहिन्छ । त्यसै कारणले पनि दोहोरो नागरिकताको व्यवस्था हुनुपर्छ भनिएको हो ।

Continue reading “नेपालले किन दोहोरो नागरिकता नीति लागु गर्नु पर्छ ?”

२५६७ औँ बुद्ध जयन्ती, बैशाखे र चण्डी पुर्णिमा, कुल पुजा, बायु पुजा, उभौली पर्वका दिन उब्जिएका मेरो अनुभूति

प्रेम गुरुङ दुबो , २२ बैशाख २०८० / 5 May 2023 , हाल युके

अहा ! हामि मानवहरुको सभ्यताका सुनौला विरासतका मार्गहरु कोर्ने हामि नेपालीका महान पुर्खाहरु ! जसले बिहानीको सुर्यका किरणले झैँ आज पनि विश्वलाई सुखद यात्राका प्रकाश बनेर रमाउदै यात्रा गर्न सिकाई रहेकाछन !

Continue reading “२५६७ औँ बुद्ध जयन्ती, बैशाखे र चण्डी पुर्णिमा, कुल पुजा, बायु पुजा, उभौली पर्वका दिन उब्जिएका मेरो अनुभूति”

आजको युगमा बाँच्न र बचाउन बिश्व बजारसँग जोडिनै पर्छ

–अधिबक्ता प्रेम गुरुङ दुबो

बिश्वभरका सम्पूर्ण नेपालीहरु, लिग अफ नेसन हुदै यु एन स्थापनामा हाम्रा पुर्खाहरुको रगत पसिना बगेको न बिर्सौ !

Continue reading “आजको युगमा बाँच्न र बचाउन बिश्व बजारसँग जोडिनै पर्छ”

स्पेन भ्रमणका अनुभूति !

 – प्रेम गुरुङ दुबो 

कोरोना र स्वास्थ्यका कारण धेरै समय पछि आफु बसेको देश युके भन्दा बाहिर निस्किएर घुम्दा एउटा नेपाली यात्रिको मनमा उब्जिएका अनुभूतिका संक्षिप्त सारहरु आदरणीय पाठक र फेसबुक मार्फत जोडिनु भएका सम्पूर्ण मित्रहरु समक्ष प्रतिक्रियाको आशासहित शेयर गर्दछु 💐❤️🙏

Continue reading “स्पेन भ्रमणका अनुभूति !”

सिर्जना र सुन्दरताको खोजि गर्नेहरुले पढ्नै पर्ने अनुसन्धात्मक पुस्तक

(भोजपुरको वाङ्गमय)

लगनशीलता र ईच्छाशक्ति भए एकै व्यक्तिको सपना, अन्वेषणात्मक चक्षु र प्रयत्नले पनि एउटा बृहत अनुसन्धात्मक ग्रन्थ तयार हुदो रहेछ भन्ने उदाहरण भोजपुर, याकुमा बि. सं. २०२४ मा जन्मिनु भएका डा विप्लव ढकालको उक्त पुस्तक भोजपुरको वाङ्गमय पढ्दा अनुभूत गरेँ र यी यस्ता उर्जावान र सिर्जनशील नया पुस्ताहरु बिहानी पखको सुनौला सुर्य झैँ भएर उदाएको देख्दा अति रोमान्चित, खुशी, आनन्दीत र उर्जावान महसुस गरिरहेको छु |

Continue reading “सिर्जना र सुन्दरताको खोजि गर्नेहरुले पढ्नै पर्ने अनुसन्धात्मक पुस्तक”

तमु( गुरुङ ) सम्पदा त्रि – भाषिक पुस्तक सम्पादन र प्रकाशन सम्बन्धि तमु फोरम युके – बोर्डको भाईवर समुहमा प्रेषित विचार 

– अधिबक्ता प्रेम गुरुङ दुबो 

आदरणिय सम्पूर्ण आफन्त जनहरु, सबैमा न्यानो अभिबादन !

मेरो दृस्टिकोण २ अप्रिल २०२२ को इडिटोरियल बोर्ड मिटिङ्ग पश्चात ५ अप्रिलमा र त्यस अघि पनि लेखन कार्यलाई सहयोग पुगुन भनि यस भाईवर ग्रुपमा पनि राख्दै आएकोछु र पुन पुस्तक प्रकाशन अघि सम्पादनको क्रममा छलफलहरु चलाउदा र सबैको विचार र दृस्टिकोणहरु अघाडी आउदा पुस्तकको स्तरियता, परिमार्जन र बास्तबिकता अनि हाम्रो समाजको एकता र स्वाभिमानता बढाऊन सक्ने सन्देश मुलक साच्चिकै एईतिहासिक तमु गुरुङ सम्बन्धि सम्पदामुलक पुस्तक निर्माणमा सहयोग पुग्न सक्ने भएकोले पुन फेरि तिनै कुराहरु दोहोर्याउन गईरहेकोछु अन्यथा भए क्षमा चाहन्छु |

Continue reading “तमु( गुरुङ ) सम्पदा त्रि – भाषिक पुस्तक सम्पादन र प्रकाशन सम्बन्धि तमु फोरम युके – बोर्डको भाईवर समुहमा प्रेषित विचार “

लेम्मो/लेम्बो लाम्छाने गुरुङहरुको पुर्खा डिट्ठा चम्पसिंह गुरुङ बारे आफ्नो बंशजहरु बिच प्रस्तुत संक्षिप्त जानकारी 

-अधिबक्ता प्रेम गुरुङ दुबो 

पुज्यनीय एबं आदरणीय लेम्मो/लेम्बो लाम्छाने बंशज परिवारजनहरु सबैमा साइनो अनुसार सेवाढोग आशिरबादकासाथै भगवानले हामि सबैलाई मानव जातीको कल्याणको लागि काम गर्ने नया शक्ति र ज्ञान प्रदान गरुन भनि प्रार्थना गर्दछु ,

 प्रिय आफन्त जनहरु, हामिमा अझै पनि शंकर चन्द्रबीर अघिका पुर्खाहरु बारे क्लिएर नभए झैँ लागेकोले थप जानकारी प्रस्तुत गर्ने प्रयास गरेकोछु ! यसमा केहि सुझाव र प्रश्नहरु भए यहि प्लेटफर्म वा ब्यक्तिगत कन्ट्याक्ट गरेर समेत सोध्न सक्नु हुनेछ भन्ने आशा गर्दछु | 

Continue reading “लेम्मो/लेम्बो लाम्छाने गुरुङहरुको पुर्खा डिट्ठा चम्पसिंह गुरुङ बारे आफ्नो बंशजहरु बिच प्रस्तुत संक्षिप्त जानकारी “